काठमाडौं- सर्वोच्च अदालतले नदीबाट बालुवा, रोडा, गिट्टी तथा ढुंगा उत्खननका लागि छुट्टै ऐन बनाउन सरकारलाई आदेश दिएको छ।
त्रिशूली र तादी नदीमा गैरकानुनी रूपमा क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग सञ्चालन गरी नदीको पर्यावरणमा असर पुर्याएको भन्दै नुवाकोटका राजेन्द्र चित्रकारले दायर गरेको रिटमा यस्तो फैसला सुनाएको हो।
चैत ९ गते भएको फैसलाको पूर्णपाठमा सर्वोच्चले आठ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको इजलासले चैतमा गरेको फैसलाको पूर्णपाठमा नदी र खोलामा बालुवा, रोडा, गिट्टी र ढुंगाको उत्खनन् गर्ने कार्य र त्यससँग सम्बन्धित बालुवा प्रशोधन र क्रसर उद्योगलाई नियमन गरी वातावरणीय संरक्षण गर्न’ भन्दै छुट्टै कानुन बनाउन भनेको छ।
यस्तो छ फैसलाको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।