• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के बागमतीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँदैछ? केन्द्रको निर्णय कुर्दै गठबन्धन

64x64
बीपी अनमोल बिहीबार, भदौ ३१, २०७८  १९:३२
1140x725

काठमाडौं– एमालेको नेतृत्वमा रहेको बागमती प्रदेश सरकार स्पष्ट अल्पमतमा परेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल गरिरहेको छ। त्यसका लागि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेसम्मको तयारी गठबन्धनमा भएको छ। तर, अविश्वास प्रस्ताव कहिले ल्याउने र नयाँ सरकार निर्माणको पहल कसरी अघि बढाउने भन्नेबारे गठबन्धन अन्योलमै देखिएको छ।

नेकपा एमाले विभाजन नहुँदै बागमती प्रदेशमा सरकार परिवर्तनको तयारी गरेका यो गठबन्धनका घटकहरु एमाले विभाजन भएर एकीकृत समाजवादी बनिसक्दा पनि एउटा निर्णयमा पुग्न सकेका छैनन्। बरु यसबीचमा मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा गरेर बहुमतप्राप्त दलको नेताका रुपमा एमालेकै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिसकेकी छन्। 

एमाले विभाजनपछि बागमतीमा नेकपा एकीकृत समाजवादीको संसदीय दल गठन भइसकेको छ। दलको नेतामा राजेन्द्र पाण्डे चयन भएका छन्। बागमतीमा कांग्रेस र एकीकृत समाजवादी दुवैले आफ्नो मुख्मयन्त्री हुनुपर्ने दाबी गरिरहेका चर्चा बाहिर आएका छन्। तर, उनीहरु यही विषयमा निर्णयमा नपुग्दा मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कि नल्याउने, ल्याउने हो भने कहिले ल्याउने भन्नेबारे निर्क्योल हुनसकेको छैन। केन्द्रमा गठबन्धनको सरकार बनेको ६५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको अन्योलको अवस्था बागमतीको सत्ता गठबन्धनमा प्रष्ट देखिन्छ। 

कसको नेतृत्वमा सरकार?
गत भदौ २ गते मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि अष्टलक्ष्मी शाक्य बहुमतप्राप्त दल (एमालेको)को नेताका रुपमा बागमती प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएकी थिइन्। तर, एमाले विभाजन भएपछि उनको एकल बहुमत गुमिसकेको छ। नवगठित नेकपा एकीकृत समाजवादीले भदौ २७ गते शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको प्रष्ट पारिसकेको छ।

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यसामु तीन विकल्प छन्– राजीनामा दिने, अविश्वासको प्रस्तावको सामना गर्ने वा ३० दिनभित्र विश्वासको मत लिने। मुख्यमन्त्री शाक्य भने विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता नगरेसम्म छिट्टै विश्वासको मत लिने वा राजीनामा दिने पक्षमा छैनन्। ‘अविश्वासको प्रस्ताव आयो भने तयार छौं। विश्वासको मत लिनुपर्ने भयो भने पनि हामी तयार नै छौं,’ उनले नेपाल लाइभसँग भनिन्, ‘जति दिन बस्न मिल्ने हो बस्छौं, त्यसपछि सहजै सत्ता हस्तान्तरण गरिहाल्छौं।’ 

Ncell 2
Ncell 2

उनले अल्पमतमा परेपनि नियमानुसार सरकारमा बस्ने दिनसम्म बस्ने र त्यसपछि सहजै छोड्ने उल्लेख गरिन्। बागमती प्रदेशमा एकीकृत समाजवादीका १३ सांसद छन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत प्रदेशका विपक्षी दलहरुसँग सरकार गठनका लागि स्पष्ट बहुमत छ। तर, यसका लागि आन्तरिक छलफल भइरहे पनि अविश्वासको प्रस्ताव ल्याउने वा विश्वासको मत लिने दिनसम्म पर्खिने भन्नेबारे उनीहरु टुंगोमा पुगिसकेका छैनन्।

एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले तीन दल (कांग्रेस, माओवादी र एकीकृत समाजवादी)का बीचमा छलफल भएपनि कसरी अगाडि बढ्ने भन्ने टुंगो नलागेको बताए। ‘हामीसँग तीन उपाय छन्– अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले राजीनामा दिने, ३० दिनभित्र विश्वासको मत लिने वा अविश्वासको प्रस्तावको सामना गर्ने,’ पाण्डेले भने, ‘हाम्रो हकमा चाहिँ अविश्वासको प्रस्ताव दर्ता गर्ने विषय नै हो। तर, अहिले हामीहरु छलफलमै छौं।’ 

उनले गठबन्धनका दलहरुबीचको छलफलबाट निर्णयमा पुग्ने बताए। गठबन्धनको सरकार बन्दा बागमतीमा मुख्यमन्त्री को बन्ने भन्ने विषय पनि छ। यसबारे गठबन्धनमा सहमति बनिसकेको छैन। त्यहीकारण पनि एउटा निर्णयमा पुग्न नसकेको नेताहरुको भनाइ छ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री अष्टलक्ष्मीलाई प्रश्न– अल्पमतमा परिसक्नुभो, अब के गर्नुहुन्छ? बुधबार, भदौ ३०, २०७८

नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले आफू अहिले पार्टीको महाधिवेशनमा केन्द्रित भएकाले सरकार निर्माणको प्रक्रियामा नलागेको बताए। तर, उनले केन्द्रको निर्णय पर्खिरहेको संकेत गरे।

‘शीर्ष नेतृत्वबाट प्रष्ट कुरा केही आएको छैन। त्यहाँबाट कुरा टुंगो लागेपछि प्रदेशमा पनि त्यसैअनुसार अघि बढ्ला,’ उनले भने, ‘अहिले म चाहिँ सत्ता गठबन्धन भन्दा पनि पार्टीको जिल्ला सभापति भएकाले महाधिवेशनका गतिविधिमा बढी व्यस्त छु।’

बानियाँले केन्द्रको नेतृत्वले सरकार गठनको विषय जसरी टुंगो लगाउँछ, प्रदेशमा त्यहीअनुसार प्रक्रिया अघि बढ्ने बताए। ‘हिजो एमाले हुँदा बहुमतको एकल सरकार बनेको थियो। अहिले १३ जना साथीहरुले एकीकृत समाजवादी रोजेपछि सरकार अल्पमतमा परिसक्यो’, उनले भने, ‘मुख्यमन्त्री अल्पमतमा परिसकेपछि राजीनामा दिने वा विश्वासको मत लिने विकल्प छ। हामीले अविश्वासको प्रस्ताव अघि बढाउने वा के गर्ने भन्ने टुंगो लागेको छैन।’

गठबन्धनको शीर्ष नेतृत्वले यसअघि सबै प्रदेशमा सरकार गठनमा भागवण्डा मिलाउने सहमति गरेको थियो। जसअनुसार गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादी नेतृत्वमा नयाँ सरकार बनेका छन्। सुदूरपश्चिम र कर्णालीमा पहिलेदेखि माओवादी नेतृत्वका सरकार छन्।  प्रदेश २ मा जनता समाजवादी (जसपा) नेतृत्वको सरकार छ। प्रदेश १ र बागमतीमा रहेको एमाले नेतृत्वको सरकारलाई हटाएर गठबन्धन नेतृत्वको सरकार बनाउने दलहरुबीच सहमति भएपनि यी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागिसकेको छैन। यी दुवै प्रदेशमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले नेतृत्वको दाबी गरेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १९:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
रिहा भएपछि दुर्गा प्रसाईँले भने–प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्... आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि विराटनगर एयरपोर्टबाट बाहिरिने क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै फोर्सले यस्तो च... आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
एनपीएल : टस जितेर बलिङ गर्दै जनकपुर सोमबार, मंसिर ८, २०८२
सुनको मूल्य घट्यो सोमबार, मंसिर ८, २०८२
जनकपुरधाममा विवाहोत्सवको अघिल्लो दिन आज ‘मटकोर’ सोमबार, मंसिर ८, २०८२
प्रधानमन्त्री कार्की स्वकीय सचिव श्रेष्ठले गरे पदको दुरुपयोग- खुवाए परिवारका सदस्य तथा नातेदारहरुलाई जागिर सोमबार, मंसिर ८, २०८२
एनपीएलमा आज आज दुई खेल हुँदै सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश आइतबार, मंसिर ७, २०८२
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्