फाइल तस्वीर
काठमाडौं– वर्षाका कारण अवरुद्ध सडक तत्काल खुलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेको छ।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले एक विज्ञप्ति जारी गरी चाडपर्व नजिकिएसँगै उपत्यका बाहिर जाने यात्रुको संख्या बढ्दै जाने भएकाले यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म पु¥याउन अवरुद्ध राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका हुन्।
अवरुद्ध सडक दुईतर्फी सञ्चालन नहुँदा दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न समस्या हुने महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ।
‘यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म लैजान सडक अवरुद्धले समस्या पर्ने भएकाले अग्रिम टिकट बुकिङ खोल्न समस्या देखिन्छ,’ उनले भने। राजमार्गमा एकतर्फी सञ्चालनमा आएका सवारी साधनलाई दुईतर्फीरूपमा सञ्चालनको व्यवस्था मिलाउनसमेत महासंघले सरकारसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।