काठमाडौं– त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन्। पृथ्वी राजमार्गको मुग्लिननजिक सडकबाट बिहीबार ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा खसेको चितवन प्रहरीले जनाएको छ।
राति १२ बजेतिर इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट कार त्रिशूलीमा खसेको थियो।
घटनामा कारचालकसहित तीन जना बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ। बेपत्ताला हुनेमा दुई पुरुष र एक महिला रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेका एक पुरुषको भने उद्धार गरिएको र उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन्।
बेपत्ता हुनेमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखराम भुजेल र उनकी ईश्वरी भुजेल सवार रहेको प्रहरीकाे भनाइ छ । कारसहित उहाँहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।