काठमाडौं- नेपालको लागि टीभीएस टू-ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजबाट 'टीभीएस ग्राण्ड दसैं एक्सचेन्ज मेला' सुरु गरेको छ। भृकुटीमण्डपमा सुरु भएको उक्त मेला असोज ६ गतेसम्म चल्नेछ।
'यो एउटा यस्तो एक्स्चेन्ज मेला हो जहाँ उपहारको वर्षाका साथ ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर लैजान सक्ने छन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस एक्सचेन्ज मेलाअन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १० हजार रुपैयाँसम्म मूल्यांकन पाउने कम्पनीको भनाइ छ। 'नयाँ सवारी खरिद नगरी एक लाख रुपैयाँ सम्म र किनिसकेपछि १० लाख रुपैयाँसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्, त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले tvsnepal.com/Dashain मा जानुपर्ने हुन्छ। यसैगरी शून्य प्रतिशत ब्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागिसमेत उत्साहजनक रहेको छ। यस अफरमा प्रि-बुकिङ् गरे मात्र पनि ग्राहक हरुको लागि दुई हजार रुपैयाँ बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ,' विज्ञप्तिमा छ।
यस योजनाको मुख्य आकर्षणको केन्द्र एक्सचेन्जमा ईएमआई अफर रहेको छ, जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर ल्याएर त्यसको मूल्यांकन बराबरको रकम डाउन पेमेन्टस्वरुप तिरेर बाँकी रकम ईएमआईको सुरुआती दर पाँच हजार ९९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजानसक्ने कम्पनीले जनाएको छ। 'यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान ईएमआई र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ। त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का-पक्की उपहार प्राप्त गर्ने छन्,' कम्पनीले भनेको छ।
एक्सचेन्ज मेलाको उद्घाटन शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए। उनले उद्घाटन गर्ने क्रममा भने, 'टीभीएसले सधैं नेपाली अटोमोबाइलप्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ र नवीनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपालमा भित्र्याउने गरेको छ। बडादसैँको मुखमा आउन आँटेको यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारीका साथ बडादसैंमा थप खुसीयाली प्रदान गर्नेमा हामी विश्वस्त छौं।'
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरहरुको सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको कम्पनीको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।