काठमाडौं– चाडपर्वलाई लक्षित गरी अन्तरिक उडानतर्फ अग्रमि टिकट बुकिङ खुला गरिने भएको छ।
यात्रुको सहजताका लागि वायुसेवा सञ्चालक संघले असोज पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको हो। आगमी शुक्रबार बैठक बसेर यससम्बन्धी निर्णय गरिने संघका प्रवक्ता योगराज कँडेलले बताए।
दसैं, तिहार तथा छठ पर्वका अवसरमा उपत्यका छाड्ने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको प्रवक्ता कँडेलको भनाइ छ।
शुक्रबारको बैठकले विभिन्न गन्तव्यमा उडान थप्ने तथा बुकिङ खुला गर्ने मितिबारे निर्णय गर्ने उनले बताए।
हाल आन्तरिक उडानतर्फ १३ कम्पनीका ४८ जहाजले उडान भर्दै आएका छन्। दैनिक १५० भन्दा बढी नियमित उडान हुँदै आएकोमा चाडपर्वका अवसरमा यात्रुको चाप उच्च देखिने हुँदा उडान थप्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।