• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस २७, २०८२ Sun, Jan 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

मुख्यमन्त्री अष्टलक्ष्मीलाई प्रश्न– अल्पमतमा परिसक्नुभो, अब के गर्नुहुन्छ? 

64x64
नेपाल लाइभ बुधबार, भदौ ३०, २०७८  २०:००
1140x725

एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि माधवकुमार नेपालले निर्वाचन आयोगमा निवेदन दिएकै दिन, गत २ भदौमा नेपालनिकट भनेर चिनिएकी एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनिन्। नेपालको साथ छाडेर एमालेमै रहने निधो गरेपछि मुख्यमन्त्री बनेकी शाक्य बागमती प्रदेशमा एमालेका १२ जना प्रदेश सभा सदस्य नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि स्पष्ट अल्पमतमा परेकी छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत प्रदेशका विपक्षी दलहरुले नयाँ सरकार गठनका लागि पहल अघि बढाइसकेका छन्। अल्पमतमा परेकी मुख्यमन्त्री शाक्य अब सरकार जोगाउन के गर्लिन्? उनी विश्वासको मत जुटाउने प्रयासमा छिन् या राजीनामा दिने मूडमा? मुख्यमन्त्री शाक्यसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानीको सारसंक्षेपः

एक महिना पनि नपुग्दै तपाईंको सरकार अल्पतमा पर्‍यो नि?
यसमा मलाई केही चिन्ता छैन। किनभने सरकार टिकाउनका लागि अनेकौं गतिविधि हामी केही पनि गर्दैनौं। राजनीति स्वस्थ र संस्कारयुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो। परिपाटी स्वस्थ बनाएर अघि बढ्नुपर्छ भन्ने म ठान्दछु। त्यसो भएको हुनाले हामी सरकारमा जति दिन बस्ने हो, त्यति दिन मात्र बस्छौं। जे काम गर्न सकिन्छ, त्यो काम गर्छौं। त्यसपछि अविश्वासको प्रस्ताव आयो भने पनि तयार छौं। किनभने अविश्वासको प्रस्ताव नमान्ने, स्वीकार नगर्ने, फेस नगर्ने भन्ने कुरै आउँदैन। विश्वासको मत लिनुपर्ने भयो भने पनि हामी तयार नै छौं। हामी सत्तामै बसिरहनका लागि त्यस्तो केही गर्दैनौं। सहजरुपमा सत्ता हस्तान्तरण गरेर हिँड्ने हो। 

स्पष्ट अल्पमतमा परिसकेपछि त राजीनामा दिनुपर्ने होइन न र?
त्यसमा त हामी प्रष्ट छौं। केही समस्या छैन। हामीले बस्न पाउने समयसम्म हामी बस्छौं। त्यसपछि त हाम्रो प्रक्रिया अघि बढिहाल्छ नि। हामी राजीनामा दिएर मार्गप्रशस्त गर्न तयार छौं। यो सरकार टिकाउनका लागि कुनै चलखेल गरेका पनि छैनौं र गर्दैनौं पनि। सरकार अल्पमतमा परे पनि अलिकति समय त हामीले पाउँछौं नि होइन? नियमले पनि पाउँछौं। त्यो भन्दा पनि पछि एक सेकेन्ड पनि हामी बस्दैनौं। सत्ता टिकाउने खेलमा लागेको भए पो तनाव हुन्थ्यो। के गरौं कसो गरौं भन्ने पिर हुन्थ्यो। हाम्रो बाटो सोझो छ, प्रष्ट छ। 

आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिनका लागि राजनीतिक रुपमा पनि केही पहल गरिरहनुभएको छ?
म राजनीति बुझेरै आएकाले पनि होला, यो कुरा केन्द्रीय राजनीतिमा पनि भर पर्छ भन्ने लाग्छ। त्यहाँँबाट पनि धेरै प्रभाव पर्छ। त्यसो भएको हुनाले अब माथि (केन्द्रमा) जस्तो समीकरण छ नि, त्यो समिकरणले तल सहज होला भन्ने नै लाग्दैन। त्यसरी हेर्नुपर्छ भन्ने पनि मलाई लाग्दैन। आफ्नो सरकार लम्ब्याउँन कुनै पहलकदमी र राजनीतिक रुपमा पहल पनि मैले गरेको छैन। 

कठिन परिस्थितिमा मुख्यमन्त्री बन्नुभयो। यो अवस्थाको आकलन गर्नुभएको थिएन र?
धेरै चुनौती र अप्ठ्यारोकै बीच मैले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको हुँ। जिम्मेवारी सम्हालिरहँदा मैले सबै क्षेत्रको सहयोग पाएको छु। अल्पमतको सरकार भए पनि अहिलेको कठिन परिस्थितिमा सरकारको जिम्मेवारी सम्हाल्नुभएको छ भनेर सबैले समर्थन छ भनिरहनुभएको छ। यसले मलाई उर्जा थपेको छ। काम गर्ने वातावरण पनि बनेको छ भन्ने मेरो बुझाइ हो। 

म अल्पमतमा परे पनि मैले पदमा रहुन्जेल काम गर्न पाउनुपर्‍यो नि होइन? मैले आँट गरेर नै मन्त्रिपरिषद् विस्तार गरेको हुँ। चुनौती देखेर, डराएर भागेर त चल्दैन नि। चुनौतीलाई सामना गर्नुपर्छ भन्ने प्रष्ट मान्यता राखेर हिँड्ने मानिस हुँ। त्यसैले मैले मन्त्रिपरिषद् विस्तार गरें। मन्त्रीहरुले के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर हामीले आचारसंहिता पनि बनाएका छौं।

मुख्यमन्त्री बनेपछि के के काम गर्नुभयो? 
अलिकति भए पनि महत्वपूर्ण काम गर्नुपर्छ भनेर अहिले हामी लागिरहेका छौं। स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएरै छुट्टै स्वास्थ्य मन्त्रालय बनाएका छौं। अहिले पनि समाजवादको लक्ष्य प्राप्त गर्नका लागि छोटो समयमा पनि हामी के गर्न सक्छौं भनेर केही कार्यक्रम ल्याउँछौं नै। आउँदो १०/११ गतेतिर हामी साक्षर बागमती घोषणा गर्दैछौं। सबै स्वास्थ्य चौकीहरुमा पीसीआर गर्ने र अक्सिजन पुर्‍याउने काममा लागेका छौं। 

एमाले फुटेर अर्को पार्टी बनिसक्यो। तपाईंहरु दश बुँदे कार्यान्वयन हुन्छ भनेर एमालेमै रहनुभयो, तर अहिले तल्लो तहसम्म यसको कार्यान्वयनमा समस्या देखिन थालेको छ नि? 
मेरो नै क्षेत्रको कुरा हेर्नुहुन्छ भने बागमतीमा कुनै समस्या देखिएको छैन। अहिले जुन सहजीकरण कार्यदल बनेको छ, त्यसले काम गरिरहेको छ। त्यहाँ मसहित कमरेड बादल, काशीनाथ अधिकारी, अरुण नेपाल लगायत छौं। २०७५ जेठ २ को अवस्थामा त म नै संयोजक थिए नि त। अब अलिअलि कतै त समस्या देखिन्छ नै। समस्या नै आउँदैन भन्ने कुरा त सोच्नै सकिन्न। त्यस हिसाबले हेर्नु पनि भएन। लामो समयसम्म अलिकति तनावग्रस्त अवस्था थियो। तर, हामीले पार्टी एकतालाई प्राथमिकतामा राखेर अघि बढ्न सक्नुपर्छ। स–साना देखिने समस्यालाई गौण ठान्नुपर्छ। अलिअलि अप्ठ्यारो र असहज परिस्थितिलाई पनि बसेर, छलफल गरेर मिलाउन सकिन्छ। जटिलता भएका कतिपय ठाउँमा मिल्दै पनि गएको छ। 

Ncell 2
Ncell 2

कतिपय चाहिँ कस्तो हुन्छ भने व्यक्ति–व्यक्तिको स्वभावमा पनि भरपर्दो रहेछ। त्यो आम नीति नै होइन। त्यसैले पनि ठाउँ-ठाउँमा त्यो समस्या देखापरेको छ। बागमती प्रदेशको हकमा अहिले केही छैन। हामीले फोनमार्फत्, भर्चुअल र प्रत्यक्ष टीम परिचालन गरेर पनि काम गरिरहेका छौं। मेरो क्षेत्रको हकमा असहज केही देखिएको छैन। सहज परिस्थितिमै एकता प्रक्रियाबाट आएका नेताहरुसँग मिलेर नै काम गरिरहेका छौं। बादल कमरेडलगायत सबै नेता साथीहरु बसेर छलफल र संवादका माध्यमबाट अघि बढिरहेका छौं। हामी एकताका साथ एकढिक्का भएर अघि बढेका छौं। 

एमाले विभाजन भएको छ। पाँचदलीय गठबन्धन एक ठाउँमा छ। यो परिस्थितिमा आगामी निर्वाचनमा त असर पर्ला नि होइन?
अलिअलि असर त परिहाल्छ नि। किनभने जनमतले नै हो हाम्रो मूल्यांकन गर्ने। पाँचवर्ष  तिमीहरु मिलेर काम गर भनेर जनताले मत दिएको हो। पाँच वर्ष होइन, हामी बीचमै यो स्थितिमा पुग्यौं। त्यसको प्रतिक्रिया त जनमतले दिन्छ नै। त्यसमा चाहिँ असहज ठान्नै हुँदैन। हाम्रै गतिविधिका कारण जनताले हाम्रो मूल्यांकन गरेका हुन् भनेर सोच्नुपर्छ। 

२०५४ सालमा पनि पार्टी विभाजन भयो। त्यसपछि चुनाव आयो। सहाना (सहाना प्रधान) दिदी र म काठमाडौं क्षेत्र नम्बर ६ बाट चुनाव लड्यौं। सहाना दिदी हार्नुभयो मैले जितें। उहाँ पार्टी विभाजनमा लाग्नुभएको थियो। उहाँमाथि पार्टी फुटाएर आउने भन्ने प्रतिक्रिया रह्यो। हाम्रो मनमष्तिस्कमा एकताको भावना हुँदोरहेछ। फुटभन्दा पनि एकजुट चाहिन्छ भन्नेमा जनमतको भावना प्रकट हुँदो रहेछ। जे भए पनि निर्वाचनमा जनताले दिने जनमतलाई त हामीले स्वकार्नुपर्छ नै। 

एमालेको विधान महाधिवेशन नजिकिँदै छ। मंसीरमा दशौं महाधिवेशन पनि घोषणा भइसकेको छ। के त्यसले एमालेका समस्या सुल्झाउला? 
यसबाट धेरै महत्वपूर्ण सहयोग पुग्छ। विधान महाधिवेशनले आगामी महाधिवेशन कस्तो हुन्छ र संगठन-संरचना कस्तो बन्छ भन्ने तय गर्छ। एमालेलाई कस्तो बनाउने, कुन संरचनाका साथ अघि बढाउने  र विधि कसरी तय गर्ने भन्ने कुरा निर्धारण गर्छ। त्यसकारण विधान महाधिवेशनको ठूलो महत्व छ। राजनीतिक प्रतिवेदनले विचारको कुरा गर्छ। कार्यदिशा र नीति कार्यक्रमको कुरा गर्छ। तर, विधान कस्तो बनाउने र एमालेलाई अब कुन ढाँचा र विधिका साथ अघि बढाउने भन्ने कुरा विधान महाधिवेशनबाट निक्र्‍योल हुने हो। विधान महाधिवेशनबाट जे आउँछ, त्यो कुरालाई महाधिवशेनमा लैजानुपर्छ। महत्वपूर्ण छलफल त्यहाँ हुन्छ। त्यसो भएको हुनाले अहिलेको परिस्थितिलाई विधान महाधिवेशनले थप केही सहज बनाउँछ।

एमालेको नवौं महाधिवेशनबाट पारित विधानले ७० वर्षे उमेरहद तोकेको थियो। अब त्यो कार्यान्वयन भएर जान्छ कि के हुन्छ?
७० वर्षको प्रावधान कायमै राख्नुपर्छ भन्ने मेरो मान्यता हो। किनभने यो नेतृत्व रुपान्तरित भइराख्नुपर्छ। एउटैले थामिराख्ने कुरा परिस्थितिले पनि दिँदैन। र, त्यो मूल्यमान्यता पनि होइन। अनुभवी र पुराना नेताहरुलाई सम्मान गर्दै नयाँलाई नेतृत्वको अवसर दिएर अघि बढ्नुपर्छ भन्ने मेरो भनाई हो। अर्को पिँढीको काँधमा पार्टी नेतृत्वको जिम्मेवारी गयो भने त्यसले थप सुदृढ र एकताबद्व एमालेलाई अघि बढाउन सहयोग गर्छ। 

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ)
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता आइतबार, पुस २७, २०८२
भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन (लाइभ) आइतबार, पुस २७, २०८२
शेखरको भिडिओ सन्देश- सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु आइतबार, पुस २७, २०८२
१८ महिनाअघि त्रिशूलीमा खसेको बसको अवशेष भेटियो, खोतल्ने काम सुरु आइतबार, पुस २७, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
उज्यालो नेपाल पार्टीले गर्‍यो प्रत्यक्षतर्फको उम्मेदवारी आह्वान शनिबार, पुस २६, २०८२
रास्वपामा साधारण सदस्य नै बन्छु भनेर ठूलो पद मागेको थिइनँ : कुलमान घिसिङ शनिबार, पुस २६, २०८२
कुलमानसँग एकता भाँडिएपछि रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्