व्यास– स्नातक उत्तीर्ण गरेर बेरोजगार रहेका महिलालाई तनहुँको व्यास नगरपालिकाले आर्थिक अनुदान दिने भएको छ। बेरोजगार महिलालाई अनुदान दिन तयार पारेको मापदण्ड नगरपालिकाको बैठकबाट पारित भएको छ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार बसेको नगरपालिकाको बैठकले सो निर्णय गरेको हो। त्यस्तै फोहरमैलाबाट ऊर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्ताव आइरहेको हुदाँ इच्छुक कम्पनी वा संस्थासँग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय भएको छ।
नगरपालिकाअन्तर्गत कार्यरत बालविकास शिक्षक, माध्यमिक विद्यालयका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमश: १५ हजार १०० र १४ हजार ५०० श्रावण महिनादेखि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।