• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

पर्वतीय पर्यटनलाई दिगो र मर्यादित बनाउन माग गर्दै ठमेलमा प्रदर्शन

64x64
नेपाल लाइभ सोमबार, असोज ११, २०७८  १५:५२
1140x725

काठमाडौं- पर्वतीय पर्यटनको संरक्षण तथा  यस क्षेत्रलाई दिगो र मर्यादित बनाउन सरकारलाई दबाब दिने उद्देश्यका साथ दिगो पर्वतीय पर्यटन सञ्‍जालले आज राजधानीमा प्रदर्शन गरेको छ। विश्व पर्यटन दिवसको अवसर पारेर सञ्‍जालले राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विभिन्न प्लेकार्डसहित मौन प्रदर्शन गरेको हो।

प्रदर्शनमा सञ्‍जालमा आबद्ध पर्यटन व्यवसायी, पथप्रदर्शक (गाइड) तथा मजदुरहरुको सहभागिता थियो। उनीहरुले २५०० मिटरमाथि गाइड लिएर मात्र ट्रेकिङ जाने व्यवसायी र मजदुरको माग तत्काल पूरा गर, पर्वतीय पर्यटनलाई देशको पर्यटन ब्राण्ड घोषणा गर, नेपाललाई महामारी रेड जोनबाट हटाउन तत्काल पहल गर, पर्वतीय पर्यटन देशको मेरुदण्ड हुन् आदि लेखिएका प्लेकार्ड बोकेका थिए।

'यस प्रदर्शनीको मूल उद्देश्य पर्वतीय पर्यटन क्षेत्रका जल्दोबल्दो समस्यामा सञ्चार क्षेत्र, सरोकारवाला व्यवसायी तथा मजदुर एवं सम्बन्धित निकायहरुको ध्यान पुगोस् रहेको छ। नेपालको पर्यटनको इतिहास सुरु भएदेखि नै देशको पहिचानसँग जोडिएको, समग्र पर्यटन क्षेत्रको मेरुदण्ड हिमाल आरोहण तथा ट्रेकिङ (पदयात्रा) पेसा अर्थात् पर्वतीय पर्यटन (माउण्टेन टुरिजम)लाई जोगाइराख्न तथा यो क्षेत्रलाई दिगो र मर्यादित बनाउन सम्बन्धित पक्षको यथाशीघ्र ध्यान पुगोस् भन्ने हाम्रो माग रहेको,' प्रदर्शनबारे जानकारी दिन सञ्‍जालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पथ प्रदर्शक तथा प्रशिक्षक जयनाथ भण्डारीले समुद्री सतहदेखि दुई हजार ५०० मिटर माथिका भूभागमा ट्रेकिङ जाँदा विदेशी पर्यटकले अनिवार्य गाइड लैजानुपर्ने आफूहरुको माग रहेको बताए। 'अहिले आफूखुसी विदेशी पर्यटक भ्रमणमा जान पाउँछन्। यसले एकातिर पर्यटक स्वयंलाई जोखिम निम्त्याउने गर्दछ। अर्कोतर्फ विदेशी एक्लै ट्रेकिङमा जाँदा नेपाली पथ प्रदर्शकले कामविहीन हुनुपरेको छ,' उनले भने, 'दुई हजार ५०० मिटर माथिको भूभागमा जाँदा अनिवार्य पथ प्रदर्शक लैजानुपर्ने व्यवस्था गर्दा ट्रेकिङ एजेन्सी र पथ प्रदर्शकले काम पाउँछन्। यसले आर्थिक रुपमा देशलाई नै फाइदा पुर्‍याउने हो।' पर्वतीय पर्यटनलाई सुरक्षित र दिगो बनाउन पनि यो व्यवस्था अनिवार्य गर्नुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्का पर्यटन व्यवसायी अम्बर तामाङले यो माग आफूहरुले पर्यटन मन्त्रालयलगायत सरोकारवाला सबै निकायमा राखे पनि सुनुवाइ नभएको बताए। 'अस्तव्यस्त रहेको पर्वतीय पर्यटन (विशेषत: ट्रेकिङ) मा संलग्न व्यवसायी तथा कामदार दुवैलाई लाभ हुने र अन्तत्वगत्व सरकारलाई पनि फाइदा हुने व्यवस्था गर्न भनी पर्यटन मन्त्रालयमै गएर २०७७ साउन १२ गते सुझाव तथा ध्यानाकर्षण प्रस्तुत गरेका थियौं,' उनले भने, 'मुलुककै लागि फाइदा हुने जायज मागहरु सम्बोधन नगरेका कारण आज हामी स्वस्फूर्त प्रदर्शनमा उत्रन बाध्य हुनुपरेको हो।'

व्यवसायीहरुको संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघलगायत संघसंस्थाले यस विषयलाई गम्भीर रुपमा नउठाएका कारण स्वतन्त्र रुपमा व्यवसायी तथा पथ प्रदर्शकहरु प्रदर्शनमा जुटेको उनले बताए। 'आजको प्रदर्शनको मुख्य उद्देश्य सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनु हो,' टानका पूर्वद्वितीय उपाध्यक्षसमेत रहेका तामाङले भने, 'साथै, नेपाललाई कोभिड महामारीपछिको 'रेड जोन'बाट हटाउन दबाब सिर्जना गर्नु हो।'

सञ्‍जालमा आबद्ध व्यवसायीहरुले सरकारले विदेशी पर्यटकका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'अन-अराइभल' भिसा दिने व्यवस्था गर्नु सकारात्मक भएको बताए। तर, कतिपय प्रावधान अझै प्रस्ट नभएको उनीहरुको भनाइ छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

'खोप लगाएर आउने पर्यटकलाई होटल क्‍वारेन्टिनमा बस्नुपर्ने व्यवस्था हटाउनुपर्छ। खोप नलगाएकालाई पनि पीसीआर नेगेटिभ भएमा क्‍वारेन्टिन अनिवार्य गरिनु हुन्न,' पथ प्रदर्शक तथा प्रशिक्षक भण्डारीले भने, 'कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएका प्रोटोकलहरुको पूर्णपालना गरिनुपर्छ। यसो नगरिए नेपाल रेड जोनमा रहीरहने खतरा रहन्छ, जुन नेपालको पर्यटन क्षेत्रका लागि दुर्भाग्य हुनेछ।'

नेपाललाई महामारीको 'रेड जोन'बाट तत्काल हटाउन पहल नगरे समग्र पर्यटन क्षेत्र धराशायी हुने सञ्‍जालमा आबद्ध व्यवसायी तथा पथ प्रदर्शकहरुको भनाइ छ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्