काठमाडौं– नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि पुगेका एक युवाले श्रीपेच निकाल्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका रुकुमपश्चिम मुसिकोट नगरपालिका–११ का खिमबहादुर घर्तीले देशलाई राजा आवश्यक रहेको र आफू राजा भएको भनेर हल्ला गर्दै श्रीपेच निकाल्न खोजेको एक प्रत्यक्षदर्शीले जानकारी दिए।
श्रीपेच राखिएको सोकेसको पहिलो भाग (सिसा) हातैले फुटाएका उनले नजिकै रहेको खुकुरीको सहयताले अर्को शिशा पनि फुटाउन खोजेका थिए।
दिदीसँग काठमाडौंको नयाँ वसपार्क क्षेत्रमा बस्ने उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि पुगेका युवकले श्रीपेच राखिएको सोकेस फुटाउन खोजेकोबारे जानकारी प्राप्त भएको बताए।
'अवलोकन गर्न पुगेका १ जनाले श्रीपेच राखेको सोकेसको सिसा फुटाल्न खोजेको भन्ने सूचना प्राप्त भएको छ। विस्तृत विवरण आइसकेको छैन,' एसएसपी सिंहले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।