• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

‘भुइँफुट्टा कम्युनिष्ट’को कविता–यात्रा

64x64
डा. अमर गिरी शनिबार, असोज २, २०७८  १०:२७
1140x725

जीवनका ६१ वर्ष बितेका छन्। साहित्य सिर्जनामा लागेको पनि चार दशकभन्दा बढी भएको छ। गत भदौ २७ गते मैले ६२औँ जन्मदिन मनाएँ। ६ दशकभन्दा लामो जीवनमा सम्झनुपर्ने घटना धेरै छन्। मलाई भने मेरो कविता लेखनको सुरुका वर्षहरुको सम्झना धेरै हुन्छ। 

मेरो साहित्यिक यात्राको थालनी कविताबाट भएको थियो। पछि मात्र साहित्यका अन्य विधामा कलम चलाउन थालेको हुँ। कविता लेख्न विद्यालय र घरबाट प्रेरित भएको थिएँ। घरमा आमाले लोककथा र गीतहरु सुनाउनुहुन्थ्यो। विद्यालयमा नियमित जस्तो साहित्यिक कार्यक्रम हुन्थे। कार्यक्रममा गीत, कविता आदि सुनाइन्थ्यो। यी सबैको प्रभाव ममा पर्‍यो। मैले कविता लेख्न थालेँ। 

सात कक्षामा पढ्ने बेला ‘हो चि मिन्ह जस्तो हुनुपरेको छ’ शीर्षकमा कविता लेखेर भित्तेपाटीमा टाँसेँ। विद्याथीहरुले आफ्ना रचना अरु विद्यार्थीमाझ सजिलोसँग पुर्‍याउन सकून भनेर विद्यालयले भित्तेपाटीको व्यवस्था गरेको थियो। कविता सार्वजनिक भएपछि धेरैले स्याबासी दिए। यसले मेरो हौसला बढ्यो। कतिले यो विषयमा कविता लेख्नुको कारण पनि सोधे। मेरो उमेर र स्तरसँग कविता मिल्दैन भनेर टिप्पणी पनि गरियो। तर, कविता मैले नै लेखेको थिएँ, कसैले लेखिदिएको थिएन। घरमा मात्र होइन मेरो गाउँमै कविता लेख्ने कोही थिएनन्।

मेरा पिताजी मलाई ‘भुइँफुट्टा कम्युनिष्ट’ भन्नुहुन्थ्यो। ५/६ कक्षामा पढ्ने बेलादेखि नै ममा कम्युनिष्टहरुको प्रभाव पर्‍यो। गाउँ र विद्यालयको वातावरण नै त्यस्तो थियो। ७ कक्षामा पढ्दा हो चि मिन्हसम्बन्धी सानो पुस्तिका पढ्न पाएँ। ममा त्यसको गहिरो प्रभाव पर्‍यो। त्यो पुस्तक मेरा गुरु विष्णु पाख्रेलले दिनुभएको थियो। उहाँ त्यही विद्यालयका शिक्षक हुनुहुन्थ्यो। पुस्तकको प्रभावलाई मैले कवितामा व्यक्त गरेको थिएँ। त्यसपछि बेलाबखत कविता लेख्न थालियो। कहिलेकाहीँ एकै दिन दुई तीन वटासम्म लेखिन्थ्यो। 

ममा कविताको जादूमय प्रभाव परेका कारण मेरो पढाइ कमजोर हुन थाल्यो। तर, कविता लेख्न छोड्न सकिनँ। एकातिर टेस्ट परीक्षा पास गरेर एसएलसीको तयारी गर्नु थियो, अर्कोतिर कविता लेखनको विचित्र भोक थियो। कविता लेख्न बन्द गरेर पढाइमा एकाग्र हुन सकिनँ। यही अवस्थाकै बीचबाट टेस्ट परीक्षा उत्तीर्ण गरेँ। एसएलसी परीक्षाको तयारीको अन्तिमतिर कविता लेख्न त बन्द गरेँ, तर यसबाट जन्मिएको तनावबाट मुक्त हुन सकिनँ। मलाई कविताको गहिरो लत लागेको अनुभूति भयो। परीक्षा दिए पनि उत्तीर्ण भइनँ। उत्तीर्ण हुन अर्को वर्ष पर्खिनुपर्‍यो।

एसएलसी दिएपछि आफ्ना केही कविता र गीतलाई राम्रा अक्षरमा साफी गरेँ। बाहिर राम्रो गातो राखेर र सिलाएर पुस्तकको जस्तो रुप दिएँ। एक दर्जन रचनाहरु थिए, त्यसमा। दुई दर्जन जति प्रति बनाएर अग्रज र समकालीन मित्रहरुलाई बाडेँ। अग्रजहरुले धाप मार्दै अघि बढ्न प्रेरित गर्नुभयो। मित्रहरुबाट हौसला प्राप्त भयो। २०३३ सालतिरको कुरा थियो, त्यो।

कविता लेखनका सुरुका वर्षहरुमै नेत्रलाल माड्साबसँग भेट भयो। नेत्रलाल पौडेल ‘अभागी’लाई हामी ‘माड्साब’ भनेर सम्बोधन गर्थ्यौं। उहाँ भूमिगत हुनुहुन्थ्यो। कम्युनिष्ट पार्टीको नेताका साथै साहित्यकार पनि हुनुहुन्थ्यो। उहाँले मेरा कविता सुन्नुभयो र ‘आमा’ शीर्षकको कविता छाप्नका लागि माग्नुभयो। यो २०३३ सालको कुरा थियो। कविता त्यही साल ‘सन्देश’ पत्रिकामा छापियो। पत्रिका वनारसबाट प्रकाशित हुन्थ्यो। त्यहाँ अधययनरत् दङ्गाली विद्यार्थीहरुले त्यसको प्रकाशन गर्थे। यस पत्रिकाको निकै नाम थियो।

कविता प्रकाशित भएपछि ममा खुसीको सीमा नै रहेन। यो खुसी मेरा निम्ति शब्दातीत थियो। त्यसबेलाको भावदशालाई अहिले पनि म शब्दमा व्यक्त गर्न सक्दिनँ। सायद पहिलोपटक रचना छापिने अरुलाई पनि यस्तो अनुभूति हुन्छ होला। महिना दिन जति पत्रिका सिरानीमा राखेर सुतेँ हुँला। दर्जनौँ पटक कविता पढे हुँला। अग्लो पहाडको शिखर टेकेको अनुभव भयो, मलाई। यस्तो अनुभव दाङबाट प्रकाशित हुने ‘युगबोध’मा पहिलो पटक रचना छापिएपछि पनि भएको थियो। समाचारपत्र भए पनि त्यसमा प्रत्येक शनिबार साहित्यसम्बन्धी विभिन्न सामग्री छापिन्थे। त्यस पत्रिकामा मेरो पहिलो रचना २०३५ सालमा छापिएको थियो। कविताको शीर्षक के थियो, सम्झना छैन। कविता आलि अमूर्त जस्तो थियो।

Ncell 2
Ncell 2
nimb
nimb

भूपी शेरचनका कवितासँग माध्यमिक तह पढ्दा परिचय भएको थियो। राष्ट्रिय विकास सेवा अन्तर्गत अध्यापनका निम्ति आउनुभएका श्यामकृष्ण श्रेष्ठले पहिलो पटक मलाई भूपीको ‘मेरो चोक’ कविता सुनाउनुभएको थियो। कविता उहाँलाई मुखाग्र थियो। उहाँबाटै नकुलकाजीका कविता पनि सुनेको थिएँ। केही समयपछि विद्यालयले पुस्तकालयका निम्ति केही पुस्तकहरु किन्यो। यसमा भूपीको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पनि थियो। भूपीका कविताले निकै प्रभावित गरे। त्यसबेलाको प्रभाव अहिलेसम्म पनि छँदैछ। 

नकुलकाजीका कविता पढ्न पाइनँ। कविताको स्तरीयताबारे त्यतिबेला म धेरै जान्दिनथेँ। भूपीका कवितामा पाइने सरलता, सरसता, अनुप्रासमयता र व्यङ्ग्यात्मकताले मलाई छोएका थिए। अरु कविका कविता पनि पढियो। गोपालप्रसाद रिमालका कविताले पनि निकै प्रभावित गरे। लक्ष्मीप्रसाद देवकोटा र लेखनाथ पौड्यालका कविता पाठ्यपुस्तकमै थिए। उनीहरुका अरु कविता पनि पढियो। सानो पुस्तकालय थियो, विद्यालयको। दश बाह्र दर्जन पुस्तकहरु हुँदा हुन् जस्तो लाग्छ। त्यसमा भए जति कविताका पुस्तक पढेर सकेको थिएँ मैले। कति बुझेँ, कति ग्रहण गरेँ भन्न सक्दिनँ, तर यसले अध्ययनको भोग जगायो। यो भोक अहिले पनि जीवितै छ। कविताका पुस्तकहरुको अध्ययनसँगै कवितामा अझ बढी डुब्न थालेँ।

एसएलसी पास गरेपछि क्याम्पस पढ्न थालियो। त्योभन्दा पहिल्यै मैले साहित्यकार, पत्रकार नारायण गुरु (नारायणप्रसाद शर्मा) लाई दुईचार पटक भेटिसकेको थिएँ। युगबोधमा केही कविता प्रकाशित भइसकेका थिए। नारायण गुरुको साहित्यकारका रुपमा दाङमा ठूलो नाम थियो। उहाँसँगको भेटले पनि मलाई कविता सिर्जनामा प्रशस्त उर्जा र प्रेरणा दिएको छ। क्याम्पसमा भर्ना भएपछि साहित्यिक गोष्ठीहरुमा भाग लिइयो। कविता र कथा प्रतियोगितामा प्रथम भएँ। साहित्यिक यात्रामा सक्रिय रहन यसले अझ प्रेरित गर्‍यो। साथीभाइ र अरुका माझ साहित्यकारको परिचय बन्न थाल्यो।

पत्रिकामा बेलाबखत छापिने कविता पढेर प्रतिक्रिया आउन थाले। दाङका सुपरिचित साहित्यकार एवं मेरा गुरु गिरिराज शर्माले मेरा कविता पढेर दिएको प्रतिक्रियाले कविता सिर्जनाको प्रथम चरणमा मलाई अझ प्रोत्साहित गरे। क्याम्पस प्रवेश गरेको केही महिनापछि क्याम्पसलाई आन्दोलनले छोयो। २०३५ सालबाट राजधानीमा सुरु भएको विद्यार्थी आन्दोलनमा दाङ अलिपछि जोडिएको थियो। आन्दोलनमा लागेपछि जेल परेँ। ६ महिना जति जेलमा बसेँ। जेलमा कृष्ण सेनसँग भेट भयो। त्यो भेट विद्यार्थी आन्दोलनले गराएको थियो।

Xtrem

Xtrem

उहाँ कोइलाबासमा साल्ट ट्रेडिङमा जागिर खनुहुन्थ्यो, तर आन्दोलनमा सक्रिय भएर लाग्नुभएको थियो। जेलबाट मुक्त भएपछि उहाँले जागिर छोड्नुभयो। अध्ययनका निम्ति क्याम्पस भर्ना हुनुभयो। हामी पुनः सँगसँगै भयौँ। उहाँ पनि कविता लेख्नुहुन्थ्यो। उहाँका कविता मैले युगबोधमा पढेको थिएँ। उहाँ र मेराबीचमा दुईचार पटक पत्राचार पनि भएको थियो। हामी एक–अर्काका रचनाबाट प्रभावित थियौँ। जेल बसाइले हाम्रो मित्रतालाई गहिरो र आत्मीय बनायो।

क्याम्पसमा सँगसँगै भएपछि हामीले एक–अर्कालाई रचना सुनाउन छलफल गर्न थाल्यौँ। छलफलले कवितालाई माझ्न र अध्ययनलाई अझ गहिरो र फराकिलो बनाउन सघायो। हामी एक–अर्काका कविताबारेमा खुलेर टिप्पणी गर्थ्यौ‌ं। यसले हाम्राबीचमा कटुता कहिल्यै ल्याएन। यो क्रम उहाँ र मेराबीचमा लामै समयसम्म चल्यो। उहाँसँग जसरी एक–अर्काका कविताबारे खुलेर छलफल आजसम्म अरुसँग गरेको छैन। मित्रहरुसँग पनि एक–अर्काका रचनाबारे खुलेर चर्चा गर्न हिच्किचाउँछु। सम्बन्ध नै बिग्रने हो कि भन्ने डर लाग्छ।

साहित्यिक क्षेत्रमा राजनीतिक क्षेत्रमा जस्तै अनेकौँ विकृति र विसङ्गतिहरु छन्। आग्रह, पूर्वाग्रह, संकीर्णता, अहंकार, गुट, उपगुट आदिले यसलाई पनि डरलाग्दो गरी गाँजेको छ। यस्तो वातावरणमा साँचो समीक्षा दुर्लभ हुन्छ। या त निन्दा हुन्छ या प्रशंसा, या त महत्व नै दिइन्न या शिरमै बोकेर हिँडिन्छ। यो अँध्यारो पक्ष हो, आजको।

साहित्यिक क्षेत्रमा राजनीतिक क्षेत्रमा जस्तै अनेकौँ विकृति र विसङ्गतिहरु छन्। आग्रह, पूर्वाग्रह, संकीर्णता, अहंकार, गुट, उपगुट आदिले यसलाई पनि डरलाग्दो गरी गाँजेको छ। यस्तो वातावरणमा साँचो समीक्षा दुर्लभ हुन्छ। या त निन्दा हुन्छ या प्रशंसा, या त महत्व नै दिइन्न या शिरमै बोकेर हिँडिन्छ। यो अँध्यारो पक्ष हो, आजको।

कविता लेख्न थालेको पाँच सात वर्षमै पारिजातसँग भेट भएको थियो। उहाँलाई म्हेपीमा भेटेको थिएँ। २०३६ सालमा उहाँसँग पहिलो भेट भएको थियो। म विद्यार्थी नेता थिएँ। काठमाडौँ आउजाउ भइरहन्थ्यो। मेरो कविता लेखनमा उहाँको पनि गहिरो प्रभाव र प्रेरणा छ।

‘वेदना’मा ‘कालापार धाउने जिन्दगीहरु’ कविता छापिएपछि उहाँको आँखा ममाथि परेको थियो। केही वर्षपछि ‘उत्साह’लाई दिनुभएको अन्तर्वार्तामा मनपर्ने कविका रुपमा मेरो पनि नाम लिनुभयो। म त्यसका निम्ति योग्य थिएँ कि थिइनँ भन्न सक्दिनँ, तर यो मेरा निम्ति ठूलो कुरा थियो। भेट हुँदा राम्रो लेख्नका निम्ति सधैँ प्रेरित गनुहुन्थ्यो। पछिल्लो पुस्तालाई उहाँ निकै माया गर्नुहुन्थ्यो। यसरी प्रेरित गर्ने अग्रजहरु आफ्नो साहित्यिक यात्रामा मैले निकै कम पाएको छु। उहाँको यस गुणको अहिले पनि बेलाबखत सम्झना हुन्छ। उहाँका कृतिहरुबाट प्रभावित म उहाँको यस गुणबाट पनि धेरै प्रभावित थिएँ। काठमाडौँ गएको बेला उहाँलाई म जसरी पनि भेट्थेँ। यो क्रम पछिसम्मै चल्यो। यात्रामा प्रेरणा र हौसलाको कति महत्व हुन्छ भन्ने कुराको बोध दिनहरु बित्दै जाँदा अझ बढी हुँदोरहेछ। फर्केर हेर्दा जीवनयात्रामा यसले सञ्जीवनीको काम गरेको पाउँछु।

आज पनि कविताले खान लाउन दिँदैन भनिन्छ। समग्र साहित्यबारे नै यही धारणा छ। आजभन्दा ४०/४५ वर्षअघि यसबारेमा कस्तो धारणा हुँदो हो, हामी अनुमान गर्न सक्छौँ। मेरा पिताजीलाई पनि यस्तै लाग्थ्यो। उहाँ कतै छोरो बिग्रने त होइन भनेर डराउनुहुन्थ्यो। यस्तै चिन्ता आमालाई पनि थियो। एकातिर विद्यार्थी राजनीति, अर्कातिर रक्सीको जस्तै कविताको लत, आफैँलाई पनि कतै बर्बाद त भइने होइन भनेर डर लाग्थ्यो। आफन्तहरुले यो त सकिने भयो भनेर गर्ने टिप्पणीले अझ चित्त दुख्थ्यो। म जेल परेको बेला मेराबारे गरिएको टिप्पणी सुनेर आमाले निकै चित्त दुखाउनुभएको थियो भन्ने कुरा धेरै पछि मात्र मैले थाहा पाएको थिएँ।

घरको आर्थिक स्थिति कमजोर थियो। आमा रोगी हुनुहुन्थ्यो। स्थितिले ‘पढाइ चाँडै सक् र खुरुखुरु जागिर खा’ भन्थ्यो। तर, मेरो धुन बेग्लै थियो। म साहित्यकार बन्न चाहन्थेँ। लेखेर र राजनीतिमा लागेर समाज बदल्न चाहन्थेँ। परिवारको चाहना पनि चाँडो पढाइ सकेर जागिर खाओस् भन्ने थियो। यो स्वाभाविक पनि थियो। तर, मेरा मातापिताले कहिल्यै मलाई दबाब दिनुभएन, आफूले चाहे अनुसार हिँडाउन खोज्नुभएन। आफ्नो इच्छाअनुसार गर्न म स्वतन्त्र थिएँ। 

आर्थिक स्थिति र मेरो चाहनाबीचमा भने बेलाबखत द्वन्द्व हुन्थ्यो। यस द्वन्द्वमा आजित भएरै म क्याम्पसमा पढ्दापढ्दै सडक विभागमा जागिर खान सुरु गरेको थिएँ। दैनिक ज्यालादारीको त्यो जागिर पनि धेरै दिन चलेन। दोस्रो पटक जेल परेपछि सकियो। 

२०३७ सालको पुछारतिर म दोस्रो पटक जेल परेको थिएँ। ६ महिना जति जेल बसेर छुटेपछि जागिरका निम्ति चौरजहारीतिर लागेँ। विद्यालयमा पढाउन थालेँ। यो जागिर पनि धेरै दिन चलेन। पुनः मलाई पक्राउ गर्ने आदेश प्रशासनले दियो। भागेर काठमाडौँ पुगेँ।

आर्थिक स्थितिकै कारण एसएलसी दिएपछि शिक्षा शाखा दाङमा मुखिया पदमा जागिर खान सुरु गरेको थिएँ, यो जागिर छोड्न नपरेको भए सायद मेरो जीवनको तस्बिर बेग्लै हुन्थ्यो। जागिर खान सुरु गरेको केही महिनामै छोडेँ। हाकिमको व्यवहार यसको कारण थियो। 

त्यहाँ मेरो काम टाइप गर्नु थियो। टाइपिष्ट मुखिया थिएँ। काम नभएको बेला कविता टाइप गर्थेँ। बेलाबखत कविता पनि लेख्थेँ। सायद, कसैले कुरा लगाइदिएछ, उनी मसँग पड्किए। पड्कन थालेपछि उनले के भन्ने, के नभन्ने भनेर ख्याल गर्दैनथे। मैले सहन सकिनँ। मेरो स्वाभिमानमा चोट लाग्यो। अनि जागिर छाडेँ। सायद यसका निम्ति युवा रगत पनि जिम्मेवार थियो। मैले जस्तै भनाइ बेलाबखत अरुले पनि खान्थे। म जस्तै अस्थायीहरु जगिरमै रहे र पछि स्थायी पनि बने। यो जागिर वास्तवमा कविताका कारण गएको थियो।

व्यापारी परिवारबाट मेरो बिहे भएको थियो। १६ वर्षको थिएँ। बिहे गर्ने उमेर भएको थिएन, तर नगरी पनि भएको थिएन। रोगी भएका कारण आमालाई खाना पकाउन गाह्रो थियो। घरमा अर्को कोही खाना पकाएर खान दिने मानिस थिएन। बहिनी र म विद्यालय जान्थ्यौँ। पिताजीलाई बाहिरको काम गर्दागर्दै ठिक्क हुन्थ्यो। आमा र पिताजीको बिहे गर्ने प्रस्तावलाई मैले अस्वीकार गर्न सकिनँ। भित्रभित्रै जति दुखे पनि बिहे गर्न राजी भएँ।

मेरी जीवनसाथी पनि १६ वर्षकै थिइन्। हामी एउटै महिना र गतेमा जन्मिएका हौँ। सानै उमेरमा पनि उनले राम्रोसँग बुहारीको भूमिका निर्वाह गरिन्। आमालाई धेरै सजिलो भयो। कमजोर आर्थिक अवस्थामा सुधार आओस् भनेर ससुरालीबाट व्यापार गर्न आग्रह गरियो। परिवार राजी भयो। मैले मान्नै पर्‍यो। रोल्पाको धैलाबाङमा व्यापार गर्न सुरु गरियो। तर, व्यापार धेरै वर्ष गर्न सकिएन। यसको कारण पनि म नै थिएँ। मलाई सधैँ अब म सकिने भएँ भन्ने लाग्थ्यो। त्यस बेलाको पीडा छटपटी र साहित्यको भोकलाई सम्झदा अहिले पनि आश्चर्य लाग्छ। व्यापारलाई निरन्तरता दिएको भए आर्थिक अवस्था सुध्रन्थ्यो। यसबाट मलाई पनि सजिलो हुन्थ्यो। तर, मनले मानेन। हामी दाङ फर्कियौँ।

२०३७ सालमा आमा बित्नुभयो। आमा ४३ वर्षकी हुनुहुन्थ्यो। आमाको चाँडो मृत्यु हुनुको एउटा कारण गरिबी थियो। टीबी रोगी हुनुहुन्थ्यो, तर घरको सबै काम गर्नुपर्थ्यो। पुरानो चारपाखे घर, खाना पकाउने बेला कुहिरोले पहाडलाई छोपेझैँ धुवाँले कोठाहरुलाई छोप्थ्यो। आमा पुत्याइरहेका दाउरालाई जोडले फुकेर बाल्न खोज्नुहुन्थ्यो। उहाँका आँखा धुवाँको पिरोले रसाउँथे, अनुहार रातो हुन्थ्यो। यही धुवाँले अन्तत? उहाँलाई खायो। रोगी आमा ३५ वर्षमै बुढी लाग्नुहुन्थ्यो। चालीस वर्ष पुग्दा नपुग्दै उहाँका सबै दाँत झरिसकेका थिए।

आर्थिक कठिनाइका कारण न कविताको भोक मर्‍यो, न त राजनीतिबाट टाढा हुन सकियो। कविता मेरो सुखदुःखको साथी थियो। कविता पढेपछि, लेखेपछि हलुङ्गो अनुभव गर्थेँ। कयौँ प्रतिभाशाली स्रष्टाहरु आर्थिक कठिनाइका कारण लेखनबाट पलायन भएका छन्। कयौँ पटक ममा पनि यस्तो भावना नजन्मिएको होइन। कविताबाट मात्र होइन राजनीतिबाट पनि टाढा रहनुपर्छ भन्ने लाग्थ्यो, बेलाबखत। तर, दुवैबाट टाढा भाग्न सकिनँ। म जति टाढा रहन कोसिस गर्थेँ कविता र राजनीति उति नै मेरा नजिक आउँथे। 

राजनीतिभन्दा कविता मेरा निम्ति विशेष थियो। कुनै बेला एउटा गाइजात्रे पत्रिकाले दिएको विशेषण ‘अँध्यारो गल्लीको भावुक कवि’ थिएँ म। कविताले मलाई मोहनी लगाएको थियो। म व्यावहारिक थिइन, अहिले पनि छैन। व्यावहारिक भएको भए कविताको मोहनी यति धेरै लाग्दैनथ्यो कि भन्ने लाग्छ।

कविता लेखनका सुरुमा ८/१० वर्षमा यसप्रति म जसरी मोहित भएँ त्यसैले ममा जीवनभर साहित्य सिर्जनामा लाग्ने भावनाको निर्माण पनि गर्‍यो। त्यसैले सुरुसुरुका ती दिनहरु आज पनि मलाई उत्तिकै प्रिय र महत्वपूर्ण लाग्छन्। ती दिनहरु सम्झँदा अतीतका सुख–दुःखका स्मृतिहरु सजीव भएर आउँछन्। दिनहरु ढल्दै जाँदा अतीतको सम्झना अझ बढी हुँदोरहेछ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. अमर गिरी
लेखकबाट थप
आकाश, आमा र रहस्य
कक्कडको धुवाँमा छोपिएको बुटनेवाको अनुहार
हे राम!
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्