काठमाडौं- सिन्धुपाल्चोकमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकस्थित बाह्रबिसे नगरपालिका-३ कि १३ वर्षीया अस्मिता थापाको खागदल खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जानाएको छ।
थापा घाँस काट्न खोला तरेर पारी गएकी थिइन्। घाँस काट्ने क्रममा चिप्लेर खसेकी थापालाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ। अस्मिता मामाघर बसेर पढ्ने गर्थिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।