बैतडी– सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका बैतडीका युवकको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशीको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।
जोशीको काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।
जोशीले चलाइरहेको भे ७ प ४३४५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ ज ६३४ नम्बर को जीप गएको बुधबार दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ बेडौतीमा एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा परी गम्भीर घाइते भएका जोशीलाई सोही दिन विमान चार्टर्ड गरी नेपालगञ्ज रेफर गरिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा शनिबार काठमाडौं रेफर गरिएको थियो।
सोही दुर्घटनामा परी जोशीसँगै मोटरसाइकलमा सवार ७३ वर्षीय अन्तराम पन्त र जीप चालक पाटन– १ का ज्ञानेन्द्र भट्टराई घाइते भएका थिए। उनीहरु दुवै जना उपचारपछि निको भइसकेका छन्।
जीपमा सवार सोही जीपका साहु ३४ प्रदीप सिंह सिनाल भने सकुशल छन्। जोशीको मृत्यु भएपश्चात जिप चालक भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साँघुरो सडकमा द्रुत गतिमा सवारी हाँक्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।