काठमाडौं- काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको जिप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
मन्थली नगरपालिका-६ हात्तीसारमा बिहीबार बिहान जिप दुर्घटना हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको र एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रापेछापका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले बताए।
प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको बोलेरो जिपत सडकबाट ६-७ सय मिटर तल खस्दा ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु प्रहरीले जनाएको छ। मृतकमध्ये एकजनाको सनाखत भएको छैन।
दुर्घटनामा घाइते १२ वर्षीय बालक पेम्बा शेर्पालाई उद्धार गरी थप उपचारका लागि काठमाडौं रेफर गरिएको इन्स्पेक्टर श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।