फाइल तस्वीर
काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ। जहाजको ककपिटमा धुँवा देखिएपछि सोमबार बिहान पोखराका लागि उडेको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको थियो।
बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
जहाजमा देखिएको समस्या समाधान गरी पुनः पोखरा गएको विमानस्थलले जनाएको छ। जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको बुद्ध एयरका अधिकारीहरुले जनाएका छन्।
यसैबीच, आज बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौं फिर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।