काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नहुने बताएका छन्।
ललितानिवास प्रकरणमा मुछिएका गच्छदारले त्यस सम्बन्धमा आफ्नो धारणा राख्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी महाधिवेशनमा सभापतिको पदमा प्रतिस्पर्धा गर्ने सोच नराखेको बताए। उनले कुन पदमा प्रतिस्पर्धी हुने भन्ने कुरा पछि खुलाउने बताए।
उनले आफू अहिले कांग्रेसका कुनै समूहमा नभएको र कुनै नेताको पक्षमा पनि वकालत नगरेको बताए। 'पार्टी राम्रो होस्। नेताहरू मिलुन्। सौहार्दपूर्ण रुपमा पार्टी सञ्चालन होस्', उनले भने।
गच्छदारले आफू नेपाली कांग्रेसमा एकता गरेर आएको बताउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना आदरणीय नेता भएका बताए।
'दुइटा नेताहरू मिलेर पार्टी चलाउनुस् भनेर मैले डेढ वर्षअघिको महासमिति बैठकमा हात जोडाएको हो', उनले भने।
पत्रकार सम्मेलनमा गच्छदारले वितरण गरेको विज्ञप्ति :





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।