काठमाडौं- कमेडी च्याम्पियन सिजन-२ का प्रतिस्पर्धी तथा फर्स्ट रनरअप बिक्की अग्रवालको झोला (ब्याग) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेको पाइएको छ।
आइतबार विमानस्थलको स्वर्णद्धार नजिकै कम्मरमा बोक्ने कालो रङको झोला बेवारिसे अवस्थामा भेटिएको थियो। बेवारिसे अवस्थामा रहेको उक्त झोला प्रहरी कर्मचारीले भेटी विमानस्थल प्रहरी कार्यालयमा बुझाएका थिए।
झोलाभित्र रहेको परिचयपत्र हेर्दा उक्त झोला कमेडी च्याम्पिन सिजन-२ का प्रतिस्पर्धी, फर्स्ट रनरअप तथा भारत सिक्किमका बिक्की अग्रवालको भएको पाइएको थियो।
त्यसपछि प्रहरीले उनलाई सम्पर्क गरी उक्त झोला जिम्मा लगाएको छ। झोलामा दुई हजार ९४० नेपाली रुपैयाँ, भारतीय रुपैयाँ ७९०, एप्पल वाच र इअरप्याण्ड एक/एक थान थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।