• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कस्ता छन् तामाङ जातिको इतिहास खोज्ने कलाकृति?

64x64
युवराज भट्टराई बुधबार, असोज ६, २०७८  ०७:००
1140x725
चित्र : सुवास तामाङ

काठमाडौं– मुलुकमा १०४ वर्ष चलेको राणाशाहीविरुद्ध २००७ सालमा भएको आन्दोलनमा गोले काँइलाको हत्या भएको थियो। विराटनगरमा उनलाई गोली हानी हत्या गरेपछि त्यति बेलाका बडाहाकिम उत्तमविक्रम राणाले उनको शव शहर घुमाउन लगाएका थिए। ताकि, अरु कसैले राणाहरुको विरुद्ध आन्दोलन गर्ने साहस नगरोस्। 

तर, प्रजातान्त्रिक आन्दोलनको इतिहासमा उनको नाम कतै भेटिँदैन। उनीसँगै राजनीतिक परिवर्तनका लागि लडेकाहरु देशको शासन सत्तामा पुगे। तर, गोले काँइला हिजोजस्तै आज पनि गुमनाम नै छन्।

कलाकार सुवास तामाङले ‘कोको म्हेन्दो’ (टोटलाको फूल) जोडेर बनाइएको क्यानभासमा ‘वुडकट प्रिन्ट’मार्फत गोले काँइलालाई उतारेका छन्। ‘राजनीतिक परिवर्तनका लागि लड्नेहरु पनि गुमनाम रहे,’ सुवास भन्छन्, ‘जो देशको राजधानीमा मारिएका थिए, उनीहरु सहिद भए। राजधानीबाहिर मारिएका गोले काँइला गुमनाम रहे।’

शक्तिबाहिर रहेको समुदायमाथि सत्ताले गर्ने गरेको विभेदको एउटा उदाहरण मात्रै हुन्, गोले काँइला। सीमान्तकृत, अल्पसंख्यक, आदिवासी र सत्ता निकटभन्दा बाहेकको इतिहास ठेलीहरुमा पाइँदैनन्।

सुवासलाई तामाङ समुदायको इतिहास नलेखिएकोमा गुनासो छ। गएको आइतबार दिउँसो माइतीघर क्षेत्रमा संविधान दिवसको उत्सव चलिरहँदा करिब ३०० मिटरको दूरीमा रहेको सिद्धार्थ आर्ट ग्यालरीमा भेटिएका सुवास भने यो संविधानमा आफ्नो समुदायले उठाएको विषय नअटाएको बताइरहेका थिए। सुवास भन्छन्, ‘अहिले पनि संविधानमा आफ्नो मुद्दा सम्बोधन भएन भनेर माइतीघरमा विरोध गर्नेहरु छन्, तर यो राज्यले संविधानलाई उत्कृष्ट भनिरहेको छ। सीमान्तकृत समुदायमाथि अहिले पनि दमन छ।’

हिजो तामाङ जातिले भोगेर आएको पीडा, उनीहरुमाथि भएको उत्पीडनदेखि छलकपटमार्फत् भएको संहारको इतिहास लुकाउने प्रयास भएको सुवासको बुझाइ छ। राज्यबाटै भइरहेको विभेदबारे असन्तुष्ट सुवासले करिब २५ वटा कलाकृतिमार्फत् आफ्नो पहिचान र अस्तित्वको खोजी गरेका छन्। कलाकृतिमार्फत् उनले तामाङ समुदायमाथि भएको दमन र उत्पीडनबारे प्रश्न उठाएका छन्। 

इतिहासदेखि नै निश्चित जातिलाई मात्र ‘नेपाली’ ठानेर अरु जातिको भाषा, धर्म, परम्परामाथि दमन निरन्तर भइरहेको छ। राणाकालमा होस् या पञ्चायतकालमा, राष्ट्रवादको आवरणमा शासकीय अत्याचार निरन्तर छोपिएको उनी बताउँछन्। पञ्चायतकालदेखि त ‘महेन्द्रमाला’ पुस्तकमार्फत् एक भाषा, धर्म, संस्कृति र भेषभूषा मात्र सिकाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कला प्रदर्शनीमा ‘महेन्द्रमाला’ पुस्तकको कभरमा अक्षरहरु कुँदेर फ्रेममा राखेका छन्, सुवासले। कुँदिएका अक्षरहरुमा ‘एक राजा एक देश, एक भाषा एक भेष’ लेखिएको छ। 

इतिहासमा हेर्ने हो भने सुधपामार्फत् नेपाली भाषालाई राष्ट्रिय भाषा बनाउन चालिएको अभियानमा होस् वा सरकारी भाषाको रुपमा ‘नेपाली’लाई मात्रै राखिरहँदा होस्, अल्पसंख्यक समुदायमाथि भाषिक दमन सदियौंदेखि छ। अहिले पनि अंग्रेजी भाषा महत्त्वपूर्ण छ, तर राज्यको लागि आदिवासी समुदायको भाषा महत्त्वपूर्ण छैन। लोप भएका र लोपोन्मुख कैयौं भाषाहरु छन्, जुन समुदायजस्तै राज्यको बहिष्करणमा परेका छन्।

कलाकार सुवास तामाङ।

‘महेन्द्र माला अहिले पनि पढ्ने हो भने त्यहाँ बहुलजातीय, बहुलभाषिक पक्षहरु आउँदैन्,’ सुवास भन्छन्, ‘यसले सबैलाई समेट्न सकेको छैन्। समेटिनुपर्थ्यो भन्ने कुरा कृतिमा देखाउन खोजेको हो। तर, महेन्द्रमालाले थुप्रै भाषा, जातिलाई निमिट्यान्न पारेको छ।’

२०७५ कात्तिकमा त्रिपुरेश्वरस्थित ‘आट्री नेपाल’को स्टुडियोमा भएको प्रदर्शनीमा सुवासले ढुंगामा महेन्द्रमालाको पाठ कुँदेका थिए। अहिलेको प्रदर्शनीमा पनि आफ्नो कलाकृतिमा महेन्द्रमालासँगै तामाङ जातिमाथि लगाइएको विभेद्पू‍र्ण कानुन, उनीहरुलाई राणाहरुले पठाएका पत्र कोरेका छन्। आफ्नो जातिको अस्तित्व र पहिचानको उत्खनन् गरी मूलधारबाट लुकाइएका यथार्थहरु उनका कलाकृतिमा प्रस्तुत छन्।

‘कागजी रकम,’ ‘मासिन्या मतवाली,’ ‘बैगानी रकम’जस्ता कृतिमा तिनै मानिसको कथा उनले समेटेका छन्। ‘मूलधारको इतिहासमा तामाङबारे नलेखिनु, लेखिए पनि त्यसलाई अपव्याख्या गरिनुले नै यी कृति जन्मिएका हुन्,’ सुवास भन्छन्, ‘म आफू तामाङ समुदायबाट भएकैले आफ्नो इतिहास आफैं लेख्नुपर्छ भनेर यो काम गरेँ।’

उहिले तामाङहरु राणाका आँप बगानमा काम गर्थे। राम्रा आँप फलाएर दरबारमा दिएबापत उनीहरुमाथि लगाएको करमा छुट दिइन्थ्यो। सुवासले यो इतिहास झल्काउन बनाएको कलाकृतिमा तामाङ जातिको अनुहार आँपले छोपिदिएका छन्।

अर्को कृतिमा अनुहारलाई लोक्ताको फूलले छोपिएको छ। राणाकालमा लोक्ताबाट कागज बनाउने नुवाकोट, बुमताङका तामाङको इतिहास कतै लेखिएन। उनले त्यही नलेखिएको इतिहास आफ्नो ‘कागजी रकम’ कृतिमार्फत् प्रस्तुत गरेका छन्। ‘बरु, ती कागजमा तामाङमाथि नै दमन हुने कानुन लेखियो, तर तामाङको इतिहास कहिल्यै लेखिएन,’ सुवास भन्छन्, ‘इतिहासलाई प्रतिनिधित्व गर्ने, इतिहास लेख्न सघाउने जातिकै कथा छैन। उनीहरुलाई नै इतिहासमा नसमेटिएको कथा देखाउन खोजेको हो।’

‘कागजी रकम’ शीर्षकमा चार कृति छन्। जसमा तामाङ जातिको लुकाइएको इतिहास बोलेका छन्, सुवासले। यी कृतिमा तामाङ जातिले राणाहरुलाई पठाएका चिठ्ठी पनि छापिएका छन्। सबै कृतिमा सुवासले एक-एक विन्दु कोर्दै चित्रलाई आकार दिएका छन्। 

‘तामाङहरुले गरेको कठिन कामलाई मैले यही शैलीबाट देखाउन खोजेको हो। यो माध्यम छान्नुको कारण उनीहरुले यस्तै कठिन किसिमले गरेको काम देखाउन खोजेको हो,’ सुवास भन्छन्, ‘यहाँ सबै अनुहार छोपिनुको कारण उनीहरुमाथि भएको दमन, उनीहरुले भोगेको उत्पीडन इतिहासबाट यसरी नै छोपिएको छ भन्ने देखाउन खोजेको हो।’

आर्ट ग्यालेरीको भुइँतलामा १० वटा फ्रेममा सुवासले एउटै कृति राखेका छन्। उक्त कृतिमा राणाकालीन समयमा सेनामा सबैभन्दा तल्लो पदमा काम गर्ने पिपालाई प्रस्तुत गरेका छन्। सेनाको सबैभन्दा तल्लो पदलाई ‘पिपा’ भनिन्थ्यो। उक्त पदमा हुनेहरुको काम सेनाका लागि भारी बोक्ने तथा बन्दोबस्तीका काम गर्ने थियो। यसका लागि सेनामा 'पिपा गोश्वारा' नै खडा गरिएको थियो।

‘पिपा पदमा काम गर्ने तामाङ जातिका मात्रै थिए,’ सुवास आफ्नो कृतिको पृष्ठभूमिबारे भन्छन्, ‘उनीहरु माथिल्लो पदमा जान, हतियार बोक्न पाउँदैन थिए। उनीहरुको काम भनेकै भारी बोक्ने मात्रै हुन्थ्यो। जात र नश्ल विशेषलाई लिएर पद छुट्याइएको थियो।’ पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपाली सेनाले ‘पिपा गोश्वारा’लाई ‘बन्दोबस्ती गण’ मा रुपान्तरण गरेको छ। उक्त गणमा तामाङ मात्रै नभएर अरु जातका मानिसलाई पनि भर्ति गराइन्छ। तर, बाहुल्यता अहिले पनि तामाङकै छ।

सुवासले ‘गाईमाथि निबन्ध’ शीर्षकको कृति पनि बनाएका छन्। सुवास भन्छन्, ‘गाईमाथि निबन्धभन्दा के सम्झिन्छ? बालबालिकाले ‘गाईको चार खुट्टा हुन्छ, दूध दिन्छ’ लेख्छ। अलि ठूलोले फरक लेख्ला। म कलाकारले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको हुँ।’

उनको यो कृतिले अहिले पनि जातिगत रुपमा भइरहेको अत्याचारलाई बोकेको छ। सोमबार मात्रै गाई काटेर खाएको आरोपमा मकवानपुरमा एक दलितसहित १० जनालाई पक्राउ गरिएको थियो, जसमध्ये अधिकांश तामाङ थिए। सुवासको कृति यसैको बिम्ब पनि हो। ‘समुदायकै अस्तित्वलाई एउटा जनावरले कसरी विलीन गराउँछ भन्ने देखाउन खोजेको हुँ,’ सुवास भन्छन्। 

सुवासका हरेक कृतिले इतिहासमाथि प्रश्न गर्छन्, इतिहास लेख्नेहरुमाथि प्रश्न गर्छन्। इतिहासको गर्भमा लुकाइएका ती कैयौं अल्पसंख्यकको कथा लेखिनुपर्छ भन्ने भाष्यको सिर्जना गर्छन्, उनका कृतिले।

‘हामी आफ्नो इतिहास आफैं लेख्छौं’ मार्फत् उनले ‘समाज अध्ययन’ पुस्तकमा तामाङबारे लेखिएको ‘अपव्याख्या’ मेटेर आफ्नो बारेमा आफैं लेख्ने सन्दर्भ प्रस्तुत गरेका छन्। ‘मासिन्या मतवाली’मार्फत् पृथ्वीनारायण शाहदेखि वर्तमान समयसम्म तामाङमाथि भएका अत्याचार श्रृङ्खलाबद्ध रुपमा प्रस्तुत गरेका छन्। ‘असिने लामा’मार्फत् आफ्नै हजुरबुबाको काम र उनका कृतिहरुलाई अभिलेखीकरण गरेका छन्।

‘पृथ्वीनारायण शाहकै पालादेखि तामाङहरुले उनीहरुको प्रतिरोध गरिरहेका थिए। त्यही कारण रणबहादुर शाहको पालामा नुवाकोटमा एक हजार जना तामाङको नरसंहार भएको थियो,’ सुवास भन्छन्, ‘जसले राज्यको निरन्तर प्रतिरोध गर्‍यो उनीहरुको इतिहास राख्ने कुरा भएन। म त्यो नलेखिएको इतिहासलाई देखाउन खोजिरहेको छु।’ तामाङमाथिको दमनको इतिहास ‘मिथ’ भनेर परिभाषित गरिएला भन्ने डर छ, सुवासलाई।

अहिले पनि राज्यले सांकेतिक रुपमा तामाङमाथि दमन गरिरहेको उनी बताउँछन्। ‘भौतिक रुपमा नहोला, हिजोकै स्तरमा नहोला, तर सांस्कृतिक रुपमा दमन भइरहेको छ। दमनको स्वरुप फेरिएको छ,’ सुवास भन्छन्।

‘कोको म्हेन्दो’मा सुवासले लेखेको तामाङ जातिको इतिहास कति दिनसम्म यस्तै रहन्छ थाहा छैन। उनलाई जानकारी भएसम्म यसको आयु लामो छ। बुबाको पालामा किताबमा राखिएको कोको म्हेन्दो अहिलेसम्म पनि उनले सुरक्षित भटेका छन्।

‘यसको आयु लामो छ भन्ने अनुमान छ,’ सुवास भन्छन्, ‘तर, सधैं रहन्छ भन्न सकिँदैन। कति कामहरु सधैं भइरहन्छ भन्ने पनि हुँदैन होला। विस्तारै काम सकिएर जान्छ। मैले बनाएको सिर्जना नरहला, तर सुरु गरेको बहस त रहिरहन्छ।’

सुवासको दाबीअनुसार आफ्नो समुदायमाथि यो किसिमको दमनलाई नै ‘कानुन’को रुपमा मुलुकी ऐनमै लेखिएको थियो। दमन, उत्पीडन, अत्याचारलाई नै वैधानिक बनाउने कानुनको सिर्जनाले आफ्नो समुदाय अहिलेसम्म पछि परेको उनको भनाइ छ। 

हिजो मुलधारको राजनीतिले बहिस्कार गरेको समुदायको कथा उतारिएको टोटलाको फूललाई उनले ‘बारनेस’ गरेका छन्। यसले थप लामो समयसम्म यसलाई जीवित राख्ने अनुमान छ। उनले सिर्जना गरेको कृतिभन्दा बढी यसले निर्माण गर्न खोजेको भाष्य महत्त्वपूर्ण हो।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्