• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण– चोर ‘ओपन सेक्रेट’ भए पनि प्रमाण छैन !

गाउँपालिका अध्यक्ष भन्छन्: झोली–तुम्बा बाकेर हिँड्ने बेला भइसक्यो
64x64
नारायण अधिकारी बिहीबार, भदौ ३१, २०७८  १८:५७
1140x725

काठमाडौं– नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी भएको ५ महिना बितिसकेको छ। 

अनुसन्धानमा अब्बल मानिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) देखि बागमती प्रदेश प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीसम्म अनुसन्धानमा खटिए पनि अहिलेसम्म उक्त चोरी प्रकरणको यर्थाथ चित्र बाहिर आउन सकेको छैन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए पनि सीसीटीभी फुटेजमा देखिएका 'चोर'लाई समेत सार्वजनिक गर्न सकेको छैन। 

रकम चोरी भएपछि उक्त वडाका वडासचिव सरिता रावत, करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। उनीहरुविरुद्ध आपराधिक विश्वासघातको कसूरमा समेत मुद्दा चलेको थियो।  त्यति हुँदा समेत चोरी प्रकरण पत्ता लाग्न सकेन। 

उता सरकारी रकम व्यक्तिको नाममा जम्मा गरेको, भत्ता वितरण बैंकबाट गर्नुपर्ने भए पनि नगरेको, एक पटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेको, तत्काल घटनाको जानकारी नदिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई निलम्बन गरेर छानबिन पनि गरेको थियो। 

यसबाट पनि केही नयाँ तथ्य सार्वजनिक हुन सकेन। अहिलेसम्म रहस्यमै रहेको उक्त चोरी प्रकरणका विभिन्न पाटाहरुबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

कार्यालयमै राखिएको थियो रकम?
गत चैत २४ गते हिमालयन बैंकको त्रिशुली शाखाबाट सामाजिक सुरक्षा भत्ता बापतको ५० लाख रुपैयाँ निकाल्न वडाका सचिव सरिता रावत र करारका सहायक वडासचिव रामकुमार गिरी पुगेका थिए। गाउँपालिकाको सिफारिसमा रकम निकाल्न गएका उनीहरुले हिमालयन बैंकबाट ५० लाख रुपैयाँ निकालेका थिए। 

रकम निकालेपछि सहायक सचिव रामकुमार गिरीले कालो निलो झोलामा रकम राखेर झोला छातीमा भिरेको (पिठ्युमा नभइ अगाडिको भागमा) बैंकको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुसँगै सामाजिक सुरक्षा भत्ता वापतको रकम निकाल्न वडा नम्बर ३ बाट वडा सहायक सचिव असलीमाया तामाङ पनि पुगेकी थिइन्। उनले पनि ३० लाख रुपैयाँ निकालेर ल्याएकी थिइन्। वडा कार्यालय फर्किने बेला बट्टार बजारमा आइपुगेपछि वडासचिव रावतले कालिका स्टेशनरीमा र स्टेशनरी सामान (पेपर, कैँची) किनेकी थिइन्। बट्टार बजारमा उनले तरकारी समेत किनेकी थिइन्।

त्यतिन्जेल सहायक गिरी रावतको नजरबाट हराएका थिए। साढे ४ बजे कार्यालय पुग्दा कार्यालय सहयोगी निलप्रसाद मिश्र कार्यालयमै थिए। कार्यालयमा रकम बोकिएको भनिएको झोला राखेपछि गिरीले 'तपाईं पनि चाबी राख्नुस्' भनेर वडासचिव रावतलाई दिए। अघिपछि कहिल्यै चाबी नदिए पनि त्यसदिन गिरीले रावतलाई चाबी दिनुले पनि शंका गर्ने ठाउँ भएको अनुसन्धान अधिकारी बताउँछन्।

रावत चाबी लिएर निस्किइन्। रावत कार्यालयबाट निस्किएपछि सहायक गिरी र कार्यालय सहयोगी केहीबेर वडामै बसेको सीसीटीभी फुटेजमा देखिन्छ। भोलिपल्ट रकम बितरण गर्न वडा कार्यालय पुग्दा रकम हुँदैन। 

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए, ‘रकम बोकेको भनिएका मान्छे केही समय नजरबाट हराउनु र भोलिपल्ट रकम नहुनेले कार्यालयमा रकम राखिएको थियो/थिएन भन्ने शंका त हुन्छ, तर तीनै जना भएका बेला रकम राखिएको भनिएकाले रकम कार्यालयमै आइपुगेको भन्ने देखिन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीले यो पाटोबाट पनि अनुसन्धान गरेको थियो। तर, अहिलेसम्म यसको समेत निष्कर्ष निकाल्न सकेको छैन। 

चोर ‘ओपन सेक्रेट’, प्रमाण शून्य
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले उक्त रकम चोरी प्रकरणमा को संलग्न थिए भन्ने विषयमा एउटा निष्कर्ष समेत निकालेका थिए। ‘अहिले पनि प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दा 'चोर को हो भन्ने तपाईं, हामी सबैलाई जानकारी नै छ। तर के गर्नु प्रमाण छैन’ भनेर भन्ने गरेको गाउँपालिका अध्यक्ष तामाङ बताउँछन्। 

सीसीटीभी फुटेजको दृश्य

अनुसन्धामा संलग्न एक उच्च अधिकारीले पनि चोरीमा संलग्न व्यक्तिको नजिक प्रहरी पुगेपनि प्रमाणका कारण मुद्दा अघि बढाउन नसकिएको बताए। पुरै नकाब लगाएर चोरी गरे पनि चोरको जीउडाल र संकास्पद व्यक्तिको जीउडाल मिल्ने, अन्य पाटोबाट अनुसन्धान गर्दा ती व्यक्ति नै चोरीमा संलग्न हुनसक्ने प्रहरीको दाबी छ। पक्राउ गरेर पोलिग्राफ परीक्षण गर्दा समेत झुटो बोलेको देखिएको, उक्त कार्यालयसँग परिचित भए जसरी चोरिएको देखिनु, रकम ल्याएर राखेको सबै विवरण थाहा हुनु जस्ता घटनाले संकास्पद ती व्यक्ति नै चोरीमा संलग्न हुने एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई सुनाए। उनी भन्छन्, ‘अहिले पनि हाम्रो संकामा ती व्यक्ति छन्। ती संकास्पद व्यक्तिको नुवाकोटस्थित घर खानतलासी गर्ने सम्मका काम भए पनि केही प्रमाण फेला नपरेकाले मुद्दा चलाउन नसकिएको हो।’

कम्युटर भएको कोठामा छिरेर मनिटर हटाएर प्यासेजमा राखेपछि मात्रै दराजमा भएको कोठामा मान्छे छिरेको भिडियोमा देखिन्छ। सचिवको दराजबाट पैसा झिकेको र हालेको देखिँदैन, तर झोला बोकेर भित्र भएको मान्छे उत्रै झोला बोकेर बाहिर निस्कन्छ। राति चोर्न गएको मान्छे आफ्नै कोठामा पसे जसरी निर्धक्क जुन–जुन ठाउँमा जानुपर्ने हो, नरोकिइ सरार ठाउँको पहिचान गरेर हिँडेको देखिन्छ। यस्ता विषयमा चोरीमा संलग्न हुनेसक्ने व्यक्तिको आकलन प्रहरीले गरे पनि प्रमाण नभएका कारण मुद्दा प्रक्रिया अघि बढाउन सकेको छैन। 

मूल मुद्दामा अझै प्रहरी अलमल 
प्रहरीले यस प्रकरणको एउटा अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुगिसकेको भए पनि मुख्य अनुसन्धान भने हुन बाँकी नै छ। आपराधिक विश्वासघातको अनुसन्धान टुंग्याएर मुद्दा चलाए पनि चोरीको अनुसन्धानै अहिलेसम्म प्रहरीले टुंगोमा पुर्‍याउन सकेको छैन। 

चोरी गर्ने व्यक्तिविरुद्ध अहिलेसम्म चोरीको आरोपमा प्रहरीले अनुसन्धान टुंग्याएर मुद्दा नचलाउँदा सामाजिक सुरक्षा भत्ताका सेवाग्राही मारमा परेको सो गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउँछन्। 

चोरी प्रकरणको अनुसन्धान भने जारी नै रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले नेपाल लाइभलाई बताए। ‘मुख्य विषय नै कसले चोर्‍यो भन्ने हो। चोरीको अनुसन्धान भने अहिलेसम्म टुंगोमा पुगेको छैन हामी लागिरहेका छौं,’ एसपी कार्कीले नेपाल लाइभसँग भने। 

जिम्मेवारी राम्रोसँग बहन गर्न नसकेको ३ कर्मचारीलाई आरोप
जसको जिम्मेवारीमा उक्त रकम हुनुपर्ने हो उनीहरुले नै राम्रोसँग जिम्मेवारी वहन गर्न नसकेको भन्दै तीन जना कर्मचारीलाई पक्राउ गरेर प्रहरीले त्यसबेला मुद्दा चलाएको थियो। 

जिम्मेवारी वहन गर्न नसकेको भन्दै वडाका वडासचिव सरिता रावत, करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। पछि उनीहरुलाई आपराधिक विश्वासघातको कसूरमा प्रहरीले मुद्दा चलाएको थियो। उक्त मुद्दामा रावतलाई ३ लाख धेरौटीमा र बाँकी २ जना ५/५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

मुलुकी अपराध संहिताको दफा २५२ मा आपराधिक विश्वासघातको बारेमा उल्लेख गरिएको छ।  जसमा अर्काको कुनै कारोबारो गर्ने जिम्मा लिएको वा कानुनी कर्तव्य पालन गर्नुपर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोबारका सम्बन्धमा अर्काको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिले आफू वा अरू कसैलाई फाइदा पुर्‍याउनका लागि आफ्नो कर्तव्य विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानी नोक्सानी वा क्षति पुर्‍याएमा पनि विश्वासघात हुने उल्लेख गरिएको छ। 

त्यस्तै, कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा  प्रतिनिधिका हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानुनी कर्तव्य भएको व्यक्तिले विश्वासघात गरेमा यो दफा आकर्षित हुन्छ।

गाउँपालिका अध्यक्ष भन्छन्: गिदी बाक्लो भएर मात्रै हो, नत्र झोली–तुम्बा बाकेर हिँड्ने बेला भइसक्यो
चोरीको घटना घटेको ५ महिना बितिसक्यो। त्यसयता सेवाग्राहीले भत्ता पाएका छैनन्। यसका लागि संघीय मामिला मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म कुराकानी भएपनि कुनै पहल हुन सकेको छैन। 

संघीय मामिला र अर्थका अधिकारीको कुरा एउटै छ– मुद्दा अदालतमा बिचाराधीन रहेकाले केही समय हेरौं, रिजल्ट के आउँछ, त्यसपछि विवरणको व्यवस्था मिलाइन्छ। अहिले भत्ता वितरण गर्नुस् भनेर भन्न सक्दैनौं भन्ने जवाफ आएको छ। 

यता प्रशासनले आपराधिक विश्वासघातको मुद्दा अघि बढाएको छ। अहिलेसम्म उक्त मुद्दा टुंगोमा पनि पुगेको छैन। अदालत भने प्रोसेस अघि बढिरहेको भन्छ। 

गाउँपालिका अध्यक्ष तामाङ

उता स्थानीयहरु अध्यक्षज्यू खोई कहाँ पुग्यो अनुसन्धान, भत्ता कहिले आउँछ? भन्नुहुन्छ। चोर कहिले पत्ता लाग्छ भनेर सोध्नुहुन्छ। मुद्दा अघि किन बढेन भन्नुहुन्छ। प्रहरीले अहिलेसम्म यसले चारेको हो भनेर मुद्दा लान सकेको छैन। मेन मुद्दामा विषय अड्एिको छ। 

वैकल्पिक उपाय अपनाएर भएर पनि सामाजिक सुरक्षा भत्ता जस्तो कुरा दिनुपर्छ भनेका छौं। सेवाग्राहीहरु एकदमै पीडामा हुनुहुन्छ। कतिपयको त दैनिकी त्यही भत्ताबाट चलेको अवस्था पनि थियो। त्यसकारण पनि उहाँहरुलाई समस्या छ। उता अर्थ मन्त्रालय भने पैसा त चोरसँग असुल–उपर गर्ने हो नि भन्छ। ल चोरसँग असुल–उपर गर्ने मैले मानेँ। तर, चोर को हो त? प्रहरीले भन्दिनु पर्‍यो नि। चोर को हो भन्ने त ओपन सेक्रेट नै भन्छन् प्रहरी। तर, प्रमाण पुग्दैन भन्छन्। प्रष्ट छ भन्नु हुन्छ, प्रष्ट भएको भए त सार्वजनिक हुनुपर्थ्यो। 

प्रशासनलाई सोध्यो एउटाले अर्कालाई देखाउने अर्काले आर्कालाई देखाउने काम भएको छ। बाटोमा हिँड्यो, कतै भेट्यो कि जनताले भत्ता कहिले आउँछ? भनेर मलाई सोध्नुहुन्छ। सोध्नु स्वभाविक पनि हो। जवाफ दिने ठाउँमा म बसेको छु। मैले जवाफ दिनै पर्छ। भएको कुरा यस्तो भएको छ भनेर मैले त भन्नै पर्‍यो। बद्‌मासी एउटाले गरेको छ, सबैभन्दा मारमा म परेको छु। 

मेरो गिदी अलि बाक्लो रैछ कि क्यो हो, नत्र अस्ती नै झोली–तुम्बा बोकेर खैँजडी बजार हिँडिसक्थे म। बिहान ४ बजेदेखि रातिसम्म सबैले सोध्नुहुन्छ। सोध्नु स्वभाविक पनि हो, सधैं एउटै जवाफ कति दिने? चोर्‍यो अर्कैले, अहिले सबैभन्दा तनावममा म छु। 

अर्थ मन्त्रालयबाट पनि हुँदैन, संघीयबाट पनि हुँदैन, तिमीले  के–के गरेर मिलाउँछौं मिलाउ भन्ने हो भने म वैकल्पिक व्यवस्था अपनाएर भए पनि मिलाउँछु। कि ठीक छ अहिले निकासा दिन नमिल्ने भए पनि तपाईंहरुले लिखित रुपमा भन्नुस् पछि कतै न कतैबाट स्रोत भर्ना गर्ने गरी त्यो वितरण गर्नुस् भन्दा त्यो पनि नदिने। अब म कसरी मिलाउँ?

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्