काठमाडौं– बालबालिकाको गायक रियालिटी शो ‘द भ्वाइस किड्स’ हुने भएको छ। हिमालयन टीभी एचडीमार्फत बालबालिकाका लागि गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ प्रशारण हुने भएको हो।
६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिका लक्षित गरेर यो कार्यक्रम ल्याइएको हो। आयोजकका अनुसार हाल कार्यक्रमको अडिसन सम्पन्न भइसकेको छ भने अडिसनबाट छानिएका बालबालिका ‘ब्लाइन्ड अडिसन’को तयारीमा लागेका छन्। कात्तिकबाट प्रशारण गर्ने तयारी गरिएको कार्यक्रमका लागि आइतबारबाट छायांकन सुरु गरिने आयोजकले जनाएका छन्।
द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले नै कोच गर्ने द भ्वाइस किड्सका लाग ४ जना निर्णायक छानिएका छन्। द भ्वाइस अफ नेपालबाट राजु लामा र प्रमोद खरेलसहित कोचको रुपमा गायिकाद्वय मिलन नेवार र प्रविशा अधिकारी रहने आयोजकले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।