• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रहरीको ‘पंगु’ अनुसन्धान : सीआईबीदेखि काठमाडौं परिसरसम्मको गम्भीर लापरबाहीले छुटे अपहरणका अभियुक्त

64x64
नारायण अधिकारी आइतबार, असोज १०, २०७८  २०:३७
1140x725

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपरहणका एक अभियुक्तलाई १२ वर्षपछि पक्राउ गर्न सफल भएको भन्दै ठूलै तामझामसहित गत पुस १५ गते पत्रकार सम्मलेन गरेर एक जनालाई सार्वजनिक गर्‍यो। 

भ्याली कोल्डस्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण घटनामा अभियुक्तमध्ये एक ‘सोले र कुमार’ भनेर चिनिने दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले त्यतिबेला सार्वजनिक गरेको थियो। सीआईबीका डीएसपी अनिल घिमिरेको कमाण्डमा उनलाई दार्जिलिङबाट ल्याइएको भन्दै सीआईबीले त्यसबेला ठूलै प्रचार गरेको थियो। 

तर, सीआईबीले ठूलो सफलता पाएको भन्दै प्रचार गरिएका उनै अभियुक्त करिब ९ महिनापछि असोज ५ गते निर्दोष भन्दै रिहा भएपछि सीआईबीदेखि महानगरीय प्रहरी परिसरको भूमिकामाथि प्रश्न चिह्न उठेको छ। रोचक त के भने देशभरका गम्भीर घटनाको अनुसन्धान गर्ने जिम्मा पाएको सीआईबीले अपहरणजस्तो जघन्य केशका अभियुक्त बुढाथोकीमाथि अनुसन्धान गर्न आवश्यक नै देखेन। सीआईबीका अधिकारी मुद्दा काठमाडौं परिसरमा दर्ता भएकाले उतै पठाइएको तर्क गर्दै पन्छिन्छन्। 

तर, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका अभियुक्तदेखि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार हत्यासम्मका घटनाका विषयमा अन्यत्र उजुरी र मुद्दा परेपनि यी केशमा सीआईबी आफैंले हिरासतमा लिएर अनुसन्धान गरेको थियो। 

अझ सीआईबीले अन्यत्र हिरासतमा रहेकालाई समेत बोलाएर आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्ने परिपाटी पनि रहेको एक पूर्वडीआईजी बताउँछन्। यति हुँदा पनि अपरहणजस्तो गम्भीर अपराधमा पक्राउ गरेर सार्वजनिक गर्नेबित्तिकै सीआईबीले अभियुक्त परिसरलाई जिम्मा लगाएर पन्छिएको देखिएको उनले बताए। 

‘यो केशमा पक्राउ परेका बुढाथोकी अपहरणमा दोषी भइसकेका व्यक्ति होइनन्। उनीमाथि त अनुसन्धान नै हुन बाँकी नै थियो। तर, सीआईबीले यो केशमा फरार दोषी पक्राउ गरेझैं चर्चा बुटुल्न सार्वजनिक गर्ने र हतारमा परिसरलाई जिम्मा लगाएजस्तो देखिन्छ। यसमा सीआईबी चुकेको देखिन्छ’ ती डीआईजीले नेपाल लाइभसँग भने। 

यो पनि पढ्नुहोस्

१२ वर्षसम्म प्रहरी छलेका अपहरणकारीको हिरासत यात्राबुधबार, पुस १५, २०७७

सीआईबीले बुढाथोकीलाई पक्राउ गरेर सर्वाजनिक गरेपछि परिसर काठमाडौंको जिम्मा लगाएको थियो। त्यसबेला काठमाडौं परिसरको कमाण्ड एसएसपी अशोक सिंहले सम्हालिसकेका थिए। श्रृंखलाबद्ध अपहरणमा संलग्न उदय सेठ्ठी र प्रह्लाद महतको एक सदस्य भनिएका बुढाथोकीको अनुसन्धान परिसरले गरेको थियो। करिब एक महिना लगाएर परिसरले जिल्ला सरकारी वकिलमा अपहरण तथा शरीर बन्धकको कसूरमा मुद्दा चलाउने रायसहित परिसरका इन्स्पेक्टर नानिकाजी थापाले फाइल पेस गरेका थिए।

अपहरणमा संलग्न दुर्गाबहादुरका बारेमा अपहरण स्वीकार गरेको भिडियो बयान बाहेक अन्य प्रमाण प्रहरीले पेश गरेको थिएन। त्यसबेला प्रहरीले दुर्गाबहादुरलाई पुपक्र्षका लागि जेल पठाएको थियो। तर, ९ महिनापछि उनै दुर्गाबहादुरले प्रहरीको गम्भीर लापरबाहीका कारण सफाइ पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले दुर्गाबहादुरलाई रिहा हुने फैसला दिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

अदालतको फैसलापछि सीआईबीदेखि परिसर काठमाडौंसम्मको अनुसन्धानमा गम्भीर लापरबाही देखिएको छ। न्यायधीश निरौलाले सफाइ पाउनुको मुख्य तीन वटा कारण उल्लेख गरेका छन्– ‘पक्राउ परेका व्यक्ति दुर्गाबहादुर नै हुन् भन्ने प्रमाण नभएको, उनले आफू भारतीय नागरिक रहेको बताएको र सोही अनुसारको कागजात समेत पेस गरेको र अपहरणमा संलग्न भनिएका व्यक्तिले नै दुर्गाबहादुरलाई नचिन्ने बताएको।’ 

उनले भारतको राशन कार्डदेखि बर्थसर्टिफिकेटसम्म पेस गरेर आफू भारतीय नागरिक प्रकाश क्षेत्री भएको प्रमाण दिएका थिए। यता प्रहरीले सर्लाहीका दुर्गाबहादुर बुढाथोकी भनेपनि प्रमाण पेस गरेको थिएन। 

‘अनुसन्धान बयानमुखि होइन प्रमाणमुखी हुनुपर्छ भन्ने अनुसन्धानकर्ताले बुझ्नुपर्ने हो। तर, यो केशमा बयानकै आधारमा मुद्दा चलाइएको बाहेक अन्य प्रमाण देखिएन। कतिसम्म भने कहाँको नागरिक हो? कसलाई मुद्दा चलाइएको हो? भन्नेसमेत हेक्का अनुसन्धानकर्ताले राखेनन्। त्यही कमजोरीको फाइदा अभियुक्तले उठाए’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्।

अपहरणकारी नै पक्राउ पर्दा समेत अनुसन्धानकर्ताले नेपाली नागरिक रहेको भन्ने समेत प्रमाण पेस नगर्दा उनी छुटे। सामान्य विषयमा समेत किन परिसर काठमाडौंले पुष्टि गर्न सकेन भन्ने प्रश्नमा परिसर काठमाडौंका अधिकारी भने औपचारिक रुपमा बोल्न चाँहदैनन्। परिसर प्रवक्ता, एसपी रमेश बस्नेत भन्छन्, ‘यो विषयमा म बोल्दिनँ।’ 

परिसरकै गम्भीर लापरबाहीका कारण अभियुक्त छुट्दा नबोल्ने भन्दै पन्छिएका अधिकारीहरूले अनौपचारिक रुपमा अदालतलाई दोष दिन्छन्। ‘जाहेरवालाले दुर्गाबहादुरले नै अपहरण गरेको भनेको छ। उसले पनि स्वीकार गरेको भिडियो बयान छ। यति हुँदा पनि उनी किन छुटे?’ परिसरका अधिकारी उल्टै प्रश्न गर्छन्। 

अझै परिसर सीआईबीलाई समेत दोष देखाएर आफू पन्छिने गरी जवाफ दिन्छ ‘हामीलाई मान्छे पठाउँदा सबै अपहरण सबै स्वीकार गरिसकेको छ भन्ने थियो। नेपाली ठेगाना कहाँ होे, पुष्टि गर्नुपर्ने भन्ने नै थिएन’, दोष सीआईबीको टाउकामा हाल्दै परिसरका अधिकारी भन्छन्, ‘पुरानो केश भएको र यसका अन्य अभियुक्तहरू पनि जेल चलान भइसकेकाले सोही घटनामा जोडेर लगिएको हो।’

यो पनि पढ्नुहोस्

१३ वर्षअघिको अपहरण घटना : अभियुक्त बुढाथोकीले पाए सफाइमंगलबार, असोज ५, २०७८

यसरी अनुसन्धान गर्ने निकायले नै यस घटनामा एउटाले अर्कालाई दोष दिएर उम्कने गरेका छन्। यसबारे नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवर भने प्रहरीको केही कमजोरी भएको स्वीकार गर्छन्। ‘प्रहरीको केही कमजोरी त देखिन्छ। यस विषयमा खास भएको के हो भन्ने बारे हेडक्वार्टरले बुझ्ने काम सुरु गरेको छ।’

बुढाथोकी को हुन्?
प्रहरी दाबी अनुसार पक्राउ परेका अभियुक्तले आफू दुर्गाबहादुर बुढाथोकी नभएर प्रकाश क्षेत्री भएको दाबी अदालतमा पेस गरे पनि उनी अपरहणमा संलग्न दुर्गाबहादुर बुढाथोकी नै हुन्। 

उनी सर्लाहीका स्थानीय हुन्। सर्लाहीकै भएकाले बुढाथोकीको अपहरणका अर्का नाइके प्रल्हाद मतहसँग राम्रै चिनजान थियो। त्यसबेला बुढाथोकीको पेसा थियो, चोरी। मोटरसाइकल चोरी गर्ने र प्रल्हादको समूहलाई दिने गर्थे बुढाथोकी। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी गरेपछि २०६४ वैशाख २५ गते पहिलोपटक बुढाथोकी पक्राउ परेका थिए। 

पक्राउपछि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएका उनी हिरासतको ग्रिल नै फोडेर फरार हुन सफल भएका थिए। उनै मोटरसाइकल चोरीको काम गर्ने बुढाथोकी प्रल्हादमार्फत् अपहरणको धन्दासम्म पुगेको पाइएको प्रहरीको दाबी छ।

माओवादी द्वन्द्व सकिएपछिका केही वर्ष भने नेपालमा अपहरणजस्ता जघन्य अपराधको ग्राफ उकालोलाग्दो थियो। बाबुराजाको अपहरण हुनभन्दा झण्डै एक वर्षअघि अपहरणका मुख्य नाइके अमर टण्डन पक्राउ परिसकेका थिए। उनी पक्राउ परेपनि उनका सहयोगी उदय सेट्टीले अपहरणको धन्दालाई जारी राखेका थिए।

२०६५ पुस १ गते भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरण भएको थियो। मारुती गाडीमा हालेर ४÷५ जनाको समूहले मुखमा पट्टी बाँधेर रावलको अपहरण गरेको थियो। पछि अपहरणमा प्रयोग भएको मारुती भ्यान कान्ति बाल अस्पतालको पार्किङबाट प्रहरीले बरामद गरेको थियो। यो अपहरणबारे प्रहरीले त्यसबेला मात्रै थाहा पायो, जति बेला बाबुराजा अपहरणमुक्त भइसकेका थिए। 

यही अपहरण घटनाको अनुसन्धानका सिलसिलामा अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो। ‘अपहरणका मुख्य नाइके सेट्टी भएकाले उनैको टिमले बाबुराजाको अपहरण गरेको हुनुपर्छ भन्ने हाम्रो विश्लेषण थियो,’ एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘तर पछि बाबुराजाको अपहरणमा सेट्टीको संलग्नता नरहेको पाइयो। सेट्टीले बाबुराजाको अपहरण अस्वीकार गरेका थिए।’

प्रहरीको अनुसन्धानका क्रममा सेट्टीले नै  बाबुराजाको अपहरणमा प्रल्हादको संलग्नता हुन सक्ने बताएका थिए। त्यसअघिसम्म प्रल्हादबारे प्रहरी अनविज्ञ थियो। एक पूर्व प्रहरी निरीक्षक भन्छन्, ‘सेट्टीले नै प्रल्हादको नाम लिएपछि बाबुराजाको अपहरणको गुत्थी खुलेको थियो।’

प्रल्हाद सुरु सुरुमा सेट्टीकै समूहमा रहेर अपहरणको धन्दा चलाउँथे। अपहरणमा प्रयोग हुने चोरीका गाडी, मोटरसाइकल प्रल्हादले हाल जिल्ला दालतको आदेशबाट छुटेका बुढाथोकीमार्फत बन्दोबस्त गर्थे।

प्रल्हाद पनि यसअघि नै चोरीको मोटरसाइकलसहित पक्राउ परिसकेका व्यक्ति हुन्। सेट्टीले प्रल्हादको नाम लिएपछि प्रहरीलाई महत्वपूर्ण क्लु फेला परेको थियो। त्यसपछि सेट्टीमार्फत् नै प्रहरी प्रहादसम्म पुगेको थियो।

त्यसपछि बाबुराजाको अपहरणमा प्रल्हादसँगै विष्णु जिसी, सोले र कुमार भन्ने दुर्गा बहादुर बुढाथोकी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की, अनिल गुरूङको संलग्नता रहेको खुलेको थियो। 

फिरौतीबापतको केही रकम बुढाथोकीले पनि लिएको प्रहरी दाबी छ। उक्त रकम लिएर फरार भएका उनी भारत छिर्न सफल भएका थिए। १२ वर्षदेखि भारतमा लुकेर बस्दै आएका बुढाथोकी आफ्नो परिचय बदलेर बसेका थिए। दार्जिलिङमा प्रकाश क्षेत्री नामले परिचित बुढाथोकीले सोही नामबाट राशन कार्डसमेत लिइसकेका थिए। 

प्रकाश क्षेत्री नामकै कपडाको होलसेल पसल सञ्चालन गरेर बसेका उनलाई दार्जिलिङबाट पक्राउ गरिएको थियो। 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्