बैतडी- उच्च माध्यमिक शिक्षक एसोसिएसन (हिस्टान) बैतडीले केन्द्रीय कार्यक्रमअनुसार १० वटै स्थानीय तहका प्रमुखमार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ध्यानाकर्षणपत्र पठाएको छ।
साबिकका उच्च माविमा कार्यरत देशभरका चार हजार शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी व्यवस्थापन गर्नुपर्ने, उमावि तहमा थप दरबन्दीको व्यवस्था गर्नुपर्ने, दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकलाई कम्तीमा एकपटकका लागि माध्यमिक शिक्षक द्वितीय श्रेणीमा आन्तरिक परीक्षाबाट स्थायी गर्नुपर्ने लगायतका माग राखी ध्यानाकर्षणपत्र पठाइएको हिस्टानका जिल्ला सचिव राजेन्द्रप्रसाद जोशीले जानकारी दिए।
यसैबीच पुरचौंडी नगरपालिकामा शिक्षक वासुदेव पन्तको अध्यक्षतामा नगरस्तरीय सामुदायिक विद्यालय निजी स्रोत शिक्षक तदर्थ समिति गठन भएको छ। नगरपालिकाभित्र रहेका निजी स्रोतका शिक्षकको हकहितका लागि समिति गठन गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।