काठमाडौं– गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन्। गायिका जोशीले खुम्बु पुगेर इन्गेजमेन्ट गरेकी हुन्।
बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्। हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए।
इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्।
उनीहरूको इन्गेजमेन्ट भएको भिडियो टिकटकमार्फत सार्वजनिक भएको छ। इन्गेजमेन्ट भएकोबारे उनले सार्वजिनक रूपमा अहिलेसम्म केही भनेकी छैनन्।
केही समय यता ३५ वर्षीया जोशी र केडिया प्रेम सम्बन्धमा थिए। इन्दिराले पनि आफू प्रेममा भएको स्वीकारे पनि प्रेमीको नाम खुलाएकी थिइनन्।
उनीहरुको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटकमार्फत सार्वजनिक गरेका हुन्। आफूले सार्वजनिक रुपमा अहिलेसम्म यो विषयमा केही नबोलेकी इन्दिरालाई बधाईको ओइरो लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।