काठमाडौं– लगातारको वर्षासँगै आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
मंगलबार राति इच्छाकामना गाउँपालिका–४ घोप्टे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार राति सडक माथिबाट ठूलो पहिरो आएकाले बाटो दुईतर्फी नै अवरुद्ध भएको छ।
मध्य रातमा पहिरो गएकाले बिहानबाट मात्र पन्छनउन थालिएको कार्यालयले जनाएको छ। सडकमा लेदो थुप्रिएकाले खुलाउन ३/४ घण्टा लाग्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।