काठमाडौं– बलिउड अभिनेत्री पायल घोषमाथि एसिड आक्रमणको प्रयास भएको छ। घोषले आफ्नो इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै आफूमाथि एसिड आक्रमणको प्रयास भएको बताउकी हुन्।
घोषका अनुसार मुम्बईमा उक्त घटना भएको हो। औषधी किनेर फर्किँदै गर्दा केही व्यक्तिहरुले उनको कारमा रडले प्रहार गरेर एसिड छ्याप्न खोजेका थिए। उनले भनेकी छिन्, ‘म कारमा चढ्दै गर्दा उनीहरुले रडले ममाथि प्रहार गरेका थिए। रडकले मेरो हातमा लाग्यो। उनीहरुसँग बोतलमा केही थियो।’
घोषले आफूमाथि आक्रमण गर्नेहरुले बोकेको एसिड हुनसक्ने आशंका व्यक्ति गरेकी छिन्। हाल आफूले प्रहरीमा उजुरी दिने तयारी गरेको घोषले बताएकी छिन्।
उक्त घटनाबाट घोषको देब्रे हातमा चोट लागेको छ।
अभिनयमा स्थापित घोष केही समय यता राजनीतिमा पनि सक्रिय भएकी छिन्। उनले २०२० मा रामदास अथावालेको पार्टी ‘रिपब्लिकन पार्टी’मा जोडिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।