काठमाडौं– संविधान दिवसका अवसरमा विभिन्न कलाकारहरुले समेत मानपदवी, अलंकार र पदक पाएका छन्।यो वर्ष पदक पाउने कलाकारको सूचीमा गायिका विष्णु माझीसमेत रहेकी छन्। गुमनाम जीवन बाँचिरहेकी माझीलाई प्रबल जनसेवाश्री पदवीबाट सम्मान गरिने भएको हो।
धेरै चर्चित गीत गाइसकेकी माझी हालसम्म सार्वजनिक रुपमा देखिएकी छैनन्। पछिल्लो समय तीज विशेष ‘चरी जेलैमा’ बोलको गीत चर्चित भएपछि उनको धेरै खोजी भएको छ।
माझीसहित सुप्रवल जनसेवाश्री पाउनेमा रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, चन्द्रराज शर्मा, कुलेन्द्र विश्वकर्मा, देविका प्रधान र नवल खड्का छन्।
यस्तै सुप्रवल जनसेवाश्री पदक गीतकार कालीप्रसाद रिजाल, भजन शिरोमणि गायक भक्तराज आचार्य र कलाकार गौरी मल्लले पाएका छन्।
नेपाली दोहोरी गायिका अमेरिकी नागरिक अन्ना स्टीर, निर्देशक मिलन चाम्स, गायक नवीनकुमार पौड्याल, कलाकार सुजल बम, शिवशंकर रिजाल, राजकुमार राई, राधिका हमाल, रन्जु झासहितले जनसेवाश्री पदक पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।