काठमाडौं- गायक सुमन केसी तथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘यस्तो माया गरौं’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गीतकार कृष्णहरि बरालको शब्दमा रहेको गीत सोमबार सार्वजनिक भएको हो।
गायक केसीकै संगीत रहेको गीतमा प्रेमि–प्रेमिकाले एकअर्कालाई माया गर्ने तरिका सिकाइरहेका छन्। विषम आचार्यको एरेन्ज तथा सजन शाहको मिक्सिङ रहेको गीतमा सञ्जीव बराइलीले गितार तथा रन्त विकले बासुरीमा साथ दिएका छन्। गीतको रेडर्किङ कुशल थापाले सम्हालेका छन्।
उत्तम श्रेष्ठ (शिशिर)ले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा मोडल सन्तोष बानियाँ तथा पेरिशा कँडेलले अभिनय गरेका छन्। एलोन रेशमले सह–निर्देशन गरेको भिडियोको सिनेमेटोग्राफर ज्ञानेन्द्र शर्मा हुमागाईंले सम्हालेका छन्। भिडियो सम्पादन तथा रंग संयोजन अमृत चापागाईंले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।