• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

क्लबको दाउ ‘म्याच फिक्सिङ’, एन्फाको काम सामसुम बनाउने!

64x64
दीप सुवेदी बुधबार, असोज ६, २०७८  ०८:५०
1140x725

कोरोना महामारीको बेला विश्वभरि भएका खेलमा ‘म्याच फिक्सिङ’ पहिलेभन्दा बढी भएको पत्ता लागेको छ। अनुसन्धानकर्ताहरुले भनेका छन्, ‘नयाँ क्षेत्रहरुमा विविधता ल्याउन र विशेष गरी कमजोर टोली, खेलाडी र अधिकारीहरुलाई लक्षित गरी म्याच फिक्सिङ भएका छन्।’

स्पोर्टराडार सेक्युरिटी सर्भिसेजका अनुसार २०२० मा २६ विधाका ६ लाखभन्दा बढी खेलहरु ‘ट्रयाक’ गर्दा मैत्रीपूर्ण फुटबलमा बढी म्याच फिक्सिङ भएको देखिएको छ। ‘२०२० मा कोरोना महामारीको कारण सीमित मात्र खेल गतिविधि सञ्चालन भए, त्यो समयमा हामीले म्याच फिक्सिङको क्यान्सर ठूलो मात्रामा फैलिएको पत्ता लगायौं,’ स्पोर्टराडारको इन्टिग्रिटी सर्भिसका प्रबन्ध निर्देशक एन्ड्रियास क्रान्निचले बेलायती सञ्चारमाध्यम गार्जियनसँग भनेका छन्, ‘म्याच फिक्सरहरूले ती खेल र लिगहरुलाई लक्षित गरेका थिए, जहाँ नाफा र कारोबार सबैभन्दा ठूलो थियो।’

कोरोना महामारीपछि धेरै खेलकुद प्रतियोगिता सञ्चालन गर्न आर्थिक रुपमा कठिन छ। थोरै प्रतियोगिता सञ्चालन हुँदा खेलाडी, रेफ्री, प्रशिक्षक र खेल संस्थाहरुको आम्दानी घट्ने छ। त्यसैलाई आधार बनाएर फिक्सरहरुले विभिन्न प्रलोभन देखाइ म्याच फिक्सिङ गर्दै आएका छन्।

विगतमा नेपालकै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लब, बौद्ध फुटबल क्लब, न्युरोड टिम (एनआरटी) र च्यासल युवा क्लबले म्याच फिक्सिङ गरेका थिए। २०६२ सालमा मछिन्द्र क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेल मिलेमतोमा उन्मुक्ति दिएको थियो। २०२९ सालदेखि ‘बी’ डिभिजन खेलिरहेको मछिन्द्र ३१ वर्षसम्म ‘ए’ डिभिजनमा उक्लिन सकेको थिएन। २०६१ सालमा बौद्ध फुटबल क्लबसँग ‘म्याच फिक्सिङ’ गरेपछि त्यही सिजन दुवै क्लब ‘ए’ डिभिजनमा उक्लिएका थिए।

यस्तै, २०७३ सालमा एनआरटी र च्यासल युवा क्लब ‘ए’ डिभिजनमा बढुवा हुँदा पनि आर्थिक लेनदेन भएको आरोप लागेको थियो। ‘बी’ डिभिजन लिगमा पनि च्यासलले मिलेमतो गरेको एन्फाले निष्कर्ष निकालेको थियो। तर, कारबाही गरिएन।

२०६२ सालकै लिगमा रानिपोखरी कर्नर टिम (आरसीटी)का स्ट्राइकर ऋषि राईले मछिन्द्रसँगको खेलमा ‘टप स्कोरर’ बन्न एकै खेलमा ९ गोलसमेत गरे र २७ गोलसहित ‘टप स्कोरर’ बन्ने। यसरी एकै व्यक्तिले यति धेरै गोल कसरी गर्छन् त?

‘खेल खेल्दा उनीहरु आफ्नै टोलीको पक्षमा भएको जस्तै कराउँछन्, जोसिन्छन्। तर, राम्रो खेल्दाखेल्दै अन्तिममा हार्न पुग्छन्,’ एन्फाका एक उच्च पदाधिकारी भन्छन्, ‘खेल हार्दैमा किन हारिस् भनेर शंकाको दृष्टिले हेर्न पनि मिल्दैन नि।’

२०६२ यतामात्रै म्याच फिक्सिङको कुरा उठेको होइन। त्यो भन्दा अगाडि अर्थात्, २०३३ को ‘ए’ डिभिजन लिगको कुरा गर्ने हो भने त नेपाली फुटबलमा दुर्लभ इतिहास नै बनेको थियो। त्यस समय आरसिटीले अन्नपूर्ण क्लबलाई १ गोलविरुद्ध १ सय १ ले हराएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यसबेला १ सय १ गोल गर्नुको उद्देश्य तत्कालीन समयको राजनीतिक व्यवस्थाको खिल्ली उडाउनु थियो। साथै जनताका पक्षमा आवाज उठाउने यो क्लब सत्ताधारीको कोपभाजनमा थियो। पञ्चायती शासक सके क्लब नै बन्द गराउने खेलमा थिए। क्लबले यो अवस्थालाई व्यंग्य गर्न रोचक खेल खेल्यो,’ उनी भन्छन्।

अर्थात्, नेपालमा पनि फुटबल गतिविधिमा म्याच फिक्सिङको ‘क्यान्सर’ फैलिएको छ। यो क्यान्सर फैलाउने खेलाडी, क्लब र पदाधिकारीले निश्चित गोलअन्तरमा हार्न ठूलो रकम लिने गरेका छन्। तर, एन्फाले म्याच फिक्सिङमा संलग्नहरुलाई उन्मुक्ति दिने गरेको छ। जारी ‘सी’ डिभिजन लिग छनोटमा पनि क्लबहरु र रेफ्रीलाई समेत म्याच फिक्सिङको आरोप लागे पनि छानबिन नगरी साम्य बनाउन खोजेको पाइएको छ।  

यो पनि पढ्नुहोस्

‘म्याच फिक्सिङ’मा मुछियो ‘सी’ डिभिजन पनि, एन्फा फेरि विवादमा

Xtrem

Xtrem

धादिङको शुभारम्भ क्लबले खेलमा मिलेमतो भएको भन्दै छानबिनका लागि भदौ २१ मा एन्फा सचिवालयमा पत्र बुझाएको थियो। त्यसैगरी सिन्धुलीको दुधौली क्लबले भदौ २२ र भक्तपुर क्लबले भदौ २६ मा छानबिनको माग गर्दै पत्र बुझाएका थिए। तीन वटै क्लबले एन्फालाई पठाएको पत्रको प्रकृति एकै किसिमको छ। लिग छनोटको दोस्रो चरण पुग्ने निर्णायक खेलमा क्लब मात्र होइन, रेफ्रीको पनि मिलेमतो भएको उनीहरुले उल्लेख गरेका छन्।

तर, म्याच फिक्सिङमा शून्य सहनशीलताको नीति लिएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वले भने उजुरी परेको दुई साता हुन लाग्दा पनि छानबिन थालेको छैन। बरु पदाधिकारी नै एक अर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

एन्फाका पदाधिकारीभित्रै ‘फिक्सिङ’
म्याच फिक्सिङको मुद्दा अब ‘सी’ डिभिजनको खेलमा मात्रै सीमित रहेन। यही मुद्दाले एन्फाभित्र रहेका जिम्मेवार पदाधिकारीभित्र नै सम्बन्धित घटना र आफ्नो कमी कमजोरी लुकाउन ‘फिक्सिङ’ हुने गरेको खुलासा भएको छ।

गत जेठमा निजी क्षेत्रको लगानीमा सम्पन्न भएको नेपाल सुपर लिग खेलाउन एन्फा अध्यक्ष शेर्पाले नै रेफ्रीदेखि खेल मैदानको व्यवस्था गरिदिएका थिए। उनले त्यति बेला भनेका थिए, ‘किन तपाईं निजी क्षेत्रले फुटबल प्रतियोगिता आयोजना गर्दा खुशी हुनुहुन्न? हो, मैले नै रेफ्रीहरु सिफारिस गर्दिएको हुँ। उहाँहरु माथिल्लो स्तरको हुनुहुन्छ। मैदान पनि मैले नै व्यवस्था गर्दिएको हुँ। फुटबलमा व्यवसायिकता ल्याउन यति सहयोग त गर्नु नै पर्‍यो नि।’

तर, एन्फाले नै आयोजना गरेको ‘सी’ डिभिजन लिग छनोटमा भने ‘अयोग्य रेफ्री’ राखेको भक्तपुर एफसीले आरोप लगाएको छ। भक्तपुर एफसीले अफिसियल राजेश राउत र म्याच कमिस्नर अशोक मानन्धरलाई पटक-पटक जानकारी गराउँदासमेत गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर रेफ्रीको निर्णयलाई ढाकछोप गरेको आरोप लगाएको छ।

खेलमा हुने फिक्सिङ र रेफ्रीको गलत निर्णयका कारण ठूलो लगानीसहित फुटबलमा आएको क्लबको हालत विकराल हुने भक्तपुर एफसीका अध्यक्ष राम प्रजापति बताउँछन्। ‘मैदानमा प्रष्ट रुपमा देखिएको फिक्सिङका खेललाई खारेज गर्दै छानबिनको नतिजा नआएसम्म सो खेल रोक्न अपिल समेत गरेका थियौं,’ उनले भने, ‘ठूलो लगानी गरेर छनोट प्रतियोगिता खेल्न आएका हौं। रेफ्रीको गलत निर्णयका कारण पीडित बनेका छौं।’ उनले अयोग्य रेफ्रीको निर्णयबाट खेलाडीको मनोबल गिर्ने, खेलाडीको भविष्यमा असर गर्ने र क्लबलाई समेत बर्बाद पार्ने भन्दै दोषी उपर कडा कारबाहीको माग गरेका छन्।

यता, एन्फा महासचिव इन्द्रमान तुलाधार म्याच फिक्सिङको घटना ‘इन्टीग्रिटी विभाग’ले हेर्ने बताउँछन्। उक्त विभागका प्रमुख सुदीप आचार्य छन्। ‘सी डिभिजन लिग छनोटको म्याच फिक्सिङको विषय पदाधिकारीले हेर्ने नै होइन। अहिलेसम्म हेरेको पनि छैन। कसले म्याच फिक्सिङ गर्‍यो? कहाँ गर्‍यो? र कसले पत्र बुझायो? यो विषयमा एन्फालाई जानकारी छैन,’ तुलाधरले नेपाल लाइभसँग भने, ‘यो विषय एन्फा इन्टीग्रिटी विभागले हेर्ने हो।’

तर, शुभारम्भ युवा समाजले छानबिनको मागसहित एन्फामा दर्ता गरेको पत्रमा तुलाधरलाई नै सम्बोधन गरिएको छ। तुलाधरलाई सम्बोधन गरेर पठाएको पत्र उनको हातमा नपर्दा एन्फाका पदाधिकारीभित्र पनि ‘फिक्सिङ’ चलिरहेको आशंका भएको स्रोतको भनाइ छ।

दुधौली क्लब र भक्तपुर एफसीले पठाएको पत्रमा भने अध्यक्ष शेर्पालाई सम्बोधन गरिएको छ। एन्फाका अधिकांश पदाधिकारी र कर्मचारी अध्यक्ष शेर्पाकै पक्षका छन्। तुलाधर पनि शेर्पा निकट हुन्। ‘उहाँ (तुलाधार) अध्यक्षज्यूको नजिकका सहयोगी हुनुहुन्छ। प्रवक्ता किरण राईले राजीनामा दिएपछि उहाँको जिम्मेवारीसमेत तुलाधारज्यूलाई नै दिनुभएको छ। यसअघि पनि प्रवक्ताज्यूलाई प्राप्त भएको पत्र तुलाधारज्यूसम्म उहाँले पुर्‍याउनु हुन्थ्यो। अहिले त प्रवक्ता उहाँ नै हुनुहुन्छ। पत्र पाइनँ, थाहा नै छैन भन्न उहाँले मिल्दैन,’ एक पदाधिकारीले नेपाल लाइभलाई भने।

तर, एन्फा इन्टीग्रिटी विभागका प्रमुख आचार्यले भने छानबिनका लागि अहिलेसम्म कुनै पत्र नआएको जानकारी दिए। ‘अहिलेसम्म हामीलाई उहाँहरुले कुनै पत्र पठाउनु भएको छैन। एन्फाबाट आधिकारिक पत्र मैले पाएको पनि छैन। यस विषयमा मैले धेरै बोल्नु उचित हुँदैन,’ उनले भने।

आफ्नो विभागले म्याच फिक्सिङको मुद्दा नहेर्नेसमेत उनले बताए। ‘सी डिभिजन लिग छनोटको म्याच फिक्सिङ हामीसँग सम्बन्धित विषय नै होइन। अध्यक्षसँग बुझ्नुस्, महासचिवसँग बुझ्नुस्। लिग निर्देशक सञ्जिव मिश्रसँग बुझ्नुस्। मलाई सम्पर्क गरेर केही काम छैन। उहाँहरुको काम हो, उहाँहरुले नै भन्नुहुन्छ,’ उनले भने।

यसअघि ‘ए’ डिभिजन र ‘बी’ डिभिजनमा म्याच फिक्सिङको कुरा उठ्दा उनैलाई एन्फा बोर्ड बैठकले छानबिनको जिम्मेवारी दिएको थियो। ‘२०७३ सालमा एनआरटी र च्यासल युवा क्लब ‘ए’ डिभिजनमा बढुवा हुँदा आर्थिक लेनदेन भएको छानबिन उहाँले नै गर्नु भएको थियो। २०७५ सालमा सरस्वती युवा क्लब र हिमालयन शेर्पाको म्याच फिक्सिङ हुँदा ‘इन्ट्रिग्रिटी अफिसर’ बनेर उहाँले नै काम गर्नु भएको हो। ‘सी’ डिभिजनको घटनाबारे हाम्रो काम होइन भनेर पन्छिन मिल्छ?,’ एन्फाका ती पदाधिकारी भन्छन्।

लिग निर्देशक मिश्र भने क्लबहरुको आरोप स्वाभाविक भए पनि सबै आशंकामा छानबिन गर्न असम्भव रहेको बताउँछन्। उनले तीनवटा क्लबहरुमध्ये सबैको भिडियो परीक्षण गर्ने र बाँकी प्रक्रियामा अघि बढ्ने आश्वासन दिएको बताए। ‘आफूले हारेपछि खेलमा फिक्सिङ भयो भनेर आरोप लगाउनु स्वाभाविक हो। यस्तो छानबिनको माग त कति आउँछन्, कति। सबैमा छानबिन गरेर सम्भव हुने कुरा होइन’, उनले भने, ‘आरोप लागेका खेलहरुको भिडियो फुटेज हेर्नेछौं। अनि सो सम्बन्धी विषयमा इन्टिग्रिटी विभागमा पत्र पठाउनेछौं।’

तर, उनले दुधौलीको माग जायज नरहेको बताए। समूह ‘एच’ मा रहेको दुधौलीले अनावश्यक समय थपेर आफूहरुलाई हराएको आरोप लगाएको छ। अन्तिम खेलअगाडि दुधौली, दक्षिणकाली परोपकार क्लब र मध्यपुर जागरुक युवा क्लबको समान ३ अंक थियो। दक्षिणकालीले खेल बराबरी गरे नकआउटमा पुग्ने थियो। मध्यपुरले भने तीन गोलको अन्तरले जिते मात्र अर्को चरणमा पुग्ने थियो। ६५औं मिनेटसम्म बराबरी खेलेको दक्षिणकालीले त्यसपछि लगातार पाँच गोल खायो।

मध्यपुरले निधारित ९० मिनेटसम्म २–० को अग्रता लिएको थियो। त्यसपछि म्याच रेफ्रीले १० मिनेट अतिरिक्त समय थपेका थिए। अतिरिक्त समयमा मध्यपुरले ३ गोल थप्यो र अर्को चरणमा प्रवेश गर्यो। ‘यो खेललाई अस्वाभाविक भन्न मिल्दैन। फुटबलमा गोल हुनु सामान्य हो,’ मिश्रले भने, ‘खेलाडी घाइते भएका थिए, रेफ्रीले समय थपे, गोल भयो। फुटबलमा यति गोल हुनु स्वाभाविक हो।’ यता, शुभारम्भ र भक्तपुरको विषयमा भने केही शंका गर्न सक्ने ठाउँ रहेको उनले बताए।

फुटबलमा हुने गैरकानुनी प्रभावविरुद्ध लडाइँ लड्न हरेक देशको फुटबलको सर्वोच्च निकायले ‘इन्टीग्रिटी विभाग’ गठन गरेको हुन्छ। यसको प्रमुख उद्देश्य अखण्डताको मुख्य सिद्धान्तमा रहेर इमानदारीसाथ देशको फुटबल र लिगहरुलाई सञ्चालन गर्नु हो। कुनै क्लबको पदोन्नति र फुटबल प्रतियोगिताहरुको संरक्षण गर्ने मुख्य भूमिका यसैको हुन्छ। तर, एन्फाको विभाग भने लिगमा देखिएको आफ्नो कमीकमजोरीलाई लुकाउन आफ्नै पदाधिकारीभित्र ‘फिक्सिङ’ गरिरहेको प्रष्ट हुन्छ।

किन ‘म्याच फिक्सिङ’को विषय उठिरहन्छ?
लिग निर्देशक मिश्र लिगको अवधारण नै गलत भएको कारण बारम्बार म्याच फिक्सिङको विषय उठिरहेको बताउँछन्। म्याच फिक्सिङबारे जानकार नुहँदा पनि घटना दोहोरिने गरेको उनको भनाइ छ। ‘यसअगाडि ‘सी’ डिभिजनमा १४ वटा टिम थियो। त्यसलाई दुई समूह बनाएर खेल्दा ६ टिम अगाडि जान्थे। शीर्ष स्थानमा रहने ६ टिमबाट तीन टिम ‘बी’ डिभिजनमा बढुवा हुन्थे। यसरी खेलाउँदा क्लबहरुलाई जित्नै पर्ने दबाब हुन्थ्यो। म्याच फिक्सिङ पनि हुँदैन थियो,’ उनी भन्छन्।

पहिलो चरणमा बाहिरिएका टिमबीच पनि रेलिगेसशनको लागि छुट्टै लिग खेलाउने हो भने फिक्सिङ रोक्न सकिने उनको भनाइ छ। तर, ‘सी’ डिभिजन छनोटमा ७८ टिम भएकाले त्यसरी खेलाउन संभव नभएको उनले बताए।

यता, स्पोर्टराडारको इन्टिग्रिटी सर्भिसका प्रबन्ध निर्देशक क्रान्निचले भने लिगको अवधारण नै गलत भएको हुँदा म्याच फिक्सिङको घटना दोहोरिरहेको बताएका छन्। ‘लिगमा सबै टोली अगाडि बढ्न चाहन्छन्। घटुवा हुने अधिकांश क्लबको अस्तित्व नै मेटिने गरेको इतिहासले फुटबल क्लबहरू जसरी पनि माथि उक्लिन चाहेको देखिन्छ,’ गार्जियनसँग उनले भनेका छन्, ‘जिम्मेवार निकायका पदाधिकारी मानसिक रूपमा नयाँ क्लबलाई प्रलोभन देखाएर झर्ने मनस्थितिमा देखिन्छन्।’

विगतमा रेलिगेसनमा परेका क्लब फेरि उक्लिन नसकेको प्रशस्त उदाहरण छन्। कतिले त अस्तित्व जोगाउनसमेत सकेनन्। त्यही डरले म्याच फिक्सिङ हुने गरेको उनी बताउँछन्। ‘यो डरलाग्दो तथ्यबाट क्लब अधिकारीहरु झस्किने गर्छन् र जसरी भए पनि रेलिगेशनबाट जोगिने योजनामा लाग्छन्। त्यसको लागि पैसा खर्च गर्छन्,’ उनले भने।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०८:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्