काठमाडौं– ३८ क्विन्टल सुन तस्करी प्रकरणको दोस्रो दिनको सुनुवाइ सुरु भएको छ। जिल्ला अदालत मोरङमा आइतबारबाट उक्त मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको हो। सोही मुद्दामा मोरङ उर्लाबारी नगरपालिका ७ का सनम शाक्य हत्या आरोपको मुद्दा पनि रहेको छ। दुवै मुद्दालाई सँगै राखेर सुनुवाइ सुरु भएको छ।
जिल्ला अदालतमा मुख्य न्यायाधीश भरत लम्सालको इजलासमा उक्त मुद्दाको पेसी रहेको छ। सुनुवाइको पहिलो दिन आइतबार सरकारी पक्षका वकिलहरुले बहस गरेका थिए। आजको सुनुवाइमा प्रतिवादीका पक्षका वकिलहरुले बहस गर्नेछन्।
तस्करी भएर अबैध रुपमा नेपाल भित्रिएको साढे ३३ केजी सुन खोज्ने क्रममा १८ फागुन २०७४ मा सनम शाक्यको हत्या भएको थियो। उक्त हत्याको अभियुक्तलाई खोज्दै जाँदा सुन तस्करीको सञ्जाल नै फेला परेको थियो। मोरङ प्रहरीले अनुसन्धान गरि १९ वैशाख २०७५ मा त्यसपछि थप तीन पटक मोरङ जिल्ला अदालतमा जम्मा ७७ जनाविरुद्ध दर्ता गराएको थियो।
जिल्ला अदालत मोरङका अनुसार देशकै चर्चित संगठित सुन तस्करी र अपहरण तथा शरिर बन्धक र हत्या आरोपको मुद्दाको अन्तिम सुनवाइका लागि काठमाडौबाट समेत चर्चित कानुन व्यवसायी पुगेका छन्।
सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्त्ता रामहरि काफ्ले, सहायक जिल्ला न्यायाधिवक्त्ता मनीषबाबु पोखरेल र तेजबहादुर सिँजाली मगरले वहस गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।