काठमाडौं- नेपालमा रेनो गाडीको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना 'रेनो शुभ कार-रम्भ' सुरु गरेको छ।
कम्पनीले ट्यागलाइन 'चाडपर्वको शुभ सुरुआत, गरौँ रेनोको साथ' सँगै दसैं-तिहार लक्षित योजना ल्याएको हो। यस योजनाअन्तर्गत रेनोको कुनै पनि गाडीको खरिदमा ग्राहकले तीन लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।
'ग्राहकहरुले यस योजनाअन्तर्गत सजिलो फाइनान्स, एक वर्षको निःशुल्क सडक कर, दुई वर्षका लागि निःशुल्क सर्भिसिङ र पाँच वर्षसम्म वारेन्टीजस्ता सेवाहरुबाट लाभान्वित हुने छन्। यी आकर्षक अफरहरु ग्राहकको खुसीका महत्त्वपूर्ण पलहरु हुने छन् किनकि यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछ भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारका साथ अद्भूत बनाउन सक्द छन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्ने र सदा समृद्धिसँग आफ्नो जीवनशैलीलाई सजाउन सक्ने कम्पनीको भनाइ छ।
यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।