काठमाडौं- संगीत रोयल्टी संकलन समाजको अध्यक्षमा पुनः सुरेश अधिकारीलाई चयन गरिएको छ। बुधबार आयोजित समाजको १२औं साधारण सभाले निर्वतमान अध्यक्ष अधिकारीलाई नै पुनः अध्यक्ष पदमा चयन गरेको हो।
बुधबार काठमाडौंमा आयोजिक समाजको साधारण सभामार्फत् अधिकारी तेस्रो कार्यकालका लागि समाजको अध्यक्षमा चयन भएका हुन्। अधिकारीले आफ्नो आगामी कार्यकालमार्फत् रोयल्टी विकास बोर्ड गठनमा जोड दिने र रोयल्टी मापदण्ड निर्धारण गर्नमा जोड दिने बताएका छन्।
साधारण सभामार्फत् चन्द्र शर्मा, बी पाण्डे, सुवास रेग्मी, सुजन लम्साल, बिमल अधिकारी गीतकारतर्फबाट सदस्यमा चयन भएका छन् भने संगीतकारतर्फबाट वसन्त सापकोटा, पीएन सापकोटा, शिरिष देवकोटा, रामु खड्का, राजेन्द्रकुमार कार्की लगायत चुनिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।