• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदैछ? केन्द्रको निर्णय कुर्दै गठबन्धन

64x64
बीपी अनमोल बिहीबार, भदौ ३१, २०७८  १९:३२
1140x725

काठमाडौं– एमालेको नेतृत्वमा रहेको बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल गरिरहेको छ। त्यसका लागि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेसम्मको तयारी गठबन्धनमा भएको छ। तर, अविश्वास प्रस्ताव कहिले ल्याउने र नयाँ सरकार निर्माणको पहल कसरी अघि बढाउने भन्नेबारे गठबन्धन अन्योलमै देखिएको छ।

नेकपा एमाले विभाजन नहुँदै बागमती प्रदेशमा सरकार परिवर्तनको तयारी गरेका यो गठबन्धनका घटकहरु एमाले विभाजन भएर एकीकृत समाजवादी बनिसक्दा पनि एउटा निर्णयमा पुग्न सकेका छैनन्। बरु यसबीचमा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा गरेर बहुमतप्राप्त दलको नेताका रुपमा एमालेकै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिसकेकी छन्। 

एमाले विभाजनपछि बागमतीमा नेकपा एकीकृत समाजवादीको संसदीय दल गठन भइसकेको छ। दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन्। बागमतीमा कांग्रेस र एकीकृत समाजवादी दुवैले आफ्नो मुख्मयन्त्री हुनुपर्ने दाबी गरिरहेका चर्चा बाहिर आएका छन्। तर, उनीहरु यही विषयमा निर्णयमा नपुग्दा मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कि नल्याउने, ल्याउने हो भने कहिले ल्याउने भन्नेबारे निर्क्योल हुनसकेको छैन। केन्द्रमा गठबन्धनको सरकार बनेको ६५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको अन्योलको अवस्था बागमतीको सत्ता गठबन्धनमा प्रष्ट देखिन्छ। 

कसको नेतृत्वमा सरकार?
गत भदौ २ गते मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्य बहुमतप्राप्त दल (एमालेको)को नेताका रुपमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएकी थिइन्। तर, एमाले विभाजन भएपछि उनको एकल बहुमत गुमिसकेको छ। नवगठित नेकपा एकीकृत समाजवादीले भदौ २७ गते शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको प्रष्ट पारिसकेको छ।

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यसामु तीन विकल्प छन्– राजीनामा दिने, अविश्वासको प्रस्तावको सामना गर्ने वा ३० दिनभित्र विश्वासको मत लिने। मुख्यमन्त्री शाक्य भने विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता नगरेसम्म छिट्टै विश्वासको मत लिने वा राजीनामा दिने पक्षमा छैनन्। ‘अविश्वासको प्रस्ताव आयो भने तयार छौं। विश्वासको मत लिनुपर्ने भयो भने पनि हामी तयार नै छौं,’ उनले नेपाल लाइभसँग भनिन्, ‘जति दिन बस्न मिल्ने हो बस्छौं, त्यसपछि सहजै सत्ता हस्तान्तरण गरिहाल्छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले अल्पमतमा परेपनि नियमानुसार सरकारमा बस्ने दिनसम्म बस्ने र त्यसपछि सहजै छोड्ने उल्लेख गरिन्। बागमती प्रदेशमा एकीकृत समाजवादीका १३ सांसद छन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत प्रदेशका विपक्षी दलहरुसँग सरकार गठनका लागि स्पष्ट बहुमत छ। तर, यसका लागि आन्तरिक छलफल भइरहे पनि अविश्वासको प्रस्ताव ल्याउने वा विश्वासको मत लिने दिनसम्म पर्खिने भन्नेबारे उनीहरु टुंगोमा पुगिसकेका छैनन्।

एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले तीन दल (कांग्रेस, माओवादी र एकीकृत समाजवादी)का बीचमा छलफल भएपनि कसरी अगाडि बढ्ने भन्ने टुंगो नलागेको बताए। ‘हामीसँग तीन उपाय छन्– अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले राजीनामा दिने, ३० दिनभित्र विश्वासको मत लिने वा अविश्वासको प्रस्तावको सामना गर्ने,’ पाण्डेले भने, ‘हाम्रो हकमा चाहिँ अविश्वासको प्रस्ताव दर्ता गर्ने विषय नै हो। तर, अहिले हामीहरु छलफलमै छौं।’ 

उनले गठबन्धनका दलहरुबीचको छलफलबाट निर्णयमा पुग्ने बताए। गठबन्धनको सरकार बन्दा बागमतीमा मुख्यमन्त्री को बन्ने भन्ने विषय पनि छ। यसबारे गठबन्धनमा सहमति बनिसकेको छैन। त्यहीकारण पनि एउटा निर्णयमा पुग्न नसकेको नेताहरुको भनाइ छ।

Xtrem
Xtrem

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री अष्टलक्ष्मीलाई प्रश्न– अल्पमतमा परिसक्नुभो, अब के गर्नुहुन्छ? बुधबार, भदौ ३०, २०७८

नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले आफू अहिले पार्टीको महाधिवेशनमा केन्द्रित भएकाले सरकार निर्माणको प्रक्रियामा नलागेको बताए। तर, उनले केन्द्रको निर्णय पर्खिरहेको संकेत गरे।

‘शीर्ष नेतृत्वबाट प्रष्ट कुरा केही आएको छैन। त्यहाँबाट कुरा टुंगो लागेपछि प्रदेशमा पनि त्यसैअनुसार अघि बढ्ला,’ उनले भने, ‘अहिले म चाहिँ सत्ता गठबन्धन भन्दा पनि पार्टीको जिल्ला सभापति भएकाले महाधिवेशनका गतिविधिमा बढी व्यस्त छु।’

बानियाँले केन्द्रको नेतृत्वले सरकार गठनको विषय जसरी टुंगो लगाउँछ, प्रदेशमा त्यहीअनुसार प्रक्रिया अघि बढ्ने बताए। ‘हिजो एमाले हुँदा बहुमतको एकल सरकार बनेको थियो। अहिले १३ जना साथीहरुले एकीकृत समाजवादी रोजेपछि सरकार अल्पमतमा परिसक्यो’, उनले भने, ‘मुख्यमन्त्री अल्पमतमा परिसकेपछि राजीनामा दिने वा विश्वासको मत लिने विकल्प छ। हामीले अविश्वासको प्रस्ताव अघि बढाउने वा के गर्ने भन्ने टुंगो लागेको छैन।’

गठबन्धनको शीर्ष नेतृत्वले यसअघि सबै प्रदेशमा सरकार गठनमा भागवण्डा मिलाउने सहमति गरेको थियो। जसअनुसार गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादी नेतृत्वमा नयाँ सरकार बनेका छन्। सुदूरपश्चिम र कर्णालीमा पहिलेदेखि माओवादी नेतृत्वका सरकार छन्।  प्रदेश २ मा जनता समाजवादी (जसपा) नेतृत्वको सरकार छ। प्रदेश १ र बागमतीमा रहेको एमाले नेतृत्वको सरकारलाई हटाएर गठबन्धन नेतृत्वको सरकार बनाउने दलहरुबीच सहमति भएपनि यी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागिसकेको छैन। यी दुवै प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले नेतृत्वको दाबी गरेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बैठकमा उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक पेश गरेका हु... बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री श्रेष्ठले बेपत्ताहरूको खोजी कार्य जारी राख्दै प्रभावितहरूको जीवन साम... बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा झिकाए... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्