• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण– चोर ‘ओपन सेक्रेट’ भए पनि प्रमाण छैन !

गाउँपालिका अध्यक्ष भन्छन्: झोली–तुम्बा बाकेर हिँड्ने बेला भइसक्यो
64x64
नारायण अधिकारी बिहीबार, भदौ ३१, २०७८  १८:५७
1140x725

काठमाडौं– नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी भएको ५ महिना बितिसकेको छ। 

अनुसन्धानमा अब्बल मानिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) देखि बागमती प्रदेश प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोलीसम्म अनुसन्धानमा खटिए पनि अहिलेसम्म उक्त चोरी प्रकरणको यर्थाथ चित्र बाहिर आउन सकेको छैन। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताए पनि सीसीटीभी फुटेजमा देखिएका 'चोर'लाई समेत सार्वजनिक गर्न सकेको छैन। 

रकम चोरी भएपछि उक्त वडाका वडासचिव सरिता रावत, करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। उनीहरुविरुद्ध आपराधिक विश्वासघातको कसूरमा समेत मुद्दा चलेको थियो।  त्यति हुँदा समेत चोरी प्रकरण पत्ता लाग्न सकेन। 

उता सरकारी रकम व्यक्तिको नाममा जम्मा गरेको, भत्ता वितरण बैंकबाट गर्नुपर्ने भए पनि नगरेको, एक पटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेको, तत्काल घटनाको जानकारी नदिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई निलम्बन गरेर छानबिन पनि गरेको थियो। 

यसबाट पनि केही नयाँ तथ्य सार्वजनिक हुन सकेन। अहिलेसम्म रहस्यमै रहेको उक्त चोरी प्रकरणका विभिन्न पाटाहरुबारे नेपाल लाइभले खोतल्ने प्रयास गरेको छ। 

कार्यालयमै राखिएको थियो रकम?
गत चैत २४ गते हिमालयन बैंकको त्रिशुली शाखाबाट सामाजिक सुरक्षा भत्ता बापतको ५० लाख रुपैयाँ निकाल्न वडाका सचिव सरिता रावत र करारका सहायक वडासचिव रामकुमार गिरी पुगेका थिए। गाउँपालिकाको सिफारिसमा रकम निकाल्न गएका उनीहरुले हिमालयन बैंकबाट ५० लाख रुपैयाँ निकालेका थिए। 

रकम निकालेपछि सहायक सचिव रामकुमार गिरीले कालो निलो झोलामा रकम राखेर झोला छातीमा भिरेको (पिठ्युमा नभइ अगाडिको भागमा) बैंकको सीसीटीभी फुटेजमा प्रष्ट देखिन्छ।

Ncell 2
Ncell 2

उनीहरुसँगै सामाजिक सुरक्षा भत्ता वापतको रकम निकाल्न वडा नम्बर ३ बाट वडा सहायक सचिव असलीमाया तामाङ पनि पुगेकी थिइन्। उनले पनि ३० लाख रुपैयाँ निकालेर ल्याएकी थिइन्। वडा कार्यालय फर्किने बेला बट्टार बजारमा आइपुगेपछि वडासचिव रावतले कालिका स्टेशनरीमा र स्टेशनरी सामान (पेपर, कैँची) किनेकी थिइन्। बट्टार बजारमा उनले तरकारी समेत किनेकी थिइन्।

त्यतिन्जेल सहायक गिरी रावतको नजरबाट हराएका थिए। साढे ४ बजे कार्यालय पुग्दा कार्यालय सहयोगी निलप्रसाद मिश्र कार्यालयमै थिए। कार्यालयमा रकम बोकिएको भनिएको झोला राखेपछि गिरीले 'तपाईं पनि चाबी राख्नुस्' भनेर वडासचिव रावतलाई दिए। अघिपछि कहिल्यै चाबी नदिए पनि त्यसदिन गिरीले रावतलाई चाबी दिनुले पनि शंका गर्ने ठाउँ भएको अनुसन्धान अधिकारी बताउँछन्।

रावत चाबी लिएर निस्किइन्। रावत कार्यालयबाट निस्किएपछि सहायक गिरी र कार्यालय सहयोगी केहीबेर वडामै बसेको सीसीटीभी फुटेजमा देखिन्छ। भोलिपल्ट रकम बितरण गर्न वडा कार्यालय पुग्दा रकम हुँदैन। 

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए, ‘रकम बोकेको भनिएका मान्छे केही समय नजरबाट हराउनु र भोलिपल्ट रकम नहुनेले कार्यालयमा रकम राखिएको थियो/थिएन भन्ने शंका त हुन्छ, तर तीनै जना भएका बेला रकम राखिएको भनिएकाले रकम कार्यालयमै आइपुगेको भन्ने देखिन्छ।’

प्रहरीले यो पाटोबाट पनि अनुसन्धान गरेको थियो। तर, अहिलेसम्म यसको समेत निष्कर्ष निकाल्न सकेको छैन। 

चोर ‘ओपन सेक्रेट’, प्रमाण शून्य
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले उक्त रकम चोरी प्रकरणमा को संलग्न थिए भन्ने विषयमा एउटा निष्कर्ष समेत निकालेका थिए। ‘अहिले पनि प्रहरी अधिकारीसँग अनौपचारिक कुरा गर्दा 'चोर को हो भन्ने तपाईं, हामी सबैलाई जानकारी नै छ। तर के गर्नु प्रमाण छैन’ भनेर भन्ने गरेको गाउँपालिका अध्यक्ष तामाङ बताउँछन्। 

सीसीटीभी फुटेजको दृश्य

अनुसन्धामा संलग्न एक उच्च अधिकारीले पनि चोरीमा संलग्न व्यक्तिको नजिक प्रहरी पुगेपनि प्रमाणका कारण मुद्दा अघि बढाउन नसकिएको बताए। पुरै नकाब लगाएर चोरी गरे पनि चोरको जीउडाल र संकास्पद व्यक्तिको जीउडाल मिल्ने, अन्य पाटोबाट अनुसन्धान गर्दा ती व्यक्ति नै चोरीमा संलग्न हुनसक्ने प्रहरीको दाबी छ। पक्राउ गरेर पोलिग्राफ परीक्षण गर्दा समेत झुटो बोलेको देखिएको, उक्त कार्यालयसँग परिचित भए जसरी चोरिएको देखिनु, रकम ल्याएर राखेको सबै विवरण थाहा हुनु जस्ता घटनाले संकास्पद ती व्यक्ति नै चोरीमा संलग्न हुने एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई सुनाए। उनी भन्छन्, ‘अहिले पनि हाम्रो संकामा ती व्यक्ति छन्। ती संकास्पद व्यक्तिको नुवाकोटस्थित घर खानतलासी गर्ने सम्मका काम भए पनि केही प्रमाण फेला नपरेकाले मुद्दा चलाउन नसकिएको हो।’

कम्युटर भएको कोठामा छिरेर मनिटर हटाएर प्यासेजमा राखेपछि मात्रै दराजमा भएको कोठामा मान्छे छिरेको भिडियोमा देखिन्छ। सचिवको दराजबाट पैसा झिकेको र हालेको देखिँदैन, तर झोला बोकेर भित्र भएको मान्छे उत्रै झोला बोकेर बाहिर निस्कन्छ। राति चोर्न गएको मान्छे आफ्नै कोठामा पसे जसरी निर्धक्क जुन–जुन ठाउँमा जानुपर्ने हो, नरोकिइ सरार ठाउँको पहिचान गरेर हिँडेको देखिन्छ। यस्ता विषयमा चोरीमा संलग्न हुनेसक्ने व्यक्तिको आकलन प्रहरीले गरे पनि प्रमाण नभएका कारण मुद्दा प्रक्रिया अघि बढाउन सकेको छैन। 

मूल मुद्दामा अझै प्रहरी अलमल 
प्रहरीले यस प्रकरणको एउटा अनुसन्धान टुंग्याएर मुद्दा अदालतमा पुगिसकेको भए पनि मुख्य अनुसन्धान भने हुन बाँकी नै छ। आपराधिक विश्वासघातको अनुसन्धान टुंग्याएर मुद्दा चलाए पनि चोरीको अनुसन्धानै अहिलेसम्म प्रहरीले टुंगोमा पुर्‍याउन सकेको छैन। 

चोरी गर्ने व्यक्तिविरुद्ध अहिलेसम्म चोरीको आरोपमा प्रहरीले अनुसन्धान टुंग्याएर मुद्दा नचलाउँदा सामाजिक सुरक्षा भत्ताका सेवाग्राही मारमा परेको सो गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ बताउँछन्। 

चोरी प्रकरणको अनुसन्धान भने जारी नै रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले नेपाल लाइभलाई बताए। ‘मुख्य विषय नै कसले चोर्‍यो भन्ने हो। चोरीको अनुसन्धान भने अहिलेसम्म टुंगोमा पुगेको छैन हामी लागिरहेका छौं,’ एसपी कार्कीले नेपाल लाइभसँग भने। 

जिम्मेवारी राम्रोसँग बहन गर्न नसकेको ३ कर्मचारीलाई आरोप
जसको जिम्मेवारीमा उक्त रकम हुनुपर्ने हो उनीहरुले नै राम्रोसँग जिम्मेवारी वहन गर्न नसकेको भन्दै तीन जना कर्मचारीलाई पक्राउ गरेर प्रहरीले त्यसबेला मुद्दा चलाएको थियो। 

जिम्मेवारी वहन गर्न नसकेको भन्दै वडाका वडासचिव सरिता रावत, करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। पछि उनीहरुलाई आपराधिक विश्वासघातको कसूरमा प्रहरीले मुद्दा चलाएको थियो। उक्त मुद्दामा रावतलाई ३ लाख धेरौटीमा र बाँकी २ जना ५/५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

मुलुकी अपराध संहिताको दफा २५२ मा आपराधिक विश्वासघातको बारेमा उल्लेख गरिएको छ।  जसमा अर्काको कुनै कारोबारो गर्ने जिम्मा लिएको वा कानुनी कर्तव्य पालन गर्नुपर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोबारका सम्बन्धमा अर्काको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिले आफू वा अरू कसैलाई फाइदा पुर्‍याउनका लागि आफ्नो कर्तव्य विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानी नोक्सानी वा क्षति पुर्‍याएमा पनि विश्वासघात हुने उल्लेख गरिएको छ। 

त्यस्तै, कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा  प्रतिनिधिका हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानुनी कर्तव्य भएको व्यक्तिले विश्वासघात गरेमा यो दफा आकर्षित हुन्छ।

गाउँपालिका अध्यक्ष भन्छन्: गिदी बाक्लो भएर मात्रै हो, नत्र झोली–तुम्बा बाकेर हिँड्ने बेला भइसक्यो
चोरीको घटना घटेको ५ महिना बितिसक्यो। त्यसयता सेवाग्राहीले भत्ता पाएका छैनन्। यसका लागि संघीय मामिला मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म कुराकानी भएपनि कुनै पहल हुन सकेको छैन। 

संघीय मामिला र अर्थका अधिकारीको कुरा एउटै छ– मुद्दा अदालतमा बिचाराधीन रहेकाले केही समय हेरौं, रिजल्ट के आउँछ, त्यसपछि विवरणको व्यवस्था मिलाइन्छ। अहिले भत्ता वितरण गर्नुस् भनेर भन्न सक्दैनौं भन्ने जवाफ आएको छ। 

यता प्रशासनले आपराधिक विश्वासघातको मुद्दा अघि बढाएको छ। अहिलेसम्म उक्त मुद्दा टुंगोमा पनि पुगेको छैन। अदालत भने प्रोसेस अघि बढिरहेको भन्छ। 

गाउँपालिका अध्यक्ष तामाङ

उता स्थानीयहरु अध्यक्षज्यू खोई कहाँ पुग्यो अनुसन्धान, भत्ता कहिले आउँछ? भन्नुहुन्छ। चोर कहिले पत्ता लाग्छ भनेर सोध्नुहुन्छ। मुद्दा अघि किन बढेन भन्नुहुन्छ। प्रहरीले अहिलेसम्म यसले चारेको हो भनेर मुद्दा लान सकेको छैन। मेन मुद्दामा विषय अड्एिको छ। 

वैकल्पिक उपाय अपनाएर भएर पनि सामाजिक सुरक्षा भत्ता जस्तो कुरा दिनुपर्छ भनेका छौं। सेवाग्राहीहरु एकदमै पीडामा हुनुहुन्छ। कतिपयको त दैनिकी त्यही भत्ताबाट चलेको अवस्था पनि थियो। त्यसकारण पनि उहाँहरुलाई समस्या छ। उता अर्थ मन्त्रालय भने पैसा त चोरसँग असुल–उपर गर्ने हो नि भन्छ। ल चोरसँग असुल–उपर गर्ने मैले मानेँ। तर, चोर को हो त? प्रहरीले भन्दिनु पर्‍यो नि। चोर को हो भन्ने त ओपन सेक्रेट नै भन्छन् प्रहरी। तर, प्रमाण पुग्दैन भन्छन्। प्रष्ट छ भन्नु हुन्छ, प्रष्ट भएको भए त सार्वजनिक हुनुपर्थ्यो। 

प्रशासनलाई सोध्यो एउटाले अर्कालाई देखाउने अर्काले आर्कालाई देखाउने काम भएको छ। बाटोमा हिँड्यो, कतै भेट्यो कि जनताले भत्ता कहिले आउँछ? भनेर मलाई सोध्नुहुन्छ। सोध्नु स्वभाविक पनि हो। जवाफ दिने ठाउँमा म बसेको छु। मैले जवाफ दिनै पर्छ। भएको कुरा यस्तो भएको छ भनेर मैले त भन्नै पर्‍यो। बद्‌मासी एउटाले गरेको छ, सबैभन्दा मारमा म परेको छु। 

मेरो गिदी अलि बाक्लो रैछ कि क्यो हो, नत्र अस्ती नै झोली–तुम्बा बोकेर खैँजडी बजार हिँडिसक्थे म। बिहान ४ बजेदेखि रातिसम्म सबैले सोध्नुहुन्छ। सोध्नु स्वभाविक पनि हो, सधैं एउटै जवाफ कति दिने? चोर्‍यो अर्कैले, अहिले सबैभन्दा तनावममा म छु। 

अर्थ मन्त्रालयबाट पनि हुँदैन, संघीयबाट पनि हुँदैन, तिमीले  के–के गरेर मिलाउँछौं मिलाउ भन्ने हो भने म वैकल्पिक व्यवस्था अपनाएर भए पनि मिलाउँछु। कि ठीक छ अहिले निकासा दिन नमिल्ने भए पनि तपाईंहरुले लिखित रुपमा भन्नुस् पछि कतै न कतैबाट स्रोत भर्ना गर्ने गरी त्यो वितरण गर्नुस् भन्दा त्यो पनि नदिने। अब म कसरी मिलाउँ?

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भरपर्दो सुरक्षा योजनाका साथ प्रहरी परिचालन गर्न महानिरीक्षक कार्कीको निर्देशन बिहीबार, माघ ८, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य बिहीबार, माघ ८, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्