• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

‘म्याच फिक्सिङ’मा मुछियो ‘सी’ डिभिजन पनि, एन्फा फेरि विवादमा

64x64
दीप सुवेदी बिहीबार, भदौ २४, २०७८  १०:५२
1140x725

काठमाडाैं– ‘चरी’ भनेर चिनिने गुन्डा नाइके दिनेश अधिकारी कुनै समय डिल्लीबजार कारागारमा थुनिँदा फुटबलका कतिपय राष्ट्रिय खेलाडी उनलाई भेट्न पुग्थे। जसमध्ये तत्कालीन राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापा, रितेश थापा, विकाससिंह क्षेत्री, सन्दीप राई, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई पछि खेल मिलेमतोको आरोप लागेको थियो। तर, कानुनको अभावमा उनीहरुले उन्मुक्ति पाएका थिए।

चरीलाई मात्र होइन डिल्लीबजारमै थुनामा रहेका हालका गण्डकीका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे, भद्र बन्दीगृहमा थुनिएका चक्रे मिलन, राजु गोर्खाली र कुमार घैँटेलाई समेत विभिन्न खेलाडी भेट्न पुगिरहन्थे। कतिपय खलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकाहरु पनि थिए। यसरी गुन्डा नाइकेसँग खेलाडीको उठबस हुँदा खेल क्षेत्र दूषित बन्न थाल्यो।

अहिले यस्तै गतिविधि पुनः दोहोरिन थालेको आशंका गरिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्पलेक्समा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटका खेलहरुमा मिलेमतो भएको भन्दै धादिङको क्लब शुभारम्भ युवा समाज र सिन्धुलीको दुधौली स्पोर्ट्स क्लबले एन्फासमक्ष छानबिनको माग गरेका छन्।

शुभारम्भले आफूलाई अर्को चरणमा पुग्न नदिने मनसायका साथ धादिङकै लगनशील युवा क्लब र ललितपुरको इमाडोल क्लबबीचको खेलमा मिलेमतो भएको आरोप लगाएको हो। समूह ‘एफ’ को लगनशील क्लब छनोटको सम्भावनाबाट बाहिरिसकेको थियो। शुभारम्भलाई पनि अर्को चरणमा पुग्ने अवसरबाट बञ्चित गर्न लगनशीलविरुद्धको खेल मिलेमतो गरेर इमाडोललाई जित दिलाएको आरोप लागेको छ।

समूह ‘एच’ मा रहेको दुधौलीले पनि दक्षिणकाली परोपकार क्लब र मध्यपुर जागरुग युवा क्लबबीचको खेलमा मिलेमतो भएको आरोप लगाएको छ। खेलमा रेफ्रीले पनि मिलेमतो गरेको दुधौलीले एन्फामा छानबिनका लागि बुझाएको निवेदनमा उल्लेख छ। उक्त खेलमा मध्यपुर ५–० ले विजयी भएको थियो। 

अस्वाभाविक खेल!
छनोट प्रतियोगिताको एउटै समूहमा परेका धादिङका दुई टिम लगनशील युवा समाज, ज्वालामुखी र शुभारम्भ युवा समाज, गल्छी पहिलो चरणबाट बाहिरिए। आइतबार भएको खेलपछि इमाडोल युवा क्लब समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

शुभारम्भले पहिलो खेलमा लगनशील क्लबलाई १–० गोलले पराजित गरेको थियो भने दोस्रो खेल इमाडोलसँग १–१ गोलको बराबरी खेलेको थियो। आइतबारको खेलअघि शुभारम्भ ४ अंकसहित समूहको शीर्ष स्थानमा थियो। तर, लगनशीलविरुद्धको खेलमा इमाडोल ३–१ ले विजयी भएपछि शुभारम्भ गोल अन्तरमा पछि पर्दै छनोटको पहिलो चरणबाटै बाहिरियो।

शुभारम्भ क्लबका व्यवस्थापक सन्दिप घिमिरेले आर्थिक प्रलोभनमा परेर लगनशीलले इमाडोलसँगको खेलमा मिलेमतो गरेको बताए। ‘इमाडोललाई नकआउट चरणमा प्रवेश गर्न २–० को जित आवश्यक थियो। हामी एकै जिल्लाका भएका कारण खेलअगाडि लगनशील युवा क्लबका म्यानेजर दिपक मगरलाई कल गरेर हाम्रो प्रशिक्षक जितेन्द्र श्रेष्ठले बेस्ट अफ लक भन्नुभयो। तर, मगरले इमाडोलबाट आफ्ना प्रशिक्षक र खेलाडीलाई अफर आएको भनेर हाम्रा प्रशिक्षकलाई भनेका छन्,’ उनले नेपाल लाइभलाई भने। 

Ncell 2
Ncell 2
nimb
nimb

खेल मिलेमतोका लागि इमाडोलले लगनशीलका खेलाडी र प्रशिक्षकलाई ‘अफर’ गरेको कुरा श्रेष्ठलाई पत्यार लागेन। उनले फेरि म्यानेजर मगरलाई कल गरे। घिमिरेका अनुसार मगरले दोस्रो कलमा भने आफूलाई नभइ प्रशिक्षक र खेलाडीलाई कल आएको बताए। फेरि तेस्रो पटक कल गर्दा मगरले ‘हामी धादिङका क्लब हौं, मरेर खेल्छौं’ भन्नुभएपछि आफूहरु आश्वस्त भएको उनले बताए।

शुभारम्भका प्रशिक्षक, खेलाडी र व्यवस्थापक पनि उक्त खेल हेर्न सातदोबाटो पुगेका थिए। घिमिरेले पहिलो हाफ राम्रै खेलिरहेको लगनशीलले दोस्रो हाफमा जानाजान हार्ने मनसायले खेलेको बताए। ‘उहाँहरुले पहिलो हाफ खेलेको गोलरक्षक परिवर्तन गर्नुभयो। गोल खाँदा गोलरक्षकले डाइभ नहान्ने, साइडबाट बल जान दिने क्रियाकलाप भयो,’ उनले भने, ‘इमाडोलका प्रशिक्षकले चिन्ता लिनु पर्दैन म्याच फिक्सिङ भएको छ, जितिहाल्छौं भनेको हाम्रै प्रशिक्षकले सुन्नुभएको छ,’ उनले भने।

खेलको ५१औं मिनेटमा लगनशीलका गोलरक्षक बल मैदानको मध्य भागमा हुँदा गोलपोस्ट नजिकै ढलेका थिए। उनको यो हाउभाउ अस्वाभाविक देखिन्थ्यो। त्यसको तीन मिनेटमै डिबक्स भित्रबाट आएको बललाई अन्जन लिम्बुले गोल गरे। ६२औं मिनेटमा पनि सोही स्थानबाट पास दिएको बलमा दिपेश यहाले सहजै गोल गरे। यहाले नै ६७औं मिनेटमा गरेको प्रहार लगनशीलका गोलरक्षकले सहजै छाडेको घिमिरेको आरोप छ। उनले भने, ‘म्याच फिक्सिङ भएको बुझेपछि निष्पक्ष छानबिनका लागि एन्फामा पत्र बुझाएका छौं।’

यता, लगनशील युवा क्लबका म्यानेजर मगरले प्रतियोगिताबाट बाहिरिएपछि शुभारम्भले झुटो आरोप लगाएको बताए। ‘हामीमाथि झुटो आरोप लगाएर एन्फामा उजुरी दर्ता भएको छ। एन्फाले नै शुभारम्भका पदाधिकारीलाई माफी माग्न लगाउनु भयो भने ठीक छ, नत्र हामी न्यायालयको ढोका ढक्ढक्याउन जानेछौं,’ उनले भने। 

Xtrem

Xtrem

बारम्बार कल गरेर शुभारम्भकै प्रशिक्षक श्रेष्ठले आफूलाई भेट्न बोलाएको मगरले आरोप लगाएका छन्। ‘मैले कसैलाई कल गरेको छैन। उताबाट गल्छीका प्रशिक्षक जितेन्द्र श्रेष्ठले बारम्बार कल गरेर मलाई भेट्न बोलाउनु भएको हो। मेरो कल डिटेल्स दिन सक्छु। म यो भन्दा केही बोल्दिनँ,’ उनले भने।

समूह ‘एच’ मा रहेको दुधौलीले भने अनावश्यक समय थपेर आफूहरुलाई हराएको आरोप लगाएको छ। अन्तिम खेल अगाडि दुधौली, दक्षिणकाली र मध्यपुरको समान ३ अंक थियो। दक्षिणकालीले खेल बराबरी गरे नकआउटमा पुग्ने थियो। मध्यपुरले भने तीन गोलको अन्तरले जिते मात्र अर्को चरणमा पुग्ने थियो। ६५औं मिनेटसम्म बराबरी खेलेको दक्षिणकालीले त्यसपछि लगातार पाँच गोल खायो। 

पहिले नै घाइते भएका दक्षिणकालीका गोलरक्षक सुरेश दराई खेलको ७६औं मिनेटमा मैदानमै लडे। उनको स्थानमा ८०औं मिनेटमा दोस्रो रोजाइका गोलरक्षकलाई मैदान उतारिएको थियो। त्यसको दुई मिनेटमै गोल गरेको मध्यपुरले निधारित ९० मिनेटसम्म २–० को अग्रता लिएको थियो। त्यसपछि म्याच रेफ्रीले १० मिनेट अतिरिक्त समय थपे। अतिरिक्त समयमा मध्यपुरले ३ गोल थप्यो र अर्को चरणमा प्रवेश गर्‍यो। यो खेललाई एन्फाका पदाधिकारीहरुले पनि अस्वाभाविक बताउँदै आएका छन्। 

‘बराबरी गर्न सक्ने टिमले म्याच एकपक्षीय रुपमा गुमाउने हामीले सोचेकै थिएनौं। अस्वाभाविक नतिजा निस्कियो,’ एन्फाका एक पदाधिकारीले नेपाल लाइभसँग भने, ‘यसअगाडि नकआउट चरणमा फिक्सिङ गरेको पाइएको थियो, अहिले लिग चरणमै फिक्सिङ भयो।’

‘म्याच फिक्सिङ’ रोक्न असफल एन्फा
मिलेमतोमा खेलको नतिजा निस्कने समस्या संसारभरि नै छ। त्यसविरुद्ध कडा कानुनहरु पनि छन्। नेपालमा भने एन्फा कमजोर हुँदा पटक–पटक यस्ता घटना दोहोरिरहेका छन्। 

एन्फाका एक पदाधिकारीका अनुसार गणेश थापा अध्यक्ष हुँदा २०६१ सालमा मछिन्द्र क्लबलाई एन्फाले खेल मिलेमतोमा उन्मुक्ति दिएको थियो। मछिन्द्रले २०२९ सालदेखि ‘बी’ डिभिजन खेलिरहेको थियो। ‘मछिन्द्रले ३१ वर्ष ‘बी’ डिभिजन फुटबल खेलेको थियो। केही सीप नलागेपछि ‘ए’ डिभिजनमा उक्लिन बौद्ध फुटबल क्लबसँग ‘म्याच फिक्सिङ’ गर्‍यो। दुवै क्लब त्यही सिजन ‘ए’ डिभिजनमा उक्लिए। उक्त क्लबबीच पैसा लेनदेन भएको स्पष्ट खुलेको थियो। तर, एन्फा लाचार हुँदा अहिलेसम्म त्यही समस्या दोहोरिने गरेको छ,’ उनले भने। 

ती पदाधिकारीका अनुसार २०७३ सालमा न्युरोड टिम (एनआरटी) र च्यासल युवा क्लब ‘ए’ डिभिजनमा बढुवा हुँदा पनि आर्थिक लेनदेन भएको आरोप लागेको थियो। च्यासल एक खेल खेल्न बाँकी छँदै बढुवा भएको थियो। एनआरटीले भने अन्तिम खेलमा सातदोबाटो युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको थियो। ‘उक्त ‘बी’ डिभिजन लिगमा पनि च्यासलले मिलेमतो गरेको एन्फाले निष्कर्ष निकालेको थियो। तर, कारबाही नै गरिएन,’ उनले भने। 

उनका अनुसार २०७५ सालमा यो विवाद झन् चर्कियो। उपाधि होडको प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको बेला मनाङ मस्याङ्दीका प्रशिक्षक सुमन श्रेष्ठले पत्रकार सम्मेलनमै प्रतिद्वन्द्वीमाथि मिलेमतोको आरोप लगाए। ‘एन्फाले उहाँको आरोपमाथि राम्रोसँग छानबिन नै गरेन। यो पनि एन्फाको गैरजिम्मेवारीपन हो। यदी कुरा सत्य थियो भने छानबिन गर्नु पर्थ्यो, गलत भए उहाँलाई नै कारबाही गर्नु पर्थ्यो। तर, एन्फाले आँट गर्न सकेन,’ उनले भने।

उनका अनुसार विभागीय टिम एपीएफ र सरस्वती युवा क्लब ‘रेलिगेसन’बाट जोगिने दबाबमा थिए। त्यसबाट बच्न मिलेमतोको योजना बनेको थियो। ‘सरस्वतीले एन्फा कम्प्लेक्समा भएको नवौं खेलमा आएर हिमालयन शेर्पालाई ४–३ ले हरायो,’ उनी भन्छन्, ‘त्यसअघिका ८ खेलमा २ गोलमात्रै गरेको सरस्वतीको लिगमा त्यो नै पहिलो र एकमात्र जित थियो।’

उक्त खेलमा सरस्वतीका कप्तान दीपेश श्रेष्ठले हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीलाई मिलेमतोको प्रस्ताव गरेका थिए। ‘इन्ट्रिग्रिटी अफिसर’ सुदीप आचार्यको रिपोर्टको आधारमा उनलाई दुई वर्ष निलम्बन गरिएको थियो।

‘त्यतिखेर हिमालयन शेर्पाका अध्यक्ष (हालका एन्फा अध्यक्ष) कर्माछिरिङ शेर्पा थिए। यता, सरस्वती युवा क्लबका अध्यक्ष हालका एन्फाका उपाध्यक्ष शिक्षित पराजुली थिए। उहाँहरुबीच राम्रो सम्बन्ध छ। त्यो खेलमा मिलेमतो गर्न उहाँहरुको पनि हात हुन सक्थ्यो। उहाँहरुमाथि खै कसले छानबिन गर्‍यो?’, उनले प्रश्न गरे। उनका अनुसार शेर्पाकै निर्देशनमा हिमालयनका व्यवस्थापक विजेन्द्र पुडासैनीलाई भने झारा टार्न निलम्बन गरिएको थियो। 

शेर्पा तीनै हुन्, जो ‘चेन्ज द एन्फा’को नारा लिएर अध्यक्षको बागडोर सम्हालिरहेका छन्। उनले अध्यक्ष निर्वाचित भएको केही दिनपछि २३ वैशाख २०७५ मा रिपोर्ट्स क्लबमा पत्रकार सम्मेलन गरेर अनुशासन कमिटी र अपिल कमिटी गठन गरेको जानकारी दिँदै सबैखाले मिलेमतो रोक्ने वचन दिएका थिए। तर, उनले आफ्नै प्रतिबद्धता पूरा गरेनन्।

यता, सशस्त्र प्रहरी बलको एपीएफ र फ्रेन्ड्स क्लबबीचको खेलमा पनि मिलेमतो भएको आरोप सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले लगाएका थिए। सो खेलमा एपीएफ ५–२ गोल अन्तरले विजयी भएको थियो। ‘एपीएफ र फ्रेन्ड्सबीचको खेलमा पनि मिलेमतो हो वा होइन भनेर एन्फाको इन्टीग्रीटी कमिटीले अनुसन्धान गरेको थियो। तर, घटना टालटुल पारियो,’ ती पदाधिकारीले भने। 

के छ कानुनमा?
मुलुकी ऐन प्रतिस्थापन गर्न ल्याइएको ‘मुलुकी फौजदारी संहिता २०७४’ ले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा मिलेमतो अर्थात् ‘म्याच फिक्सिङ’ गरे तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ। उक्त कानुनले खेल मिलेमतोलाई ‘राष्ट्र हितविरुद्धको कसूर’ मानेको छ।

उक्त संहितामा भनिएको छ– ‘नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा कुनै खेलाडी वा खेलाडी समूहले प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणाम प्रतिकूल हुने गरी मिलेमतो, कसैको प्रलोभन, कुनै बाजी जिताउन वा हराउन खेलेका रहेछन् भने राष्ट्र हितविरुद्ध कसूर भएको मानिनेछ।’

उक्त कानुनले मिलेमतोमा रकम लेनदेन भए जफत हुने व्यवस्थासमेत गरेको छ। खेल मिलेमतोका लागि उक्साउने, आदेश वा निर्देशन दिने तथा खेल मिलेमतोमा मद्दत गर्नेलाई समेत कारबाहीको प्रावधान छ। सार्वजनिक पद धारण गरेको व्यक्ति खेल मिलेमतोमा संलग्न पाइए थप तीन वर्ष कैदको व्यवस्था गरिएको छ।

यसअघि खेल मिलेमतोमा कारबाहीको कानुन थिएन। तत्कालीन कप्तान थापासहित पाँच खेलाडी र एक पदाधिकारी खेल मिलेमतोको आरोपमा २७ असोज २०७२ मा पक्राउ परेका थिए। उनीहरुलाई त्यतिबेला ‘राज्य विप्लव’को मुद्दा लगाइएको थियो।

राज्यविरुद्ध अपराध तथा सजाय ऐनमा ‘सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा आघात पार्ने षड्यन्त्र गरे’ जन्मकैद वा १० वर्ष कैदको प्रावधान थियो। विशेष अदालतले म्याच फिक्सिङलाई राज्यविरुद्धको अपराध ठहर गर्न नसकिने जनाउँदै कानुन अभावमा कारबाही गर्न नसकिने जनाएर २४ जेठ २०७५ मा उनीहरुलाई सफाइ दिइएको थियो। यद्यपि, विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले भने खेल मिलेमतोमा संलग्न सबैलाई २०७२ मंसिरमा आजीवन प्रतिबन्धको घोषणा गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्