काठमाडौं- ९ वर्षदेखि रिसोर्ट र र्याफ्टिङ व्यवसाय गरिरहेको 'रिभर फन बिच' रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरि निर्माण गरिरहेको जिपलाइनको सत्तरी प्रतिशत काम सम्पन्न भएको छ।
'५ सय मिटर लामो जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदी माथि पर्ने कारण झनै सहासिक र रोमान्चक हुनेछ' रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारी थप्छन्, 'अधिकांश भाग नदी माथी पर्ने यो जिपलाइन विश्वकै नमूना हुनेछ।'
१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने हुनेछ। जिपलाइन युरोपियन स्ट्यान्डर्डसहित भारतीय कम्पनीको प्राबिधिक सहयोगमा निर्माण भैरहेको अधिकारी बताउँछन्।
जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए।
८५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशुली नदी माथी निर्माण भैरहेको परियोजना डिजाइनर इन्जिनियर मुकेश अधिकरीले बताए।
मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ। जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा 'रिभर फन क्याफे' सन्चालन गर्ने तयारी रहेको छ।
कफि बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सन्चालन गरिने भएको छ।
आगामी अङ्ग्रेजी नयाँ वर्ष अगावै सञ्चालनमा लक्ष्य राखिएको जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न करिब ६ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।