• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मुख्यमन्त्री अष्टलक्ष्मीलाई प्रश्न– अल्पमतमा परिसक्नुभो, अब के गर्नुहुन्छ? 

64x64
नेपाल लाइभ बुधबार, भदौ ३०, २०७८  २०:००
1140x725

एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन दिएकै दिन, गत २ भदौमा नेपालनिकट भनेर चिनिएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनिन्। नेपालको साथ छाडेर एमालेमै रहने निधो गरेपछि मुख्यमन्त्री बनेकी शाक्य बागमती प्रदेशमा एमालेका १२ जना प्रदेश सभा सदस्य नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि स्पष्ट अल्पमतमा परेकी छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत प्रदेशका विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि पहल अघि बढाइसकेका छन्। अल्पमतमा परेकी मुख्यमन्त्री शाक्य अब सरकार जोगाउन के गर्लिन्? उनी विश्वासको मत जुटाउने प्रयासमा छिन् या राजीनामा दिने मूडमा? मुख्यमन्त्री शाक्यसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीको सारसंक्षेपः

एक महिना पनि नपुग्दै तपाईंको सरकार अल्पतमा पर्‍यो नि?
यसमा मलाई केही चिन्ता छैन। किनभने सरकार टिकाउनका लागि अनेकौं गतिविधि हामी केही पनि गर्दैनौं। राजनीति स्वस्थ र संस्कारयुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो। परिपाटी स्वस्थ बनाएर अघि बढ्नुपर्छ भन्ने म ठान्दछु। त्यसो भएको हुनाले हामी सरकारमा जति दिन बस्ने हो, त्यति दिन मात्र बस्छौं। जे काम गर्न सकिन्छ, त्यो काम गर्छौं। त्यसपछि अविश्वासको प्रस्ताव आयो भने पनि तयार छौं। किनभने अविश्वासको प्रस्ताव नमान्ने, स्वीकार नगर्ने, फेस नगर्ने भन्ने कुरै आउँदैन। विश्वासको मत लिनुपर्ने भयो भने पनि हामी तयार नै छौं। हामी सत्तामै बसिरहनका लागि त्यस्तो केही गर्दैनौं। सहजरुपमा सत्ता हस्तान्तरण गरेर हिँड्ने हो। 

स्पष्ट अल्पमतमा परिसकेपछि त राजीनामा दिनुपर्ने होइन न र?
त्यसमा त हामी प्रष्ट छौं। केही समस्या छैन। हामीले बस्न पाउने समयसम्म हामी बस्छौं। त्यसपछि त हाम्रो प्रक्रिया अघि बढिहाल्छ नि। हामी राजीनामा दिएर मार्गप्रशस्त गर्न तयार छौं। यो सरकार टिकाउनका लागि कुनै चलखेल गरेका पनि छैनौं र गर्दैनौं पनि। सरकार अल्पमतमा परे पनि अलिकति समय त हामीले पाउँछौं नि होइन? नियमले पनि पाउँछौं। त्यो भन्दा पनि पछि एक सेकेन्ड पनि हामी बस्दैनौं। सत्ता टिकाउने खेलमा लागेको भए पो तनाव हुन्थ्यो। के गरौं कसो गरौं भन्ने पिर हुन्थ्यो। हाम्रो बाटो सोझो छ, प्रष्ट छ। 

आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिनका लागि राजनीतिक रुपमा पनि केही पहल गरिरहनुभएको छ?
म राजनीति बुझेरै आएकाले पनि होला, यो कुरा केन्द्रीय राजनीतिमा पनि भर पर्छ भन्ने लाग्छ। त्यहाँँबाट पनि धेरै प्रभाव पर्छ। त्यसो भएको हुनाले अब माथि (केन्द्रमा) जस्तो समीकरण छ नि, त्यो समिकरणले तल सहज होला भन्ने नै लाग्दैन। त्यसरी हेर्नुपर्छ भन्ने पनि मलाई लाग्दैन। आफ्नो सरकार लम्ब्याउँन कुनै पहलकदमी र राजनीतिक रुपमा पहल पनि मैले गरेको छैन। 

कठिन परिस्थितिमा मुख्यमन्त्री बन्नुभयो। यो अवस्थाको आकलन गर्नुभएको थिएन र?
धेरै चुनौती र अप्ठ्यारोकै बीच मैले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको हुँ। जिम्मेवारी सम्हालिरहँदा मैले सबै क्षेत्रको सहयोग पाएको छु। अल्पमतको सरकार भए पनि अहिलेको कठिन परिस्थितिमा सरकारको जिम्मेवारी सम्हाल्नुभएको छ भनेर सबैले समर्थन छ भनिरहनुभएको छ। यसले मलाई उर्जा थपेको छ। काम गर्ने वातावरण पनि बनेको छ भन्ने मेरो बुझाइ हो। 

म अल्पमतमा परे पनि मैले पदमा रहुन्जेल काम गर्न पाउनुपर्‍यो नि होइन? मैले आँट गरेर नै मन्त्रिपरिषद् विस्तार गरेको हुँ। चुनौती देखेर, डराएर भागेर त चल्दैन नि। चुनौतीलाई सामना गर्नुपर्छ भन्ने प्रष्ट मान्यता राखेर हिँड्ने मानिस हुँ। त्यसैले मैले मन्त्रिपरिषद् विस्तार गरें। मन्त्रीहरुले के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर हामीले आचारसंहिता पनि बनाएका छौं।

मुख्यमन्त्री बनेपछि के के काम गर्नुभयो? 
अलिकति भए पनि महत्वपूर्ण काम गर्नुपर्छ भनेर अहिले हामी लागिरहेका छौं। स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएरै छुट्टै स्वास्थ्य मन्त्रालय बनाएका छौं। अहिले पनि समाजवादको लक्ष्य प्राप्त गर्नका लागि छोटो समयमा पनि हामी के गर्न सक्छौं भनेर केही कार्यक्रम ल्याउँछौं नै। आउँदो १०/११ गतेतिर हामी साक्षर बागमती घोषणा गर्दैछौं। सबै स्वास्थ्य चौकीहरुमा पीसीआर गर्ने र अक्सिजन पुर्‍याउने काममा लागेका छौं। 

एमाले फुटेर अर्को पार्टी बनिसक्यो। तपाईंहरु दश बुँदे कार्यान्वयन हुन्छ भनेर एमालेमै रहनुभयो, तर अहिले तल्लो तहसम्म यसको कार्यान्वयनमा समस्या देखिन थालेको छ नि? 
मेरो नै क्षेत्रको कुरा हेर्नुहुन्छ भने बागमतीमा कुनै समस्या देखिएको छैन। अहिले जुन सहजीकरण कार्यदल बनेको छ, त्यसले काम गरिरहेको छ। त्यहाँ मसहित कमरेड बादल, काशीनाथ अधिकारी, अरुण नेपाल लगायत छौं। २०७५ जेठ २ को अवस्थामा त म नै संयोजक थिए नि त। अब अलिअलि कतै त समस्या देखिन्छ नै। समस्या नै आउँदैन भन्ने कुरा त सोच्नै सकिन्न। त्यस हिसाबले हेर्नु पनि भएन। लामो समयसम्म अलिकति तनावग्रस्त अवस्था थियो। तर, हामीले पार्टी एकतालाई प्राथमिकतामा राखेर अघि बढ्न सक्नुपर्छ। स–साना देखिने समस्यालाई गौण ठान्नुपर्छ। अलिअलि अप्ठ्यारो र असहज परिस्थितिलाई पनि बसेर, छलफल गरेर मिलाउन सकिन्छ। जटिलता भएका कतिपय ठाउँमा मिल्दै पनि गएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

कतिपय चाहिँ कस्तो हुन्छ भने व्यक्ति–व्यक्तिको स्वभावमा पनि भरपर्दो रहेछ। त्यो आम नीति नै होइन। त्यसैले पनि ठाउँ-ठाउँमा त्यो समस्या देखापरेको छ। बागमती प्रदेशको हकमा अहिले केही छैन। हामीले फोनमार्फत्, भर्चुअल र प्रत्यक्ष टीम परिचालन गरेर पनि काम गरिरहेका छौं। मेरो क्षेत्रको हकमा असहज केही देखिएको छैन। सहज परिस्थितिमै एकता प्रक्रियाबाट आएका नेताहरुसँग मिलेर नै काम गरिरहेका छौं। बादल कमरेडलगायत सबै नेता साथीहरु बसेर छलफल र संवादका माध्यमबाट अघि बढिरहेका छौं। हामी एकताका साथ एकढिक्का भएर अघि बढेका छौं। 

एमाले विभाजन भएको छ। पाँचदलीय गठबन्धन एक ठाउँमा छ। यो परिस्थितिमा आगामी निर्वाचनमा त असर पर्ला नि होइन?
अलिअलि असर त परिहाल्छ नि। किनभने जनमतले नै हो हाम्रो मूल्यांकन गर्ने। पाँचवर्ष  तिमीहरु मिलेर काम गर भनेर जनताले मत दिएको हो। पाँच वर्ष होइन, हामी बीचमै यो स्थितिमा पुग्यौं। त्यसको प्रतिक्रिया त जनमतले दिन्छ नै। त्यसमा चाहिँ असहज ठान्नै हुँदैन। हाम्रै गतिविधिका कारण जनताले हाम्रो मूल्यांकन गरेका हुन् भनेर सोच्नुपर्छ। 

२०५४ सालमा पनि पार्टी विभाजन भयो। त्यसपछि चुनाव आयो। सहाना (सहाना प्रधान) दिदी र म काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्यौं। सहाना दिदी हार्नुभयो मैले जितें। उहाँ पार्टी विभाजनमा लाग्नुभएको थियो। उहाँमाथि पार्टी फुटाएर आउने भन्ने प्रतिक्रिया रह्यो। हाम्रो मनमष्तिस्कमा एकताको भावना हुँदोरहेछ। फुटभन्दा पनि एकजुट चाहिन्छ भन्नेमा जनमतको भावना प्रकट हुँदो रहेछ। जे भए पनि निर्वाचनमा जनताले दिने जनमतलाई त हामीले स्वकार्नुपर्छ नै। 

एमालेको विधान महाधिवेशन नजिकिँदै छ। मंसीरमा दशौं महाधिवेशन पनि घोषणा भइसकेको छ। के त्यसले एमालेका समस्या सुल्झाउला? 
यसबाट धेरै महत्वपूर्ण सहयोग पुग्छ। विधान महाधिवेशनले आगामी महाधिवेशन कस्तो हुन्छ र संगठन-संरचना कस्तो बन्छ भन्ने तय गर्छ। एमालेलाई कस्तो बनाउने, कुन संरचनाका साथ अघि बढाउने  र विधि कसरी तय गर्ने भन्ने कुरा निर्धारण गर्छ। त्यसकारण विधान महाधिवेशनको ठूलो महत्व छ। राजनीतिक प्रतिवेदनले विचारको कुरा गर्छ। कार्यदिशा र नीति कार्यक्रमको कुरा गर्छ। तर, विधान कस्तो बनाउने र एमालेलाई अब कुन ढाँचा र विधिका साथ अघि बढाउने भन्ने कुरा विधान महाधिवेशनबाट निक्र्‍योल हुने हो। विधान महाधिवेशनबाट जे आउँछ, त्यो कुरालाई महाधिवशेनमा लैजानुपर्छ। महत्वपूर्ण छलफल त्यहाँ हुन्छ। त्यसो भएको हुनाले अहिलेको परिस्थितिलाई विधान महाधिवेशनले थप केही सहज बनाउँछ।

Xtrem

Xtrem

एमालेको नवौं महाधिवेशनबाट पारित विधानले ७० वर्षे उमेरहद तोकेको थियो। अब त्यो कार्यान्वयन भएर जान्छ कि के हुन्छ?
७० वर्षको प्रावधान कायमै राख्नुपर्छ भन्ने मेरो मान्यता हो। किनभने यो नेतृत्व रुपान्तरित भइराख्नुपर्छ। एउटैले थामिराख्ने कुरा परिस्थितिले पनि दिँदैन। र, त्यो मूल्यमान्यता पनि होइन। अनुभवी र पुराना नेताहरुलाई सम्मान गर्दै नयाँलाई नेतृत्वको अवसर दिएर अघि बढ्नुपर्छ भन्ने मेरो भनाई हो। अर्को पिँढीको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी गयो भने त्यसले थप सुदृढ र एकताबद्व एमालेलाई अघि बढाउन सहयोग गर्छ। 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्