• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

पहेँलो बत्तीमुनि : संगीतको उज्यालो छर्नेहरु

64x64
युवराज भट्टराई आइतबार, असोज १०, २०७८  ०७:०२
1140x725

काठमाडौं– ‘विदेशमा थिएँ। त्यहाँ काम मात्रै हुन्थ्यो। साथी बनाउनसमेत भ्याइएन। एक्लोपनमा तपाईंका गीतले घरको सम्झना गराउँथ्यो।’

दुई वर्षअघि एक जना स्रोताले पहेँलो बत्तीमुनि ब्यान्डका गायक रोचक दाहाललाई भनेका थिए। उनी ब्यान्डसहित सांगीतिक कार्यक्रमका लागि झम्सिखेल पुगेका थिए। कार्यक्रमपछि ती स्रोताले उनीसँग लामो कुराकानी गरे।

‘कोही मानिसले आएर आफ्नो घर सम्झिन हाम्रो गीतले सघायो भन्नु मेरो लागि अमूल्य कुरा हो,’ रोचक भन्छन्।

काठमाडौंमा जन्मिएका रोचकले ललितपुर माध्यममिक विद्यालयमा पढे। त्यति बेलैदेखि उनी कविता लेख्न रुचि राख्थे। साहित्य पढ्ने लगाव थियो। विद्यालयमा संगीतको कक्षा पनि हुने हुनाले त्यतासमेत झुकाव थियो। 

रोचक दाहाल

स्कुलमा मिल्ने साथी थिए, प्रवेश थापा मगर। रोचक र प्रवेश दुवै जना गितार बजाउँदै गाउँथे। त्यतिबेला अरु तीन जना साथीसँग मिलेर रोचक र प्रवेशले ब्यान्ड बनाए। गायक रोचक नै थिए। गितारमा प्रवेश थापा मगर र विक्रम बस्याल थिए। त्यस्तै बेसिस्ट दिपेश कुँवर, ड्रमर किरोज महर्जन थिए। ‘कुनै योजना नै नबनाइ गीतहरु गाउथ्यौं,’ रोचक भन्छन्, ‘कलेजमा साथीभाइमाझ रमाइलोको लागि खुलेको ब्याण्ड थियो।’

लोडसेडिङ हुने जमाना थियो। प्रवेश र रोचक मैनबत्तीको उज्यालोमा गितार बजाएर गीत गाइरहन्थे। संगीतप्रतिको लगावका कारण घण्टौं समय बितेको पनि पत्तै हुँदैन थियो। त्यही बेला बलिरहेको मैनबत्ती हेरेर रोचकले एउटा नाम कल्पना गरे– पहेँलो बत्तीमुनि।

सन् २०१३ मा कलेजमा एउटा प्रतियोगिता हुने भयो। रोचक र उनका साथीहरुले पनि प्रतियोगितामा भाग लिने सोच बनाए। प्रतियोगिताको मापदण्ड थियो– एउटा आफ्नै गीत गाउनुपर्ने। 

त्यसअघिसम्म ब्याण्डले कभर गीतहरु मात्रै प्रस्तुत गरेको थियो। ‘त्यतिबेला पनि म आफ्नो लागि गीतहरु लेखिरहेको थिएँ,’ रोचक सम्झिन्छन्, ‘ऐना र विचित्र दुई वटा गीत तयार थिए। ब्याण्डमा कुरा भयो। दुई वटै गीत आफ्नै गाइदियौं।’

Ncell 2
Ncell 2
nimb
nimb

ब्याण्डले प्रतियोगिता त जितेन, तर प्रोत्साहनका लागि नगद पुरस्कार पायो। उनीहरुको गायन शैली, गीतको शब्द छनोट र प्रस्तुतिलाई धेरैले मन पराए। ‘आफूले लेखेको गीत सुनाउन पाइने, मान्छले चिन्ने र पैसा पनि आउने भन्ने लाग्यो, त्यही लोभले ब्यान्डमा निरन्तर लाग्ने सोचियो,’ रोचक भन्छन्।

त्यो प्रस्तुतिपछि उनीहरुले औपचारिक रुपमा ब्याण्डको सुरुवात गरे। ब्याण्डको नाम रह्यो– पहेलों बत्तीमुनि। यो ब्यान्डले सन् २०१६ मा आफ्नो पहिलो गीत सार्वजनिक गर्‍यो। गीतको बोल थियो, बरी लै।

उनीहरुले चल्तीका भन्दा फरक शैलीको गीत निकालेका थिए। शब्द र संगीत दुवैमा फरकपन थियो। धेरै जनाबाट उनीहरुले सकारात्मक प्रतिक्रिया पाए। त्यही उत्साहका कारण उनीहरुले एल्बम निकाल्ने योजना बनाए। तर, त्यसलगत्तै ब्याण्डका सदस्यहरु ड्रमर किरोज र ब्यासिस्ट दिपेश विदेशिए।

त्यसपछि ब्यान्डमा लव र कुश केसीको प्रवेश भयो। लवले ड्रम बजाउँथे, कुशले बेस गितार। अनि ब्याण्डले फेरि गति लियो। केही समयपछि नै नयाँ गीत सार्वजनिक भयो। त्यसको बोल थियो, विचित्र। लव भन्छन्, ‘हाम्रा गीतहरु दर्शकलाई सुनाउँदा उहाँहरुले नयाँ किसिमको स्वाद पाउनु भएको छ। बिस्तारै दर्शकलाई यस्ता गीत सुन्ने बानी बसेको छ।’

Xtrem

Xtrem

सन् २०१६ बाट ब्याण्डमा जोडिएका लव त्यसअघि पनि संगीत क्षेत्रमा नै थिए। पहेलों बत्तीमुनिमा आएपछि ‘फ्युजन’ गीतहरुमा काम गर्न थाले। ब्यान्डले हरेक गीतमा कुनै न कुनै प्रयोग गरिरहेको हुन्छ।

गीतमा रोचकका शब्दहरु कविताका जस्तै हुन्छन्। काव्यात्मक शैलीका। उनले लेखेका हरेक गीत कुनै न कुनै घटनाबाट प्रेरित हुन्छन्। वा आफ्नै जीवनसँग जोडिएका यर्थाथमा आधारित हुन्छन्।

चार वर्षअघि सार्वजनिक भएको ‘विचित्र’ गीत रोचकको जीवनसँग जोडिएको छ। उनको परिवारभित्र दुई धर्म मानिन्छ। उनी हजुरआमासँग चर्च जान्थे र काका–काकीसँग मन्दिर पनि जान्थे। परिवारभित्रै हिन्दू र क्रिश्चियन धर्म मानिन्थ्यो। 

‘धर्मकै कारण परिवारमा कति दूरी सिर्जना भएका छन्?’ रोचक प्रश्न गर्छन्, ‘म आफूले परिवारबाट दबाब महसुस गर्नु परेन। तर, धर्मकै कारण युद्ध भएको छ, मान्छे मारिएका छन्। धर्मदेखि मलाई एकदम वितृष्णा छ। त्यही कारणले यो गीत लेखेको थिएँ।’ उक्त गीतमा रोचकले धर्मको आडमा भएका हिंसालाई प्रस्तुत गरेका छन्।

लव भने रोचकका गीतका शब्दहरु मान्छेको जीवनसँग नजिक भएको बताउँछन्। रोचकले कुनै नयाँ गीत लेखिसकेपछि ब्याण्डले त्यसको शब्दहरु सकेसम्म कम चलाउँछ। कहिलेकाँही लयमा उतार्न केही शब्द मात्रै हेरफेर हुन्छन्। ‘मलाई रोचकले सुरुमा 'दाग र ऐना' र 'विचित्र' गीत दिएको थियो,’ लव भन्छन्, ‘मैले ती गीत हजारभन्दा धेरै पटक सुनेको छु। उसको शब्दबाट जहिल्यै पनि आफूसँगै जोडिएको कथा पो भनेको हो जस्तो लाग्छ।’

पहेलों बत्तीमुनिले रोजेको बाटो फरक छ। ‘गीतलाई डान्सिङ नम्बर नबनाउँ, अर्थपूर्ण नै राखौं भन्ने हाम्रो मुख्य ध्यान हो,’ लव भन्छन्, ‘हामी कुनै गीतमा काम गरिरहँदा त्यसमाथि कहिलेकाँही त हप्तौँसम्म बहस गर्छौं। गीत कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल हुन्छ।’ एउटै गीतको लागि उनीहरुले ६ महिनासम्म पनि काम गरेका छन्। 

ब्यान्डले सन् २०१६ मा पहिलो पटक सार्वजनिक कार्यक्रममा गीत गायो। त्यति बेला पुराना ब्याण्डहरु धमाधम विस्थापित भइरहेको समय थियो। नयाँ ब्याण्डहरु पनि आइरहेका थिए। केहीले आफ्नो परिचय बनाए पनि धेरैजसो पुरानै ढर्राका थिए। त्यसैले पहेलों बत्तीमुनिका लागि काम गर्न खाली ठाउँ थियो। 

उनीहरुले बनाउने भिडियो पनि फरक शैलीको हुन्छ। गीतको भिडियो बनाए पनि त्यसमा आफूहरु देखिँदैनन्। भिडियोमा गीतका सर्जकहरु हाबी हुन नहुने उनीहरुको मत छ।

ब्याण्डलाई निरन्तरता दिनु सहज छैन। आर्थिक पाटोसँगै अन्य पक्ष पनि आउँछन्। उनीहरु विभिन्न पेसामा संलग्न छन्। रोचक ‘कन्टेन्ट राइटिङ’ गर्छन्। लव ‘इभेन्ट अर्गनाइजिङ’ कम्पनीमा काम गर्छन्। अन्य दुई सदस्यको पनि आफ्नै पेसा छ। ‘हामीले आफूले सक्ने गरिरहेका छौं,’ लव भन्छन्, ‘ब्याण्डको लागि ३० प्रतिशत मात्रै समय दिएको जस्तो लाग्छ। संगीत क्षेत्रमै मात्र लागेर बाँच्ने स्थिति पनि बनेको छैन। भोलि त्यो अवस्था सिर्जना हुन्छ भन्ने लाग्छ।’

रोचकका लागि ब्याण्ड भनेको घरजस्तै हो। उनी भन्छन्, ‘गीतसंगीत अनि यो ब्याण्डमा लाग्नु भनेको मेरो लागि घरजस्तै हो। घरबाट के पाउँछ मान्छेले? आफ्नो अभिव्यक्तिको लागि मैले ठाउँ पाएको छु। बाँकी त घरबाट पाउने जस्तै ब्याण्ड र गीतसंगीतबाट पाएको छु।’

लाखौं मानिसमध्ये केहीले मात्रै आफूलाई इच्छा लागेको काम गर्न पाउँछन्। ती ‘भाग्यमानी’मा आफू पनि भएको रोचक बताउँछन्। ‘संगीतमा लागेकोमा मलाई गुनासो छैन, एकदमै खुसी छु,’ उनी भन्छन्, ‘भोलि कुनै दिन यो क्षेत्रमा लाग्ने कलाकारले गाएरै मात्र पनि जीवन चलाउन सक्ने अवस्था आइदियोस् भन्ने कामना छ।’

रोचकजस्तै आशावादी छन्, लव पनि। उनलाई कलाकारले आफ्नो क्षेत्रमै मात्र लागेर बाँच्ने अवस्था सिर्जना हुन्छ भन्ने आशा छ। ‘मान्छले चिन्नु, परिचित हुनु एउटा पाटो भयो। तर, कलाकार बाँच्ने अवस्था पनि सिर्जना हुनुपर्छ’, उनी भन्छन्, ‘बाहिरजस्तै विभिन्न कम्पनीले कलाकारलाई अवसर दिने अवस्था नेपालमा पनि आउला।’

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा सोमबार, असोज १२, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? सोमबार, असोज १२, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार, असोज १२, २०८३
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्