काठमाडौं– संखुवासभा घटनामा हत्या भएकी रञ्जना कार्कीकाे माेबाइल फेला परेको छ। एकै परिवारका ६ जनाको हत्या भएकाे मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारकी बुहारी रञ्जनाको मोबाइल फेला परेको छ।
हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जनाको मोबाइलसमेत हराएको थियो। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले हत्या आरोपी लोकबहादुर कार्कीकै घरबाट उनको मोबाइल बरामद गरेको छ।
एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ शनिबार परेका लोकबहादुरलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।