काठमाडौं– पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन भएको छ।पहिरो हटाइएपछि राजमार्गमा यातायातका साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
मंगलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। कार्यालयका अनुसार राति सडक माथिबाट ठूलो पहिरो आएकाले बाटो दुईतर्फी नै अवरुद्ध भएको थियो।
गएराति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाउने काम सकिएपछि जाममा परेका सवारी साधन खुलेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।