काठमाडौं– आपसी विवादमा भक्तपुरमा एक व्यक्तिले छुराले हानेर आफ्नै छोराका हत्या गरेका छन्।
चाँगुनारायण नगरपालिका–५ खरीपाटी घर भई कमलबिनायक बस्ने ३५ बर्षीय पहलमान गिरीले छोराको हत्या गरेका हुन्।
उनले १२ बर्षीय छोरा प्रतिक गिरिलाई छुरी प्रहार गरेका हुन्। पारिवारीक झगडामा उनले छुरा हानेका हुन्। भक्तपुर अस्पताल हुदै थप उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
पहलमानलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।