• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिममा खगराजलाई चुनौती : माओवादी केन्द्रलाई उठाउने, आफू उदाउने

64x64
वीरेन्द्र ओली बिहीबार, भदौ ३१, २०७८  ०९:०५
1140x725

काठमाडौं- नेकपा एमालेमा भीम रावल र लेखराज भट्टको 'लडाइँ' जारी छ। दुवै नेताले आफूलाई सुदूरपश्चिमको इन्चार्जको रुपमा प्रस्तुत गरिरहेका छन्। हुन त एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्ट नै इन्चार्ज भएको प्रष्ट बताइसकेका छन्। तर, आफूमाथि अन्याय भएको भन्दै रावलले इन्चार्ज बन्ने प्रयास जारी राखेका छन्। दुवैको प्रतिष्ठाको विषय भएको यो सन्दर्भको निष्कर्ष कहिले निस्किने हो, टुंगो छैन।

भट्ट माओवादी परित्याग गरी एमाले प्रवेश गरेका हुन्। एमालेमा उनका कारण जस्तो सकस निम्तिएको भएपनि माओवादी केन्द्रका एक जना नेता खगराज भट्टलाई भने हाइसन्चो भएको छ। लेखराज भट्ट माओवादी केन्द्रमै रहँदा अन्तरसंघर्ष गर्नुपरेका खगराजलाई अहिले अगाडि बढ्ने बाटो मात्रै खुलेको छैन, सुदूरपश्चिममा माओवादी केन्द्रलाई फुलाउने र फलाउने जिम्मेवारीको नेतृत्व गर्ने अवसर पनि प्राप्त भएको छ।

सधैं लेखराजसँग आफ्नो हिस्सेदारी र अस्तित्व रक्षाका लागि संघर्ष गरेका खगराजले सो प्रदेशमा माओवादी केन्द्रलाई उठाउन सक्छन् कि सक्दैनन् भन्ने मूल्यांकन गर्ने क्रम सुरु भइसकेको छ। उनको सफलताले सो क्षेत्रमा माओवादीलाई बलियो बनाउने, लेखराजको अभाव पूर्ति गर्ने र उनैलाई राष्ट्रिय छवि दिलाउने छ।

लेखराज छँदा सुदूरपश्चिममा माओवादीभित्र दुई गुट सक्रिय थिए। उनी बाहिरिएसँगै त्यो तीन गुट बनेको छ। गुटहरुको व्यवस्थापन नै खगराजको प्रारम्भिक चुनौती हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशी, बिना मगर, तारामान स्वाँर, देवीलाल चौधरी लगायतका एक टोलीले उनलाई इन्चार्ज हुनबाटै रोक्ने प्रयास गरेका थिए।

उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रुपमै ध्यानाकर्षण समेत गराएका थिए। प्रदेश इन्चार्ज जोशी र प्रदेश अध्यक्ष मगरलाई बनाएर मात्रै अन्य नेताहरुको व्यवस्थापन गरिनुपर्ने उनीहरुको माग थियो।

तर, प्रचण्डले उनीहरुको माग सुनेनन्। भदौ ६ मा माओवादी केन्द्रले निर्णय नै गरेर खगराजलाई सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी दिएको छ। सहिद परिवारका र लेखराजलाई टक्कर दिने नेता भएकाले प्रचण्डले उनलाई नै रोजेका खगराजनिकट एक नेता बताउँछन्।

खगराजको साथमा वीरमान चौधरी, रेणु चन्द तथा शरदसिंह भण्डारी जस्ता नेताहरु छन्। उनीसँग असन्तुष्ट गुटहरु पनि छन्। एउटा गुटमा मुख्यमन्त्री त्रिलोचन भट्ट, बिना मगर र तारामान स्वाँर लगायत छन्। त्यो गुट सिधै प्रचण्डसँग जोडिएकाले त्यसलाई उनले सन्तुष्ट बनाउनुपर्ने हुन्छ। अर्को गुटमा मोहन वैद्यबाट असन्तुष्ट भई आएका लक्ष्मणदत्त जोशी, देवीलाल चौधरी, नेपबहादुर चौधरी, रुपा चौधरी लगायतका छन्। खगराजले भने प्रदेशमा सामान्य गुटबन्दी भएपनि देखिनेगरी कुनै असन्तुष्टि नभएको जिकिर गरे।

तर, केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशीले भर्खरै खगराज इन्चार्ज भएर आएकाले मूल्यांकन गर्ने बेला नभएको बताए। 'उहाँ भर्खर इन्चार्ज भएर आउनुभएको छ। उहाँको व्यवहार र कार्यशैलीलाई कसरी अगाडि बढाउनुहुन्छ। त्यसमै भर पर्छ', उनले भने, 'सानो गुटमा रमाएर सबैलाई समेट्न सक्नुभएन भने चुनौतीपूर्ण हुनेछ। त्यो सबै उहाँलाई थाहा छ। उहाँले सबैलाई सबैलाई समेट्नुको विकल्प छैन।'

nimb
nimb

सुदूरपश्चिम प्रदेश कमिटीमा विवाद भएकाले अहिले इन्चार्ज मात्रै तोकिएको छ, अन्य पदाधिकारी रिक्त छन्। पछि पदपूर्ति हुने नेताहरुको साथमा उनले प्रदेशको नेतृत्व गर्नुपर्ने छ। आफैं अन्तर्मुखी स्वभावका खगराजलाई पार्टीलाई बाहिरसम्म फैलाउनुपर्ने छ।

लेखराज एमाले प्रवेश गरे पनि माओवादीको जनाधारमा कुनै प्रभाव नपरेको खगराजको भनाइ छ। ‘हामीले सुदूरपश्चिममा माओवादी केन्द्र भनेका नै लेखराज हुन् भन्नेगरि स्थापित गर्‍यौं। पब्लिक रुपमा उहाँलाई देखिने फेसको रुपमा स्थापित गर्‍यौं। उहाँ नहुँदा देखाउन फेसमा केही असर त पर्ला नै', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‍‘तर, सांगठिनक रुपमा उहाँ नहुँदा पनि असर परेको छैन। बरु हिजोसम्म उहाँका कारण असन्तुष्ट नेताहरु थपिनेक्रम बढ्दै गएको पार्टीका साथीहरुले रिर्पोटिङ गर्नुभएको छ।’  

लेखराज हुँदा पनि पार्टी संगठनका लागि आफूहरुले भूइँतहमा काम गरेकाले उनी नहुँदा पनि असर नदेखिने खगराजको दाबी छ।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रकै मुख्यमन्त्री त्रिलोचन भट्टले नेतृत्व गरिरहेका छन्। प्रदेश सभामा माओवादीका १३ सिट छ। माओवादी केन्द्रका झपटबहादुर बोहरा एमाले प्रवेश गरेका थिए।

लेखराज र शेरबहादुरबाट पिल्सिएका नेता
अध्ययनशील, राम्रो वाककला भएको र जनतामा भिजेका नेता मानिन्छन्, खगराज। २०५० सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका उनी माओवादी केन्द्रको नेतृत्वमा सञ्चालित 'जनयुद्ध'मा सहभागी हुने भएपछि भूमिगत पनि भएका थिए। 'जनयुद्ध' सुरु भएको केही दिनमै अर्थात् २०५२ फागुन २४ गते उनी पक्राउ परेका थिए। उनी ९ महिना १४ दिन जेल परेका थिए। जेलबाट छुटे लगत्तै उनी थप सक्रिय भएर लागे।

खगराज २०५८ सालमा डडेलधुराका जिल्ला सचिव, २०५९ सालमा जिल्ला इन्चार्ज र २०६० सालमा केन्द्रीय सदस्य भएका थिए।

'जनयुद्ध' कालमै उनले जेठा दाजु जयराज भट्टलाई गुमाएका थिए। खगराजले राजनीतिक जीवनको प्रेरणा ठान्ने उनका बझाङ-बाजुरा जिल्ला इन्चार्ज हुँदा तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो। उनको हत्या नभएको भए सुदूरपश्चिमको नेता लेखराज नभएर जयराज हुने माओवादीकै नेताहरु बताउँछन्।

तत्कालीन माओवादीमा प्रचण्ड र बाबुराम भट्टराईबीच दुईलाइन संघर्ष देखिन थालेपछि उनी बाबुरामतिर लागेका थिए। लेखराज भने प्रचण्ड निकट थिए। पार्टीका फरकफरक दुई शीर्ष नेतानिकट रहेकाले सुदूरपश्चिमका यी दुई नेताबीच पनि अन्तरसंघर्ष देखिन थाल्यो। पार्टी अध्यक्ष निकट भएका र प्रोफाइलमा पनि माथि रहेका लेखराजको दबदबामा परे खगराज। तर, बाबुरामले माओवादी छाडेपछि पनि उनले भने छाडेनन्। तैपनि अन्तरसंघर्ष रोकिएन।

‘मैले लेखराजसँग स्थानीय तह र प्रदेशको निर्वाचनको आर्थिक पारदर्शिता, संघीय र प्रदेश सरकारमा मन्त्री कसलाई पठाउने भन्ने विषयमा कुरा उठाइरहेँ', उनले भने, ‘उहाँले आर्थिक रुपमा पारदर्शी नहुने, पार्टीले गरेको निर्णयभन्दा पनि आफूले भनेको नेता मन्त्री हुनुपर्छ भन्ने र केही पात्रलाई सिध्याउँछु भन्ने प्रवृत्ति बोकेर हिँड्नुभयो। मैले बिना कारण कसैलाई पनि सिध्याउन पाइँदैन भन्ने कुरा राख्थेँ।'

आफूले लेखराजको विचार र प्रवृत्ति विरुद्धको लडाइँ लडेको खगराज बताउँछन्।

अर्कोतिर, उनी कांग्रेस सभापति शेरबहादुर देउवाको पनि छायाँमा परे। आमनिर्वाचनमा उनको प्रतिस्पर्धा देउवासँग हुन्थ्यो। माओवादीले भाग लिएको तीनवटै निर्वाचनमा उनी देउवासँगै पराजित भए।

पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै पराजित भएका थिए। त्यतिबेला देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए। दोस्रो संविधान सभाको निर्वाचनमा भने मतान्तर थप फराकिलो भयो। त्यतिबेला देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए।

२०७४ सालको चुनावमा वाम गठबन्धनका तर्फबाट भाग लिएकाले खगराजले चुनौती त दिएका थिए। तर, जित त भएन नै, मतान्तरमा पनि सुधार आउन सकेन। स्थानीय तहको पार्टीगत मतलाई मूल्यांकन गर्न देउवाको भन्दा खगराजको अवस्था बलियो देखिन्थ्यो। तर, देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भए। 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय यी केन्द्रबाट आइतबार मात्रै ३, ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्रीको सचिलायले जनाएको छ । सचिवालयका अनुसार न... आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढी : प्रधानमन्त्रीले दिए पाँचौं दिनको रिपोर्ट, सरकारले गरेका आठ बुँदे कामको फेसबूकबाट प्रचार उनले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट पाँचौं दिनसम्म आइपुग्दा बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेका कामकारबाहीबारे जान... आइतबार, भदौ १४, २०८३
बालेन सरकारबारे बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिले गरे रविसँग गुनासाे छलफलमा प्रभावित जिल्लाका प्रतिनिधिहरुले सरकार र प्रधानमन्त्रीको कामकारबाहीबारे सभापति लामिछानेसँग गुनासो पोखेका छन् । आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितका लागि रसुवा–नुवाकोटमा २६ राहत केन्द्र, ३ हजार ४५४ जनाले पाए आश्रय आइतबार, भदौ १४, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? आइतबार, भदौ १४, २०८३
त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी आइतबार, भदौ १४, २०८३
नाडा अटो शो २०२६ सम्पन्न, यी हुन पाँच उत्कृष्ट स्टल आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्