काठमाडौं– ३० हजार भारूमा एक नेपाली युवती भारतीय 'वेश्यालमा' बेचेको आरोपमा २५ वर्षपछि एक महिला पक्राउ परेकी छिन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको बेथानचोक गाउँपालिका–३ घर भएकी ४८ वर्षीया लक्ष्मी परियारलाई पक्राउ गरेको हो।
लक्ष्मी केसी, लक्ष्मी विश्वकर्मा भनेर समेत चिनिने उनलाई ब्यूरोको टोलीले असोज ६ गते काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो। उनीमाथि जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन २०४३ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
उनले एक युवतीलाई भारतमा भात पकाउने र लुगा धुने काम गर्नुपर्ने र त्यसवापत पैसा र गहना समेत पाइने प्रलोभन देखाएर बेचेको पाइएको ब्यूरोको दाबी छ।
उक्त प्रलोभन देखाएर एक युवतीलाई २०५३ असार ४ गते सितापाइलामा एक पुरुषसँग लक्ष्मीले भेट गराएकी थिइन्। त्यसपछि ती युवतीलाई ती पुरुषको कोठामा दुई दिनसम्म काठमाडौंमै राखिएको प्रहरीको दाबी छ। तेस्रो दिन भारतको कोलकत्ता पुर्याई वेश्यालयमा बेच्ने उदेश्यका साथ कलंकीबाट ट्रक चढाई एक पुरुषसँग पठाइएको पाइएको प्रहरीले जनाएको छ।
मुग्लिन पुगेपछि अर्का एक पुरुषसमेत गरी दुई पुरुषले काँकडभिट्टा जाने बस चढाएर स्थलमार्ग हुँदै ती युवतीलाई भारत पुर्याइएको पाइएको ब्यूरोका प्रवक्ता, एसपी अनुरागकुमार द्विवेदीलले बताए। भारतमा नेपाली मुलकी युवतीले सञ्चालन गरेको कोठीमा ती यवतीलाई ३० हजार भारुमा बेचिएको प्रहरी दाबी छ।
बेचिएकी युवती बिरामी भएर उपचार गर्ने क्रममा अस्पतालबाटै फरार भएकी थिइन्। त्यसपछि विभिन्न संस्था र दूतावासको सहयोगमा उनको उद्धार भइ काठमाडौं फर्किन सफल भएको प्रहरीले जनाएको छ।
बेचिएकी युवती बिरामी भएर उपचार गर्ने क्रममा २०५३ साउन १ गते अस्पतालबाटै फरार भएकी थिइन्। त्यसपछि विभिन्न संस्था र दूतावासको सहयोगमा उनको उद्धार भइ काठमाडौं फर्किन सफल भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।