काठमाडौं– संविधान दिवसको अवसरमा सरकारले प्रदान गर्ने मानपदवीबाट यस वर्ष कला क्षेत्रका पनि विभिन्न व्यक्ति सम्मानित हुने भएका छन्। वरिष्ठ गीतकार कालीप्रसाद रिजाल, वरिष्ठ कलाबार गौरी मल्ललाई सुप्रबल जनसेवाश्रीबाट सम्मानित गरिएको छ। त्यस्तै, संगीतकार शम्भुजित बास्कोटालाई कीर्तिमानि राष्ट्रदीपबाट विभूषित गरिएको छ।
सरकारले लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, रमेश बुढाथोकी, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, दीपाश्री निरौलालगायतलाई प्रबल जनसेवाश्री चतुर्थबाट सम्मान गरिएको छ। त्यस्तै, सोही पदकबाट लोक गायक चन्द्रप्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान र संगीतकार कस्तुप पन्तलाई पनि विभूषित गरिएको छ।
त्यस्तै, जनसेवाश्री पदकबाट गायक हेमन्त शर्मा र प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, निर्देशक मिलन चाम्सलाई विभूषित गरिएको छ। नर्तक मशेक प्रकाश हाडा र तेरिया फैजा मगर, गायक नविन कुमार पौडयाल, कलाकार सुजल बम, कमल गाउँले, शिव रंकर रिजाल, राजकुमार राई र रञ्जु झालाई पनि जनसेवाश्री पदकबाट सम्मान गरिएको छ।
संविधान दिवसको अवसरमा देशका लागि विभिन्न क्षेत्रमार्फत योगदान दिएकाहरुलाई प्रदान गरिने पदकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई आज विभूषित गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।