complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

‘बीपी’मा बीपी ‘प्रभाव’ : प्रेमदेखि राजनीतिसम्म अनवरत

64x64
डिबी खड्का आइतबार, असोज ३, २०७८  २१:४६
1140x725

झापाको धुलाबारीमा रहँदा चिनजान भएकी ‘युवती’ कविता शर्मालाई विश्वप्रकाश शर्माले काठमाडौं सरेपछि भेट्न बोलाउँछन्। चिनजानको मान्छेले बोलाएपछि कविता उनलाई भेट्न जान्छिन्। विश्वप्रकाशका साथीहरुसँग चिनजान गरेपछि उनीहरु दुईजना मात्रै एउटा रेस्टुरेन्टमा खाजा खान पुग्छन्। खाजा मगाउनुअघि विश्वप्रकाशको प्रश्न हुन्छ– संसारमा सवैभन्दा मीठो के लाग्छ?

कविताको सिधा जवाफ हुन्छ– चाउमिन। 

विश्वप्रकाशको राजनीतिक व्याख्या हुन्छ, ‘संसारमा सवैभन्दा मीठो बोलीबचन हो। त्यही चाउमिन तिमीले हँसिलो मुखले दियौ भने मीठो हुन्छ, अनुहार अँध्यारो र बोलीबचन नमीठो बनाएर दियौ भने मीठो हुन्न।’

यो बातचितले चिनजानलाई प्रेममा बदल्छ। मन परेकी युवतीसँग निकटता बढाउनका लागि विश्वप्रकाश शर्माले रोजेको त्यो दिन हुन्छ– २०५८ साल पुस १६ अर्थात् बीपी (विश्वेश्वरप्रसाद कोइराला)को मेलमिलाप दिवस। त्यही दिनको मिलापले विश्वप्रकाश र कवितालाई घरजमसम्म डोर्‍याउँछ। 

प्रेमका लागि समेत विश्वेश्वरप्रसाद कोइराला (बीपी)लाई सन्दर्भमा ल्याएका विश्वप्रकाश शर्मा (बीपी)ले राजनीतिमा त्यसलाई छाड्ने कुरै भएन। त्यसैले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिन उनले कांग्रेसका संस्थापक नेता कोइरालाको जन्मजयन्तीको दिनलाई रोजे। दिन मात्र होइन, त्यसको घोषणाका लागि उनले सुन्दरीजल, काठमाडौंस्थित बीपी संग्रहालयकै प्रांगण पनि रोजे। त्यसको कारण उनले त्यहाँ बताए, ‘नेपाली कांग्रेसको प्रवक्ताबाट माथिल्लो जिम्मेवारीमा जाने घोषणा गर्ने दिन, आजकै दिन (भदौ २४) लाई बनाएँ। बीपी जन्मजयन्ती भन्दा राम्रो दिन के हुन्छ?’

उनले त्यही दिन सामाजिक सञ्जाल ट्वीटरमा बीपीका बारेमा यस्तो लेखेका थिए– ‘राजाले बुझ्न सकेनन्, कम्युनिस्टले चिन्न सकेनन्, कतिपय सन्दर्भमा हामी कांग्रेसजनले अनुसरण गर्न सकेनौं। नेपाल बुझ्न, विश्लेषण गर्न र निर्माण गर्न जसको दृष्टि र दर्शन आज भने साझा बाटो भएको छ।’

नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदा शमार्ले आफ्नो टिमलाई बीपीकै प्रभावमा समावेशी बनाउने प्रयास गरे। उनले चारजना मनोनीत गर्दा कल्याण गुरुङ उपसभापति र विनोद वान्तवा राईलाई कोषाध्यक्ष बनाएर कार्यकालको सुरुआत गरेका थिए। दुई वर्षको कार्यकाल निर्धारित समयमै छाडेका थिए। 

शर्माका बिगतका अन्तवार्ता वा भाषण सुन्ने हो भने पनि उनी कहीँ न कहीँ बीपीलाई जोडिरहेका हुन्छन्। २०७४ साल माघ ३ गते कान्तिपुर टिभीको ‘टफ टक’मा उनले बीपीले छाडेर गएका विचारधारामा जडसूत्रीय अमुक–अमुक पनि समेटिएको बताउँदै कांग्रेस बीपीको बाटो भन्दा दायाँबायाँ हुन नहुनेमा जोड दिएका थिए। बीपीले राजनीतिक परिवर्तनका साथै समृद्धिको मार्गचित्र कोरेको बताउँदै उल्लेख गरेका थिए, ‘सबै नेपालीको एउटा घर होस्, घरमा एउटा दुहुनो गाई होस्, सबै नेपालीको एक हल जोतको जमिन होस्, सबैका छोराछोरीले स्कुल पढ्न पाऊन्, बिरामी हुँदा सबैले औषधी गर्न सकून् भन्नुभएको थियो। त्योबेलाको आर्थिक क्षमताअनुसार अधिकतम परिकल्पना हो।’

Ncell 2
Ncell 2
nimb
nimb

बीपीलाई यसरी सन्दर्भमा ल्याइरहने विश्वप्रकाशले यसपल्ट भने बीपीलाई पार्टीको महाधिवेशनका लागि समेत जोडतोडले उठाउने संकेत दिएका छन्। उनको भनाइ छ, ‘अबको महाधिवेशनमा को, के बन्ने? प्रश्न यो मात्रै होइन, वीपी संस्कारको जगमा बदल्नु छ, देश र कांग्रेस।’

महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि शर्माले सार्वजनिक गरेको भिडियो प्रचार सामग्रीमा पनि पूर्ण रुपमा बीपी प्रभाव भेटिन्छ। भिडियोमा उनले बीपीको यो भनाइ समेटेका छन्, ‘म १५ वर्षमा हरेक नेपालीलाई आफूजस्तै बनाउन चाहन्छु। १५ वर्ष शासन गर्ने अवसर पाएँ भने मसँग सुस्पष्ट सपना जे छ त्यसलाई पूरा गर्न चाहन्छु। नेपाल देशले तब समृद्धिको एउटा उचाइ हासिल गर्न सक्नेछ।’

बीपी कोइरालाको सपना र अहिले युवाको सपना एकाकार गरेर समयसापेक्ष सपना निर्माण गर्नुपने बेला भएको बताउने उनले नयाँ प्रश्न आइसकेपछि नयाँ उत्तर खोज्न जरुरी भएको बताएका छन्। बीपीलाई सन्दर्भमा लिएर अघि बढ्ने कुरालाई हेर्नुपर्ने दृष्टिबारे उनको स्पष्टोक्ति छ, ‘हामी सबैले बीपीको विचार भन्छौं। जीवन्त व्याख्या गर्छौं। बीपीको नाम सवैले लिन्छन्। सवैको चुनाव प्रचार सामग्री, ब्यानरमा बीपीको फोटो हुन्छ। बीपीको सवैभन्दा बढी व्याख्या गरेर जानु जरुरी लागेर हो।’

भौतिक रुपमा सामिप्यता नभएपनि बीपी विचारको सन्दर्भमा नजिकबाट गहिरिएर विश्लेषण र सम्भव भएसम्म आत्मसाथ गर्ने गरेको उनले बताउँदै आएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अवधारणा पत्रमा बीपी प्रभाव
नेपाली राजनीतिमा बीपी विचारका हिसाबले प्रख्यात छन्। बीपीकै विचारको जगमा उभिएर नेपाली कांग्रेस देशको ठूलो र प्रमुख दलमध्ये एक हुन सकेको छ। त्यसपछि कांग्रेसको नेतृत्व गरेका नेताहरुले आफ्नो समयमा ‘विशिष्ट’ योगदान गरेपनि विचारको खडेरी छ। नेताहरु अजेन्डाविहीन हुन थालेको आरोप कांग्रेसले खेप्न थालेको लामो समय भयो। शर्माले यही सन्दर्भमा दोहोर्‍याइरहने एउटा वाक्य छ, ‘कलिलो एजसँग मलिलो अजेन्डा हुन सक्छ।’

संविधान दिवसका अवसरमा झापा, बिर्तामोडको कार्यक्रम मार्फत् उनले कांग्रेसमा महामन्त्रीको प्रतिस्पर्धा मात्रै होइन, विचारकको ‘रिक्त स्थान’ पूर्ति गर्न समेत तयार रहेको संकेत गरेका छन्। ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ शिर्षकमा उनले अगाडि सारेको अवधारण पत्रमा २४ बुँदा समेटिएका छन् (यी २४ बुँदाको सम्बन्ध बीपीको जन्मजयन्ती, भदौ २४ सँग पनि छ)।

उनले महाधिवेशनलाई केन्द्रमा राखेर सार्वजनिक गर्न लागेका चार विषयमध्ये यो एउटा हो। दलको महाधिवेशनमा नीति भन्दा नेतृत्वको चर्चा हुने गरेको अवस्थालाई चिर्न आफू अघि बढेको उनी बताउँछन्। उक्त अवधारणा पत्रको भूमिकामा उनले बीपीलाई यसरी जोडेका छन्, ‘इतिहासको एउटा कालखण्डमा बीपीले देशका लागि देख्नुभएको सपनालाई एक्काईसौ शताब्दीको नेपाली युवाको आजको सपनासँग एकाकार गरेर ‘समय सापेक्ष सपना’साथ नेपाली कांग्रेस अघि बढ्नु छ।’

अवधारणा पत्रको बुँदा नं ११ मा रहेको ‘मेरो पुस्तालाई प्रस्ताव वान, टु, थ्री, फोर’ले धेरैको ध्यान आकृष्ट गरेको छ। जहाँ उनले उल्लेख गरेका छन्, ‘शासकीय प्रणालीको बहसलाई ‘शासन संस्कार पद्धति’तर्फ मोडौं। जस्तै, अब एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ। यसलाई व्यवहारमा अनुसरण गर्न संभव हुँदा त्यसले नेतृत्वमा आगमन र बहिर्गमनको भिन्न प्रणाली र प्रवृत्ति निर्माण हुनेछ भने परिणाम रचनात्मक हासिल हुनेछ।’

यो विचारको मुहान पनि बीपी नै भएको उनको स्वीकारोक्ति छ। ‘२०३६ सालको जनमत संग्रहमा थारुको छोरो (कृष्णनारायण चौधरी)लाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको थियो। बीपीमा पदका प्रति आशक्ति थिएन।’

साझा मुद्दामा मेलमिलाप नीति र सहिष्णुता 
राजनीतिमा परिवर्तनका लागि खुला संवाद, बहस र अभ्यास गर्ने प्रस्ताव उनले गरेको छन्। ‘हाम्रो राजनीतिको छबिप्रति उब्जिएको प्रश्न र विकर्षणलाई सुत्रबद्ध गर्दै तिनको समयोचित हल साझा ढंगले पहिल्याऔं,’ उनले भूमिकामा उल्लेख गरेका छन्। 

तत्कालीन राजासँग संघर्ष गरिरहेका कोइरालाले मेलमिलाप नीतिपछि गरेको सम्बोधनमा भनेका थिए, ‘हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा  बनाउन सफल हुन थालेका छन्। राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान  र कार्यले मात्र  स्थापित हुन्छ। यस्तो सामूहिक अभियानले नेपाली जनताको  भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ।’

अन्य कुरामा मतभिन्नता भएपनि राष्ट्रियताका सवालमा एक हुनुपर्ने उक्त नीतिको प्रतिछायाँ अवधारणा पत्रको पाचौं नम्बरमा देखिन्छ। त्यहाँ उनले साझा विषयको पहिचान र साझा दृष्टिकोण निर्माणले हाम्रो राजनीतिलाई जिम्मेवारपूर्ण र विश्वसनीय बनाउने बताउँदै भनेका छन्, ‘दलगत आग्रह भन्दा माथि उठेर साझा राष्ट्रिय दृष्टि निर्माण गर्नुपर्ने विषय निम्न हुन् भन्ने मेरो ठहर छ।’

ती विषयमा उनले परराष्ट्रनीतिलाई अगाडि सारेका छन् जसलाई साझा र जिम्मेवार दृष्टिको प्रश्नका रुपमा उल्लेख गरेका छन्। नीतिगत सुनिश्चितता देशको समृद्धिका लागि अनिवार्य आवश्यकता भएको बताएका छन्। पार्र्टी र सरकारबीचको सम्बन्धको जटिलतालाई तार्किक व्यवस्थापन, जातिय विभेद या घरेलु हिंसा या कुनै पनि प्रकृतिका सामाजिक विसंगतीका घटनामा दोषी प्रमाणित व्यक्तिलाई समाज रुपान्तरणको राजनीतिक आन्दोलनबाट विदाई गर्ने विषयलाई हरेक राजनीतिक दलको साझा दायित्वको रुपमा अंगिकार गरिनुपर्ने उनको दृष्टिकोण छ। सामाजिक न्यायको विषयलाई राजनीतिक होइन मानवीय कोणबाट सम्बोधन गर्नुपर्ने र संसदीय निर्वाचनको अभियान खर्चिलो र कामचलाउ पारदर्र्शी मात्र भएको यथार्थलाई आत्मचिन्तन गर्दै मितव्ययी नीति र विधिको निर्माणले राजनीतिमा बढ्दो विकृतिलाई नियन्त्रण गर्न सवै दलको साझा दृष्टिकोण जरुरी भएको उनले उल्लेख गरेका छन्। 

गएको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार राम काकीसँग पराजित भएका थिए शर्मा। तर, उनले चुनाव हारेपछि प्रकट हुने रोषलाई लुकाएर हार्दिकता प्रस्तुत गरे। ‘आफ्नै बारीको फूल टिपेर हातले बनाएको’ माला पहिर्‍याएर बधाइ दिए। त्यो उनको स्वभाव हो। उनले त्यो समय आफूले विद्यार्थीकालमै यो संस्कार अंगिकार गरेको सञ्चारकर्मीले लिएको प्रतिक्रियामा बताएका थिए। 

उनले अवधारणाको बुँदा नम्बर ६ मा भनेका छन्, ‘सहिष्णुताको प्रश्न व्यक्तिको लोकतान्त्रिक चरित्र परिक्षण गर्ने एक विधि हो। टेलिभिजनमा समाचार हेरिरहेका आमाबाबाको छेउमा रहेका साना बालबालिकाले हामी राजनीतिकर्मीका कतिपय अभिव्यक्तिबाट के सिकिरहेका होलान्? उनीहरुले त्यसलाई आदर्शको रुपमा लिएका होलान्? आत्ममनन गरौ। सहिष्णुता लोकतन्त्रको प्रमुख शर्त हो, त्यो छैन त बुझौं, म भित्र र हामी भित्र लोकतान्त्रिक संस्कार छैन।’

महाधिवेशनका सन्दर्भमा पनि विश्वप्रकाश अर्थात् यी ‘बीपी’ले ती बीपीलाई पछ्याइरहँदा शंकालु दृष्टिकोण पनि निर्माण हुनु स्वाभाविक हो– बीपीको नाममा सहानुभूति खोज्दै त छैनन्? उनको स्पष्ट उत्तर छ, ‘बीपी कोइराला नगाँसी आओस् न कोही? सभापति उठ्ने पनि थोमस हब्र्सको दर्शनलाई केन्द्रमा राखेर उठ्दैन। त्यसैले बीपीको दर्शनलाई अहिलेको समयसँग गाँसेर एडभोकेसी गर्छौं भने त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ। यो मेरै दर्शन भनेको होइन। मुहान भनेको बीपी कोइराला हो। सबै जाने बीपीको समय सापेक्ष व्याख्यामा हो।’

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्