फाइल तस्वीर
काठमाडौं– गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ। जिल्लाको रेसुंगा नगरपालिका–८ मा माथिबाट आएको पहिरोमा परी तिलक परियारका छोरीहरु २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
राति करिब १ बजे घरमाथिबाट पहिरो आई घरको गारो भत्किँदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
उनीहरुको शव स्थानीय, नेपाली सेना र नेपाल प्रहरीको टोलीले निकालेको उनले बताए।
घरकै अकोृ कोठामा सुतेका तिलक परियार, उनकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई छिमेकीको घरमा सुरक्षित राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।