• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ३०, २०८२ Thu, Oct 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा खगराजलाई चुनौती : माओवादी केन्द्रलाई उठाउने, आफू उदाउने

64x64
वीरेन्द्र ओली बिहीबार, भदौ ३१, २०७८  ०९:०५
1140x725

काठमाडौं- नेकपा एमालेमा भीम रावल र लेखराज भट्टको 'लडाइँ' जारी छ। दुवै नेताले आफूलाई सुदूरपश्चिमको इन्चार्जको रुपमा प्रस्तुत गरिरहेका छन्। हुन त एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्ट नै इन्चार्ज भएको प्रष्ट बताइसकेका छन्। तर, आफूमाथि अन्याय भएको भन्दै रावलले इन्चार्ज बन्ने प्रयास जारी राखेका छन्। दुवैको प्रतिष्ठाको विषय भएको यो सन्दर्भको निष्कर्ष कहिले निस्किने हो, टुंगो छैन।

भट्ट माओवादी परित्याग गरी एमाले प्रवेश गरेका हुन्। एमालेमा उनका कारण जस्तो सकस निम्तिएको भएपनि माओवादी केन्द्रका एक जना नेता खगराज भट्टलाई भने हाइसन्चो भएको छ। लेखराज भट्ट माओवादी केन्द्रमै रहँदा अन्तरसंघर्ष गर्नुपरेका खगराजलाई अहिले अगाडि बढ्ने बाटो मात्रै खुलेको छैन, सुदूरपश्चिममा माओवादी केन्द्रलाई फुलाउने र फलाउने जिम्मेवारीको नेतृत्व गर्ने अवसर पनि प्राप्त भएको छ।

सधैं लेखराजसँग आफ्नो हिस्सेदारी र अस्तित्व रक्षाका लागि संघर्ष गरेका खगराजले सो प्रदेशमा माओवादी केन्द्रलाई उठाउन सक्छन् कि सक्दैनन् भन्ने मूल्यांकन गर्ने क्रम सुरु भइसकेको छ। उनको सफलताले सो क्षेत्रमा माओवादीलाई बलियो बनाउने, लेखराजको अभाव पूर्ति गर्ने र उनैलाई राष्ट्रिय छवि दिलाउने छ।

लेखराज छँदा सुदूरपश्चिममा माओवादीभित्र दुई गुट सक्रिय थिए। उनी बाहिरिएसँगै त्यो तीन गुट बनेको छ। गुटहरुको व्यवस्थापन नै खगराजको प्रारम्भिक चुनौती हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशी, बिना मगर, तारामान स्वाँर, देवीलाल चौधरी लगायतका एक टोलीले उनलाई इन्चार्ज हुनबाटै रोक्ने प्रयास गरेका थिए।

उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रुपमै ध्यानाकर्षण समेत गराएका थिए। प्रदेश इन्चार्ज जोशी र प्रदेश अध्यक्ष मगरलाई बनाएर मात्रै अन्य नेताहरुको व्यवस्थापन गरिनुपर्ने उनीहरुको माग थियो।

तर, प्रचण्डले उनीहरुको माग सुनेनन्। भदौ ६ मा माओवादी केन्द्रले निर्णय नै गरेर खगराजलाई सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी दिएको छ। सहिद परिवारका र लेखराजलाई टक्कर दिने नेता भएकाले प्रचण्डले उनलाई नै रोजेका खगराजनिकट एक नेता बताउँछन्।

खगराजको साथमा वीरमान चौधरी, रेणु चन्द तथा शरदसिंह भण्डारी जस्ता नेताहरु छन्। उनीसँग असन्तुष्ट गुटहरु पनि छन्। एउटा गुटमा मुख्यमन्त्री त्रिलोचन भट्ट, बिना मगर र तारामान स्वाँर लगायत छन्। त्यो गुट सिधै प्रचण्डसँग जोडिएकाले त्यसलाई उनले सन्तुष्ट बनाउनुपर्ने हुन्छ। अर्को गुटमा मोहन वैद्यबाट असन्तुष्ट भई आएका लक्ष्मणदत्त जोशी, देवीलाल चौधरी, नेपबहादुर चौधरी, रुपा चौधरी लगायतका छन्। खगराजले भने प्रदेशमा सामान्य गुटबन्दी भएपनि देखिनेगरी कुनै असन्तुष्टि नभएको जिकिर गरे।

तर, केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशीले भर्खरै खगराज इन्चार्ज भएर आएकाले मूल्यांकन गर्ने बेला नभएको बताए। 'उहाँ भर्खर इन्चार्ज भएर आउनुभएको छ। उहाँको व्यवहार र कार्यशैलीलाई कसरी अगाडि बढाउनुहुन्छ। त्यसमै भर पर्छ', उनले भने, 'सानो गुटमा रमाएर सबैलाई समेट्न सक्नुभएन भने चुनौतीपूर्ण हुनेछ। त्यो सबै उहाँलाई थाहा छ। उहाँले सबैलाई सबैलाई समेट्नुको विकल्प छैन।'

Ncell 2
Ncell 2

सुदूरपश्चिम प्रदेश कमिटीमा विवाद भएकाले अहिले इन्चार्ज मात्रै तोकिएको छ, अन्य पदाधिकारी रिक्त छन्। पछि पदपूर्ति हुने नेताहरुको साथमा उनले प्रदेशको नेतृत्व गर्नुपर्ने छ। आफैं अन्तर्मुखी स्वभावका खगराजलाई पार्टीलाई बाहिरसम्म फैलाउनुपर्ने छ।

लेखराज एमाले प्रवेश गरे पनि माओवादीको जनाधारमा कुनै प्रभाव नपरेको खगराजको भनाइ छ। ‘हामीले सुदूरपश्चिममा माओवादी केन्द्र भनेका नै लेखराज हुन् भन्नेगरि स्थापित गर्‍यौं। पब्लिक रुपमा उहाँलाई देखिने फेसको रुपमा स्थापित गर्‍यौं। उहाँ नहुँदा देखाउन फेसमा केही असर त पर्ला नै', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‍‘तर, सांगठिनक रुपमा उहाँ नहुँदा पनि असर परेको छैन। बरु हिजोसम्म उहाँका कारण असन्तुष्ट नेताहरु थपिनेक्रम बढ्दै गएको पार्टीका साथीहरुले रिर्पोटिङ गर्नुभएको छ।’  

लेखराज हुँदा पनि पार्टी संगठनका लागि आफूहरुले भूइँतहमा काम गरेकाले उनी नहुँदा पनि असर नदेखिने खगराजको दाबी छ।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रकै मुख्यमन्त्री त्रिलोचन भट्टले नेतृत्व गरिरहेका छन्। प्रदेश सभामा माओवादीका १३ सिट छ। माओवादी केन्द्रका झपटबहादुर बोहरा एमाले प्रवेश गरेका थिए।

लेखराज र शेरबहादुरबाट पिल्सिएका नेता
अध्ययनशील, राम्रो वाककला भएको र जनतामा भिजेका नेता मानिन्छन्, खगराज। २०५० सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका उनी माओवादी केन्द्रको नेतृत्वमा सञ्चालित 'जनयुद्ध'मा सहभागी हुने भएपछि भूमिगत पनि भएका थिए। 'जनयुद्ध' सुरु भएको केही दिनमै अर्थात् २०५२ फागुन २४ गते उनी पक्राउ परेका थिए। उनी ९ महिना १४ दिन जेल परेका थिए। जेलबाट छुटे लगत्तै उनी थप सक्रिय भएर लागे।

खगराज २०५८ सालमा डडेलधुराका जिल्ला सचिव, २०५९ सालमा जिल्ला इन्चार्ज र २०६० सालमा केन्द्रीय सदस्य भएका थिए।

'जनयुद्ध' कालमै उनले जेठा दाजु जयराज भट्टलाई गुमाएका थिए। खगराजले राजनीतिक जीवनको प्रेरणा ठान्ने उनका बझाङ-बाजुरा जिल्ला इन्चार्ज हुँदा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो। उनको हत्या नभएको भए सुदूरपश्चिमको नेता लेखराज नभएर जयराज हुने माओवादीकै नेताहरु बताउँछन्।

तत्कालीन माओवादीमा प्रचण्ड र बाबुराम भट्टराईबीच दुईलाइन संघर्ष देखिन थालेपछि उनी बाबुरामतिर लागेका थिए। लेखराज भने प्रचण्ड निकट थिए। पार्टीका फरकफरक दुई शीर्ष नेतानिकट रहेकाले सुदूरपश्चिमका यी दुई नेताबीच पनि अन्तरसंघर्ष देखिन थाल्यो। पार्टी अध्यक्ष निकट भएका र प्रोफाइलमा पनि माथि रहेका लेखराजको दबदबामा परे खगराज। तर, बाबुरामले माओवादी छाडेपछि पनि उनले भने छाडेनन्। तैपनि अन्तरसंघर्ष रोकिएन।

‘मैले लेखराजसँग स्थानीय तह र प्रदेशको निर्वाचनको आर्थिक पारदर्शिता, संघीय र प्रदेश सरकारमा मन्त्री कसलाई पठाउने भन्ने विषयमा कुरा उठाइरहेँ', उनले भने, ‘उहाँले आर्थिक रुपमा पारदर्शी नहुने, पार्टीले गरेको निर्णयभन्दा पनि आफूले भनेको नेता मन्त्री हुनुपर्छ भन्ने र केही पात्रलाई सिध्याउँछु भन्ने प्रवृत्ति बोकेर हिँड्नुभयो। मैले बिना कारण कसैलाई पनि सिध्याउन पाइँदैन भन्ने कुरा राख्थेँ।'

आफूले लेखराजको विचार र प्रवृत्ति विरुद्धको लडाइँ लडेको खगराज बताउँछन्।

अर्कोतिर, उनी कांग्रेस सभापति शेरबहादुर देउवाको पनि छायाँमा परे। आमनिर्वाचनमा उनको प्रतिस्पर्धा देउवासँग हुन्थ्यो। माओवादीले भाग लिएको तीनवटै निर्वाचनमा उनी देउवासँगै पराजित भए।

पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै पराजित भएका थिए। त्यतिबेला देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए। दोस्रो संविधान सभाको निर्वाचनमा भने मतान्तर थप फराकिलो भयो। त्यतिबेला देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए।

२०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट भाग लिएकाले खगराजले चुनौती त दिएका थिए। तर, जित त भएन नै, मतान्तरमा पनि सुधार आउन सकेन। स्थानीय तहको पार्टीगत मतलाई मूल्यांकन गर्न देउवाको भन्दा खगराजको अवस्था बलियो देखिन्थ्यो। तर, देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भए। 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ : प्रचण्ड धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाटमा उनले केपी ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्ने बताए । उनले भने, ‘केपी ओली नेत... बुधबार, असोज २९, २०८२
भदौ २४ को विध्वंसबारे पहिल्यै थाहा नपाएको होइन, तर रोक्न सकिएन : ओली बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा उनले त्यस्ता हुन सक्ने घटनाबारे थाहा नभएको भन्नु गलत भएको बताए । बुधबार, असोज २९, २०८२
एमालेको ११औं महाधिवेशन मंसिर २७-२९ मा गर्ने प्रस्ताव अध्यक्ष ओलीले आज गरेको प्रस्ताव तीनदिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ । अहिले ओलीको प्रस्तावमाथि छलफल ब... बुधबार, असोज २९, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चले गर्‍यो रिट दर्ता, कात्तिक १२ गते पेसी बुधबार, असोज २९, २०८२
ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ : प्रचण्ड बुधबार, असोज २९, २०८२
भदौ २४ को विध्वंसबारे पहिल्यै थाहा नपाएको होइन, तर रोक्न सकिएन : ओली बुधबार, असोज २९, २०८२
एमालेको ११औं महाधिवेशन मंसिर २७-२९ मा गर्ने प्रस्ताव बुधबार, असोज २९, २०८२
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
राष्ट्र बैंकले यो वर्ष तिहारमा सुनको सिक्का वितरण नगर्ने , चाँदी नियमित रुपमा वितरण गरिदै मंगलबार, असोज २८, २०८२
राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्