• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

कहिले राखियो शहरका सार्वजनिक स्थानमा आधुनिक मूर्ति?

64x64
ज्ञानेन्द्र विवश शनिबार, असोज २, २०७८  १८:४६
1140x725
कृषि विकास बैंकको प्राङ्गणमा रहेको मूर्ति।

भृकुटीमण्डप उद्यानमा पस्ने जो–कसैले एउटा अनौठो मूर्ति देख्न सक्छ। ३५ फिट अग्लो ‘निर्माण’ शीर्षकको उक्त मूर्ति आजभन्दा ५५ वर्षअगाडि अर्थात् २०२३ सालमा स्थापना गरिएको हो। यसका मूर्तिकार हुन्, ठाकुरप्रसाद मैनाली। यहीँबाट नेपाली मूर्तिकारका आधुनिक मूर्तिकलाले सार्वजनिक ठाउँमा स्थान पाउन प्रारम्भ भएको मैनाली बताउँछन्।

सो मूर्तिमा उनले गोरु जोत्न लागेको हली, शिक्षा, स्वास्थ्य, यातायात, सिँचाइका प्रतिनिधि पात्र र नरसिङ्गा बजाउने मान्छे तथा नेपालको राष्ट्रिय झन्डा अंकित गरेका छन्। मैनालीका अनुसार सिमेन्ट, रडलगायतका सामग्री प्रयोग गरेर बनाइएका ती आकृति यथार्थपरक नभए पनि नेपालीपनको झलक दिन्छन्।

तर, परम्परागत मूर्ति भने राणाकालमै सार्वजनिक स्थानमा मूर्ति राखिएको उदाहरण पाइन्छ। १८८३ सालमा उद्घाटन गरिएको नयाँसडक–महांकालस्थित ‘त्रिभुवन–चन्द्र मिलिटरी अस्पताल’ को धुरीमा सैनिक स्मारक मूर्ति राखियो। उक्त मूर्ति नेपाली मूर्तिकार रत्नबहादुर तुलाधरले बनाएका हुन्। सार्वजनिक स्थानमा राखिएको प्रारम्भिक मूर्ति त्यसैलाई मान्नुपर्ने अर्का मूर्तिकार ओम खत्री बताउँछन्।

ज्ञानेन्द्र विवश

खत्रीका अनुसार उक्त मूर्ति प्रथम विश्वयुद्धमा नेपाली वीर सैनिकहरूले बेलायतका तर्फबाट युद्ध लडेको सम्मान र स्मृतिमा स्थापना गरिएको हो। यही सम्मान स्वरूप २००२ सालमा भारतीय मूर्तिकार रामकिंगर बैजलाई नेपालमै ल्याई चार वटा मूर्तिहरू बनाउन लगाएर सैनिक मञ्च टुँडिखेलमा पनि राखियो।

सो स्थानमा नेपाली मूर्तिकारहरू बाबुकाजी तुलाधर, बालकृष्ण तुलाधर र अमर चित्रकारले बनाएका धातु र सिमेन्टका ६ वटा सैनिकका मूर्ति २०२० सालमा राखियो। यसअघि टुँडिखेलका चार कुनामा राणा प्रधानमन्त्रीहरू चन्द्र शमशेर, धीर शमशेर, वीर शमशेर र जुद्ध शमशेरका मूर्ति तथा सैनिक मुख्यालयका दुई कुनामा राणा प्रधानमन्त्रीहरू जंगबहादुर राणा र रणोद्वीप सिंहका घोडचडी मूर्तिहरू राणाकालमै स्थापना गरिएका थिए। ती मूर्ति बेलायतमा बनाएर ल्याइएका हुन्। त्यस्तै राणाकालीन समयमा विभिन्न मन्दिरका प्राङ्गणमा समेत राणाका पूर्ण र अर्धकद्का मूर्ति राखिएका छन्।

कृषि विकास बैैंकको मुख्य कार्यालयमा रहेको १० फिटको ‘बुद्धि र बलको योग’ शीर्षकको आधुनिक शैलीको मूर्ति २०३४ सालमा स्थापित गरियो। त्यो पनि मैनालीले बनाएका हुन्। राष्ट्रिय बीमा संस्थानमा १५ फिट अग्लो ‘कोरोनेशन’ शीर्षकको आधुनिक शैलीको मूर्ति २०३५ सालमा स्थापित गरियो। उक्त मूर्ति कलाकार प्रमिला गिरीले बनाएकी हुन्।

नेपालमा प्रमुख सहरका कार्यालयका प्राङ्गणमा मैनाली र गिरीद्वारा सिर्जित आधुनिक शैलीका स्मारकीय मूर्ति देख्न सकिन्छ। भृकुटीमण्डपभित्र रहेको मूर्तिकार मैनालीले बनाएको मूर्तिलाई आधुनिक नेपाली मूर्तिकलाको पहिलो उदाहरण हो। सो मूर्ति रचनामा आफूले नेपाली जनजीवनलाई झल्काउने प्रयास गरेको उनी बताउँछन्। प्रायः मूर्तिकलामा कलाकारको नाम उल्लेख गरिएको पाइँदैन। तर, सो मूर्तिमा भने मैनालीको नामसमेत अंकित छ।

मूर्तिकार ठाकुरप्रसाद मैनाली।

यहाँ आधुनिक शैलीका मूर्तिको सन्दर्भ छ। मैनालीका प्रसिद्ध मूर्तिकला उपत्यकादेखि अधिराज्यका प्रमुख सहरका चोक र कार्यालय प्राङ्गणमा स्थापित छन्। जस्तै, दूरसञ्चार विकास, कम्प्युटर मस्तिष्क, गौरीशंकर, प्रहरी स्मारक, ज्ञान र विज्ञानको संगम, विकासको गति, शिवशक्ति आदि सयौं आधुनिक शैलीका भव्य मूर्तिहरू सिर्जना र कलाको अद्वितीय उदाहरण बनेर देशका प्रमुख स्थानमा रहेका छन्। तिनले मूर्तिकारभित्रको सिर्जनात्मक क्षमतालाई अत्यन्त सफल रूपमा उतारेको पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा आधुनिक मूर्तिकलाका क्षेत्रमा ८७ वर्षीय ठाकुरप्रसाद मैनाली वरिष्ठ एवम् सुपरिचित मूर्तिकार हुन्। नेपाली कलाजगत्को संस्थागत विकासमा मैनालीको महत्वपूर्ण योगदान छ। कलाक्षेत्रमा उनको संलग्नता र सक्रियताले छ दशकभन्दा लामो फड्को मारिसकेको छ।

मूर्तिकार मैनालीका मूर्तिरचनाहरू आकृतिमूलक हुन्छन्, तथापि तिनलाई आधुनिक शैलीमा संयोजन गरिएका हुन्छन्। उनी प्रायः सिमेन्ट तथा धातु माध्यममा काम गर्न मन पराउँछन्। नेपालमा आधुनिक कलाका क्षेत्रमा वातावरणीय मूर्तिकला बनाउने आफू पहिलो मूर्तिकार भएको उनी बताउँछन्।

उनले भारतको बरोदा विश्वविद्यालयमा २०१२ देखि २०२० सालसम्म मूर्तिकला विषय अध्ययन गरेका थिए। नेपालमा आधुनिक मूर्तिकलाको सुरुआतका सम्बन्धमा उनी भन्छन्– ‘त्यसताका नेपालका सन्दर्भमा आधुनिक मूर्तिकला बिलकुल नयाँ धार थियो। हामीकहाँ परम्परागत शैलीमा मात्र काम गर्ने गरिन्थ्यो। मलाई लाग्छ, नेपाली मूर्ति विधामा आधुनिक शैलीलाई भित्र्याउने पहिलो मूर्तिकार म नै हुँ। मूर्ति रचनामा म बौद्धिकतालाई महत्व दिन्छु। कला रचना भनेको गम्भीर र कलात्मक हुनुपर्छ भन्ने मेरो धारणा छ।’

मूर्तिकार मैनाली मूर्ति रचनाका अतिरिक्त समाजसेवा तथा आध्यात्मिक क्रियाकलापमा पनि सक्रिय छन्। उनले लेखेको ‘भक्तिको ज्योति’ गीति एल्बम तथा ‘समर्पण’ शीर्षकको कविता संग्रह प्रकाशित छन्। २०६७ सालमा कलाकार मैनालीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको उपकुलपति पदको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनका अनुसार नेपाली कलाक्षेत्र अझै राम्रोसँग फस्टाउन सकेको छैन। उनी भन्छन्– ‘हामी कहाँ करोडौँ लगानी गरेर घर भवन बनाइन्छन्। तिनलाई सजाउनका लागि लाखौँ खर्च गरेर फर्निचर आदि किनिन्छन्। तर कलाकृति किनेर घरलाई सजाउनुपर्छ भन्ने चेत हामी नेपालीमा अझसम्म पनि छैन। राज्य र समाजबाट संरक्षण नपाएसम्म कलाक्षेत्र मौलाउन सक्दैन।’

कलाकार प्रमिला गिरी, आफूले बनाएको मूर्तिका साथ।

मैनालीपछि ७५ वर्षीय कलाकार प्रमिला गिरीका आधुनिक शैलीका मूर्तिहरू कार्यालय प्रांगणहरूमा स्थापना गर्न थालियो। कलाकार गिरी नेपाली कलाजगत्मा अग्रज एवम् स्थापित महिला सर्जकका रूपमा सुपरिचित हुन्। उनी पाँच दशकभन्दा अगाडिदेखि निरन्तर कलासिर्जनामा समर्पित छिन्। वस्तुतः उनी मूर्तिकार हुन्, तथापि चित्र विधामा पनि उनी उत्तिकै निपुण कलाकार हुन्।

गिरीद्वारा सिर्जित आधुनिक शैलीका स्मारक–मूर्तिहरू विभिन्न सरकारी कार्यालय तथा संस्थानका प्रांगणमा शोभायमान भएर रहेका छन्। उनका मूर्तिहरू धातु, रेजिन, सिमेन्ट तथा मिश्रित माध्यममा बनाइएको पाइन्छ। चित्र रचनामा उनी तेलरङ र एक्रिलिक रङ प्रयोग गर्न मन पराउँछिन्।

उनले बनाएका मूर्तिहरू राष्ट्रिय बीमा संस्थान, नेपाल वायु सेवा निगम, नेपाल औद्योगिक विकास निगम, पाठ्यक्रम विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, भृकुटीमण्डप, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय क्षयरोग केन्द्र, लहान अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आदिमा देख्न सकिन्छ। उनले कृषि विकास बैंक, कृषि अनुसन्धान केन्द्र, नेपाल टेलिकम आदि कार्यालयको भवनमा ‘म्युरल’ पनि बनाएकी छन्।

उनका कतिपय सिर्जनामा चित्र र मूर्तिलाई एकीकृत गरी प्रस्तुत गरिएका हुन्छन्। २०३९ सालमा राष्ट्रिय सभागृहको प्रदर्शन कक्षमा भएको उनको एकल कलाप्रदर्शनीमा यस्तै कलाकृति राखिएका थिए। यसअघि २०३४ सालमा नयाँसडकस्थित अमेरिकन लाइब्रेरीमा भएको प्रदर्शनीमा रेजिनबाट निर्मित आधुनिक शैलीका मूर्ति राखिएका थिए।
माध्यम र प्रयोगका दृष्टिले उनका ती मूर्ति नेपाली कलाक्षेत्रका लागि सर्वथा नौला थिए। २०७३ सालमा उनले ‘स्कल्पचर एन्ड लाइङ’, ‘तिब्बत’, पेन्टिङ्स’, ‘भैरव’, ‘बर्ड्स’ शृङ्खलाका कलाकृतिहरू प्रदर्शन गरेकी थिइन्।

प्रमिला गिरी भन्छिन्– ‘वास्तवमा मेरा रचनाहरू एब्स्ट्राक्ट हुन्। तिनको उद्देश्य सौन्दर्यको अनुभूतिलाई जागृत गर्दै दर्शकलाई एकछिन घोत्लिन लगाउनु हो। ती कलाकृतिमा नेपाली संस्कृति, परम्परा तथा धर्मदर्शनप्रति मेरो अनुराग प्रतिविम्बित भएका छन्। पौराणिक भैरवमा आधारित मेरा चित्रहरू परम्परागत स्वरूपदेखि सर्वथा भिन्न छन्। तिनमा मेरो उद्देश्य प्राकृतिक स्वरूप र आकृतिलाई अंकन गर्नु नभई अदृश्य एवम् अलौकिक पक्षहरूलाई उजागर गर्नु हो। यस अर्थले मेरा कामहरू बढी विम्बात्मक, प्रतिनिधिमूलक तथा प्रतीकात्मक छन्।’

कलाकार गिरीका केही प्रमुख मूर्ति रचनाहरू– ‘दि थर्ड आई’, ‘मेडिटेसन’, ‘गणेश, ‘मण्डला’, ‘प्रकृति’, ‘क्रियसन’, ‘स्काइ एन्ड अर्थ’, ‘लभबर्ड’, ‘भैरव’, ‘इमेज अफ भैरव’, ‘तिब्बत’ आदि हुन्। २०२५ सालको राष्ट्रिय कलाप्रदर्शनीमा उनले पहिलो पुरस्कार पाएकी थिइन्।

आज नेपालका मूर्तिकारहरू ओम खत्री, लक्ष्मण भुजेल, गंगाधर सारु, राजु पिथाकोटेलगायतका आधुनिक शैलीका मूर्तिहरूले विदेशका भूमिमा समेत ख्याति कमाएका छन्।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ज्ञानेन्द्र विवश
लेखकबाट थप
एउटा चित्रकारको खोज : काठमाडौंका मन्दिरमा २०० अवस्थितिका गणेश
बिरानो बनाइन थालेका बाङ्देल : किन बिर्सन मिल्दैन लैनसिंहलाई?
चित्रकलामा पनि अब्बल थिए रमेश विकल र चित्तधर हृदय
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्