काठमाडौं- निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय बाहन 'निसान लिफ' अब काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ।
नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निसान लिफको टेस्ट ड्राइभका लागि यही भदौ २८ गते (सोमबार)देखि असोज ४ गतेसम्म 'निसान लिफ टेस्ट ड्राइभ सप्ताह' सञ्चालन गर्न लागेको जानकारी दिएको छ।
यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मूल्यांकन सुविधा तथा वित्तपोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कुरा कम्पनीले जानकारी दिएको छ। यो टेस्ट ड्राइभ सप्ताह यही भदौ २८ गतेदेखि असोज ४ गतेसम्म निसान कम्पनीको काठमाडौंमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजेदेखि सुरु हुने कम्पनीको भनाइ छ।
'अहिलेको परिस्थितिमा निसान कम्पनीले एउटा वातावरणमैत्री सवारीसाधनलाई नेपाल प्रवेश गराउनुलाई ग्राहकवर्गहरुले एउटा सराहनीय कदमको रुपमा लिएको छ। नेपाल भित्रिनुभन्दा पहिले नै यो गाडीको विश्वभर १० वर्षभन्दा बढी परीक्षण भइसकेको छ। यस अवधिमा विश्वमा पाँच लाखभन्दा बढी निसान लिफ बिक्री भइसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमिटरको यात्रा तय गरिसकेको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निसान लिफ नेपालमा ११ आकर्षक रङहरुमा उपलब्ध छ। यस गाडीको चार ड्राइभिङ मोड तथा विश्वस्तरीय सुरक्षा मापदण्डहरु (एबीएस, ईबीडी तथा बीए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ। यस गाडीको ब्याट्रीमा कम्पनीले आठ वर्षको वारेण्टी प्रदान गरिरहेको छ जुन कुनै पनि अरु गैरद्युतीय गाडीको तुलनामा ग्राहकहरुलाई धेरै किफायती सावित हुनेछ।
'निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमिसम्मको दूरी तय गर्न सक्छ। यसको इलेक्ट्रिक मोटरले १५० पीएस र ३२० एनएम टोर्क प्रदान गर्दछ। त्यसैगरी निसान लिफ ० देखि १०० किमि प्रतिघण्टा ७.५ सेकेन्डमा जानसक्छ। र, यसको अधिकतम गति १४० किमि प्रतिघण्टा छ,' कम्पनीले भनेको छ।
नेपालमा एउटा अत्याधुनिक तथा वातावरणमैत्री सवारीसाधन चलाउन इच्छुक ग्राहकका लागि कम्पनीले निसान लिफ ५९.९९ लाखमा उपलब्ध गराइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।