काठमाडौं– असोज महिनादेखि लागु हुने गरी ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले ब्याजदर संशोधन गरेका छन्। नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले ब्याजदर संशोधन गरेका हुन्।
केन्द्रीय बैंकले यसअघि नै बचत र मुद्दती निक्षेपको ब्याजदरको सीमा अधिकतम ५ प्रतिशतभन्दा फरक पार्न नपाइने व्यवस्था गरेको थियो।
पछिल्लो समय कतिपय बैंकहरुले साधारण बचत र मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशतभन्दा धेरैले फरक हुनेगरी सूचना निकालेका थिए।
राष्ट्र बैंकले तोकिएभन्दा बढी अन्तर बनाएका वित्तीय संस्थाका सीईओहरुलाई ब्याजदर घटाउन निर्देशन दिएको थियो। केन्द्रीय बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर संशोधन गरेर नयाँ सूचना निकालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।