कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसवासामा यात्रु बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
रुकुमबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घटनामा परेको हो।
बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले जानकारी दिए।
दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। अन्य पाँच जनालाई भने थप उपचारका लागि बुटवल लगिएको छ।
तीव्र गतिमा रहेको सो बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।