काठमाडौं- बलिउड अभिनेता डिनो मोरियाले ‘द एम्पायर’ वेब सिरिजमार्फत् कमब्याक गरेका छन्। एक दशकभन्दा लामो समय हिन्दी फिल्मबाट टाढा रहेका मोरियाले यो सिरिजमार्फत् कमब्याक गरेका हुन्।
सन् २०१० मा ‘प्यार इम्पोसिबल’मा अभिनय गरेका डिनो त्यसयता हिन्दी फिल्ममा देखिएका थिएनन्। एक दशकभन्दा लामो विश्रामपछि मोरिया फेरि पर्दामा फर्किएका छन्। ‘प्यार इम्पोसिबल’पछि पर्दामा नदेखिएका उनी चार वर्षअघि ‘सोलो’ नामक मलयालम फिल्ममा देखिएका थिए। तर, फिल्मको खासै चर्चा हुन सकेन।
हिन्दी सिनेमाबाट भने उनी टाढै थिए। गत वर्ष केही डिजिटल प्रोजेक्टमा देखिएपनि उनी पहिलेजस्तै सक्रिय रुपमा सामेल हुन सकेका थिएनन्। ‘जिनमे मेन्टलहुड’, ‘होस्टल तोन्डप’, ‘ताण्डप’जस्ता डिजिटलमाध्यमबाट रिलिज भएका प्राजेक्टमा मोरिया देखिएका थिए।
‘मलाई एकदमै खराब कामको प्रस्ताव आइरहेका थिए,’ मोरियाले आफूले विश्राम लिनुको कारण बताउँदै भनेका छन्, ‘मैले ती फिल्ममा रोल गरेको भए अहिले मेरो हालत के हुन्थ्यो मलाई थाहा छ। दर्शकले ती फिल्म हेर्न पनि सक्दैन थिए।’
आफूले कमब्याम गरेको सिरिजबाट भने उनले निकै राम्रो प्रसंशा पाएका छन्। सिरिजमा भिलेनको रुपमा देखिएका उनले आफ्नो भूमिकामा गरेको न्यायलाई लिएर सामाजिक सञ्जालदेखि समिक्षकमाझ उनले सकरात्मक प्रतिक्रिया पाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।