काठमाडौं– गरिबीसम्बन्धी संयुक्त राष्ट्र संघका विशेष र्यापोटर ओलिभियर डी–स्कटर नेपाल आउने भएका छन्।
नेपाल सरकारको निमन्त्रणमा उनी आगामी मंसिर ६ गते (नोभेम्बर २२ मा) नेपाल आउन लागेका हुन्।
नेपालमा गरिबी विरुद्धको 'लडाइँ' र गरिबीको रेखामुखी रहेका मानिसहरुको मानव अधिकारको रक्षा गर्ने प्रयासहरुको 'मूल्याङ्कन'का लागि उनी नेपाल आउन लागेका हुन्।
उनी करिब ११ दिन (डिसेम्बर ३ सम्म) नेपालमा रहने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।