काठमाडौं- एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैटौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आईएमई अटोमोटिभ्सलाई 'बेस्ट पर्फमिङ बिजनेस पार्टनर अवार्ड' प्रदान गरिएको छ।
हालै भारतमा आयोजित एक कार्यक्रमबीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्वारा विश्वभरिका एस्कर्टस डिरलसिपमध्ये आईएमई अटोमोटिभ्स् नेपाललाई बेस्ट पर्फमिङ बिजनेस पार्टनरको रुपमा सम्मानित गरिएको छ।
अघिलो वर्षमा आईएमईले गरेको मार्केट सेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्ट र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठूलो भूमिका खेलेको हुनाले आईएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएको प्रमुख कार्यकारी अधिकृत मन्दाहरले बताए।
आईएमई अटोमोटिभ्स हेभी इक्युपमेन्ट सेगमेन्ट नेपालमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए। बेस्ट पर्फमिङ अवार्ड आईएमई अटोमोटिभ्स् टिमको मिहेनत र कुशल कार्यक्षमता प्रमुख रहेको कुरामा जोड दिँदै सबै टिमलाई यस अवार्डका लागि धन्यवाद व्यक्त गरे।
आईएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरि बिक्रीवितरण गर्दै आएको छ। आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ। एस्कर्टसको पिक एण्ड क्यारी क्रेन विश्वकै नम्बर १ मेसन पनि रहेको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।