फाइल तस्बिर
काठमाडौं- पर्यटन सम्बद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन्।
कोरोना संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा कामविहीन भएका होटल पर्यटन क्षेत्रका मजदुर श्रमिकले काम पाउने भएका हुन्। यूएनडीपीको सहयोगमा पर्यटन बोर्ड र होटल संघ नेपालले पर्यटकीय स्थलको सरसफाइ, रङरोगन गर्ने काम दिएर श्रमिक मजदुरलाई अल्पकालीन रोजगारी दिन लागेका हुन्।
होटल संघ नेपालले आइतबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी भाग सफा गर्ने कामको सुरुआत गरेको छ। दैनिक एक हजारको दरले रकम पाउनेगरी ४० दिनको रोजगारी दिन लागिएको होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले बताए।
यता, मजदुर संगठनका प्रतिनिधिले बेरोजगार बसेका श्रमिका मजदुरले चाडवाडको मुखमा थोरै भए पनि आर्थिकउपार्जन हुने रोजगारी पाउनु खुसीको कुरा भएको बताए।
यो अल्पकालीन रोजगारीबाट करिब पाँच हजार जना श्रमिक मजदुर प्रत्यक्ष लाभान्वित हुने बताइएको छ। यस कार्यक्रममा पर्यटन सम्बद्ध सबै क्षेत्रका संघसंस्था छाता संगठनले आ-आफ्ना क्षेत्रका मजदुर, श्रमिकलाई काम लगाउन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।